अहिले कोभीद -१९ का कारण देशभर लकडाउन र निषेधाज्ञा जारि छ भने कोरोना भाइरसबाट संक्रमित धेरै नागरिकहरु अस्पताल र आफ्नै घरको साथै होटेलहरुमा आईसुलेसनमा बसी रहेका छन्। कति कोरोना संक्रमित भएकाहरु समयमा उपचार गर्न अस्पतालमा नजानु र आफ्नै हेलचेक्राई कारण पनि मृत्यु भएको छ। अस्पतालमा शैय्या र अक्सिजन प्रयाप्त उपलब्ध नहुदा पनि धेरै नागरिकको ज्यान गएको खबर हामीले बारम्बार सामाजिक संजाल र विभिन्न संचार माध्यमबाट थाहा पाइरहेका छौ। हामी सरकारले जारि गरेको स्वास्थ्य मापदण्ड पालनामा चासो नदिनुको कारणले पनि संक्रमितको संख्या घट्ने भन्दा बढ्ने क्रम जारि रहेको विभिन्न तथ्यांकले देखाई रहेको छ।
सरकारको सोच र व्यवस्थापनको कमिले देशभर अक्सिजन (प्राण वायु ) हाहाकारको यथार्थ हाम्रो सामु छदैछ साथै अहिले सम्भव भए सम्म हरेक नेपाली अक्सिजनको सिलिन्डरसंगै पल्स अक्सिमिटरको खोजीमा सामाजिक संजाल,अनलाईन र मेडिकल पसलमा खरिद गर्न लागि परेका छन्। तर हामीले अहिले आवस्यकता अनुसार खरिद गरिएको अक्सिमिटर असली छ त ? के बजारमा बिक्रि गरिरहेको अक्सिमिटरको मूल्य नेपाल सरकारले तोकेको मापदण्ड अनुसार रहेको छ त ? हामीले पैसा तिरेर खरिद गरिरहेको अक्सिमिटर असली भए त ठिक्कै छ यदि नकली भए के हुन्छ हामीले सोचेका छौ त ? अवस्य छैनौ किनकी हाम्रो बानी कसले पहिला खरिद गर्ने होडमा जहिले पनि हुन्छौ।
पल्स अक्सिमिटरले हाम्रो शरीरभित्र शुद्ध रगत लिएर बग्ने नशामा बग्ने रगतमा अक्सिजनको प्रतिशतको मात्रा मापन गर्ने मापक यंत्र हो। यसको विशेषता भनेको नघोचिकनै मिनट भरमा शरीरमा अक्सिजनको मात्रा कति छ बताई दिन्छ। सन १९७४ मा जापानिज बायोइञ्जिनियर ताकुयो ओयागिले यसको निक्कै लामो खोज र अनुसन्धान गरि आविष्कार गरेका हुन्। स्वास्थ्य मानिसको शरीरमा अक्सिजन श्याचुरेशन ९५ प्रतिशत भन्दा बढी रहेको हुन्छ। ९० प्रतिशत भन्दा कमि देखाएको खण्डमा भने सोधीखोजी गर्नु पर्दछ।
हामीले खरिद गरेको पल्स अक्सिमिटर असली र सहि ढंगले काम गरेको छ कि छैन भन्ने जाँच्नु पर्दछ।
१. अक्सिमिटरको औंला राख्ने ठाउँमा कुनै पेन राखी अन गरि हेर्ने, यदि पेन राख्दा पनि मात्रा प्रतिशत देखाउछ भने त्यो काम नगर्ने र नक्कली हो। त्यस्ता अक्सिमिटरले हाम्रा विमारिलाई झुक्काउन सक्छ।
२. अक्सिमिटरलाई अन गरि औंला राख्ने र औंलाको माथि भागमा रबर या कुनै रस्सिले औंलाको माथिल्लो भागमा बाँधी हेर्ने, जसले औंला बाधेको अवस्थामा अक्सिजनको मात्रा कम देखाउछ र बाधेको रस्सिलाई खोलि हेर्दा फेरी अक्सिजन मात्रा धेरै देखाउछ भने त्यो तल माथि अक्सिजन मात्रा देखाउने अक्सिमिटर ठिक रहेको मानिन्छ।
