" हाम्रो यात्रा "

" Hamro Yatra "
नदीको पानी झैँ हाम्रो जीवनको यात्रा पनि निरन्तर बगिरहेको छ ।

 


          तत्कालिन प्रधानमंत्री चन्द्रसम्शेरका पालामा वि.. १९८५ मा विधादेवी,राधादेवी,विष्णुदेवी धर्मदेविलाई प्रसुति सेवा सम्बन्धि तालिम गर्न भारत पठाएको थियो। जुन नेपालको नर्सिङ्ग शिक्षाको शुरुवात मानिन्छ। वि.. २००९ सालमा उमादेवी दास रुक्मणी चरण श्रेष्ठलाई भारतमा  वर्षे नर्सिङ्ग तालिमको लागि पठाइयो उनीहरु फर्किए पछि नेपालमा २०१३ सालमा पहिलो पटक नर्सिङ्ग स्कुलको शुरुवात भयो। नेपालमा नयाँ शिक्षा योजना लागु हुदाँ वि.. २०२९ मा सबै नर्सिङ्ग कलेजहरुलाई त्रिभुवन विश्वविधालय अन्तर्गत गाभियो। 

          स्वास्थ्य सेवाको कुरा गर्दा नर्स बिनाको सेवा हामी कल्पना पनि गर्न सक्दैनौ। यो नेपालमा मात्र होइन ,संसारका हरेक मुलुकमा नर्सहरुको उति कै महत्व रहेको छ। झन् अहिले कोरना भाइरस (कोभिड -१९) को संक्रमणले संसारनै आक्रान्त भएको बेला स्वास्थ्य कर्मीहरुको महत्व अझै बढेर गएको छ। अहिले कोरोना वार्डमा खटिएका नर्सहरुले कोरोना संक्रमित विरामीहरुलाई औषधिमुलो संगै स्याहार गर्ने,रोगका बारेमा बताउने,परामर्श दिने र संक्रमितको आत्मविश्वास बढाउने जस्ता काम समेत गरि रहेका छन्। संक्रमित विमारिलाई बाँच्नु पर्छ भन्दै हौसला दिने तथा रात र दिन नभनी निगरानी गर्ने जिम्मेवारी गरिरहेका छन्। एउटी नर्सले जन्मिने बित्तिकैको नवजात शिशुलाई जीवनको पहिलो सास फेर्न मद्दत गर्ने देखि मानव जीवनको अन्तिम पलमा सहज मृत्युका लागि सम्म साथ दिने गर्छिन। 



        कोरोना वार्डमा खटिएकी नर्सले आफ्नो परिवार भन्दा बढी कोरोना संक्रमित विमारिहरुको हेरचाह गरि रहेको अहिले हामीले देखिरहेका छौ। यो गर्मि याममा पनि उनीहरुले ८ घण्टा देखि १२ घण्टा सम्म पुरा पिपिए सेट लगाई आफ्नो कर्तब्य निर्वाह गरिरहेका छन्। जबकी सरकारले निषेधाज्ञा जारि गरेको अवस्थामा पनि देशभर कोरोना संक्रमितहरुको संख्या दिनहुँ बढी रहेको छ। अस्पताल भरिभराउ छ,सरकारले बेड बढाए पनि स्वास्थ्यकर्मि थप गर्नेमा कुनै चासो लिएको देखिदैन। साथै रातदिन आफ्नो ज्यान जोखिममा राखेर कोरोना भाइरस संक्रमित विरामीहरुलाई आफ्नो सेवा र  कर्तब्य निभाई रहेका नर्सहरुलाई अतिरिक्त सुबिधा दिनमा सरकार चुकेको देखिन्छ। हुन् त कतिपय निजि अस्पतालले कोरोना वार्डमा खटिएका नर्सहरुलाई खाना सहित अन्य सुविधा पनि दि रहेका छन्।  



     अहिले यो महामारीको बेलामा नर्सहरु अग्रपक्तिमा खटिदा कति आफै पनि संक्रमित भएका छन्। सन्चो भएर पछि पुन: आफ्नो कर्ममा फर्किएको खबर हामीले सुन्न पाएका छौ। धन्य हो हाम्रा नेपालका नर्सहरुलाई। अहिले उनीहरुलाई दुर्गामाताको रुपमा कोरोना संक्रमित  विरामीहरुले वार्डमा देखेका होलान। विरामीको ज्यान जोगाउन उनीहरुले सबै थोक गरिरहेका छन्। यति गर्दा पनि ति नर्सहरुले कतिपय अस्पताल र विरामीका आफन्तको साथै घरपरिवार,छिमेकीहरुबाट जस पाएका छैनन्। कोरोना वार्डमा खटिएको थाहा पाएर घरधनीले कोठा छोड्न लगाउने र छिमेकीले कोरोना भाइरस नै सार्न आए जस्तो गरि हेर्ने घटना हामीले सुनिरहेका छौ। त्यसैले सरकारले जारि गरेको कोरोना भाइरसबाट बच्न या सुरक्षित हुने निर्देशन हामि सबैले राम्ररी सुनेर आफ्नो दैनिक जीवनमा लागु गरौ। हाम्रा घर छिमेकमा रहेका नर्सहरुलाई सयोग गरौ। 



        अहिले हाम्रा नर्सहरुले अतिरिक्त समय र आफ्नो कर्तब्य सम्झेर सेवा गरेकै कारण नै ३,६८५८० कोरोना संक्रमित मध्ये २,९२४९० निको भएर आफ्नो घर फर्की सकेका छन्। त्यसैले हामि सबैले उहाँहरुलाई सम्मान र कदर गरौ। जति सकिन्छ सहयोग गरौ। माया गरौ यो समय कसैलाई पनि दोष दिने समय कदापी होइन। अहिले पनि हामीले यो महामारीबाट आफु र आफ्नो परिवारलाई बचाउन सकिन्छ। हामि सबै अनुशासित भएर एक अर्कालाइ यो विपतको घडीमा सहयोग गरौ। एक पटक हामि सबैले आफ्नो यति अमुल्य समय र जीवन समर्पण गरि रातदिन खटिएर कोरोना संक्रमित  हाम्रा आफन्तहरुको उपचारमा लागि रहनु भएका नर्सहरु प्रति आ-आफ्नो तरीकाबाट सम्मान व्यक्त गरौ।  

 

 

 









Post a Comment

Previous Post Next Post