३. अस्पताल या कुनै डा. साहबसंग भएको अक्सिमिटरसंग, आफुले किनेको अक्सिमिटरसंग दाजेर हेर्ने ठिक छ छैन।
अक्सिमिटर घरमा एउटा भए हुन्छ यदि घरमा कोरोना संक्रमित विरामी छन् भने त्यो अक्सिमिटरलाई सेनिटाईजर लगाई अन्यलाई प्रयोग गर्नु पर्दछ। अक्सिमिटर प्रयोग गर्दा नंगमा नंग पालिस या कुनै दाग औंलाको तलमाथि हुनु हुदैन। नाप्नु अघि केहीबेर आराम गरेर मात्र अक्सिमिटर प्रयोग गर्नु पर्दछ। अक्सिमिटर औंलामा लगाउदा मुटु भन्दा धेरै माथि या तल हात राख्नु हुदैन।
बजारमा विभिन्न कम्पनीका पल्स अक्सिमिटरहरु पाइन्छ। अहिले निषेधाज्ञा लागु भएको अवस्थामा अनलाईन बाट मगाउन सकिन्छ। अहिले बजारमा मौकाको फाइदा उठाउनेहरुले महंगोमा पनि बेचिरहेका छन्। जे होस् राम्रो र असलीको साथै ब्रान्डेड अक्सिमिटर किन्नु नै हाम्रो सबैको भलाई हुनेछ किन कि अहिले को यो विषम परिस्थितिमा विरामीको अक्सिजन मात्रा सहि थाहा पाउनु अति जरुरि छ। अहिले धेरै ब्रान्डका अक्सिमिटर को साथै चीन निर्मित बजारमा पाइने गरेको छ। केहि ब्रान्ड यस प्रकार रहेको छ -
1.Zacurate Pro Series 500DL
2.Innovo Deluxe Figertip Pulse Oximeter
3.Santamedical Generation 2 Fingertip Pulse Oximeter
4.Accumed CMS-50D pulse Oximeter
5.Easy@home Fingertip pulse Oximeter
6. Hesley pulse Oximeter Fingertip
7.Dr.Trust Singnature
8.BPL pulse Oximeter
9.Dr.odin
10.Healthsence
तर सरकारले यस्तो विषम परिस्थितिमा स्वास्थ्यसंग सम्बन्धित सामानहरुको बिक्रि वितरणमा बजार अनुगमन गर्नु अति जरुरि छ। सरकारले जे गर्न सक्छ त्यो पनि नगरिदिदा नेपाली जनता जताततै मारमा परिरहेका छन्। अहिले सरकार सस्तो लोकप्रियताको लागि अस्पताललाई अनुदान या बजेट दिने होडबाजीमा लागि रहेको छ। त्यो बजेट कोभिड विरुद्धको खोप खरिद गर्न प्रयोग गरि सबै नेपाली नागरिकलाई छिटो भन्दा छिटो निशुल्क खोप उपलब्ध गराउन लागि पर्नु पर्दछ। धेरै धेरै भन्दा बजेट नेपाली नागरिकको ज्यान बचाउन सरकारले खर्च गर्नु जरुरी छ। नागरिक रहे न देश र नेता रहने हो।
गएको वर्षको लकडाउनले ओरालो लागेको नेपालको अर्थतंत्र झन् ओरालो निरन्तर लागिरहेको छ। अहिलेलाई खोप विनाको विकल्प छैन। तर निशुल्क नेपाली जनताले खोप लगाउनु पाउनु पर्दछ। यदि पैसा पुग्दैन भने अहिले सम्म अख्त्तियार दुरुपयोग आयोगमा दर्ता भएका र भ्रस्टाचार गरेकाहरुको फाइल खोले जति पनि पैसाको जो हो हुन् सक्दछ। किन स्वाभिमानी नेपालीहरुले अन्य देशको अनुदान पर्खेर आफ्ना नागरिकको ज्यान दिनदिनै जोखिममा पुर्याउने ? त्यसैले सारा नेपालीहरु एक हुने र एक अर्काको सहयोग गर्ने समय हो।



Post a Comment