मानिसले यो संसारमा जन्म लिए पछि धेरै कुराहरु हासिल गर्न चाहन्छ। आफ्नो मनभित्र लाखौ ईच्छाहरु जागृत गराई रहन्छन। उनको आँखाले देखेका सबै कुराहरु प्राप्त गर्न खोज्छन। आफुलाई आवश्यकता होस् या नहोस। बस ! मानिस आफ्नो मनको आदेश अनुसार प्राप्त गर्न खोज्छ। जबकी उनको मनले भने जस्तो सबै थोक प्राप्त हुन सक्दैन। अनि उ निराश बन्छ। मानिसको मन न हो,तर उ प्राप्त गर्ने हरपल जिद्दी गरि रहन्छ। उसको त्यो जिद्दिपनाले पल पल उ हारेको उनलाई महसुस नै हुदैन।
त्यसैले होला जिन्दगी संघर्ष हो भन्दै रातदिन उ निरन्तर जित्ने अभिलाषाका साथ उ आफ्नै जिन्दगीसंग लडिरहेको हुन्छ। सफलता मिल्दैन किनकी उसलाई उनको मनको आदेश अनुसार यो संसारबाट सबैथोक अनि एकै समयमा प्राप्त जो गर्नु छ। उसले भने जस्तो सबैथोक प्राप्त हुन् नसके पछि जिन्दगीको अन्तिम समयमा आएर निराश बन्न पुग्दछ। उ निराश हुनु पर्ने कुनै आवश्यकता नै हुदैन। तर उसले सोच्दछ म हारी सकेको छु। अब मेरो मनले चाहेका कुराहरु पाउन सकिदिन जिन्दगीमा। उनको मनलाई थाहा हुन्छ। तर उ भ्रममा रातदिन सबैसंग आफ्नो आवश्यकता प्राप्त गर्न लडी रहेको हुन्छ। जसको कारण मानिसले आफ्ना हजारौ सुनौला पलहरु दिन प्रति दिन गुमाई रहेका हुन्छन।
ईच्छाहरु जिन्दगीमा सबै प्राप्त हुनु पर्छ भन्ने होइन ,बरु जिन्दगीको आवश्यकता अनुसार प्राप्त हुनु पर्छ। आफ्नो आवश्यकता मानिसले समयमा बुझ्न नसक्दा,आफनै मनसंग लडिरहेको हुन्छ। त्यसैले हार के हो जीत के हो ? उसले ठम्याउन सक्दैन। अनि उसले जहिले पनि जीत तिर अग्रसर भैरहेको आफ्नो पाईलालाई महसुस गराई रहन्छ। जीत धेरै पर हुन्छ,उ भ्रममा हुन्छ कि उसले एक पछि अर्को जीत हासिल गरि रहेको छ भनेर। उसलाई थाहै हुदैन। उ जहिले पनि जीत र हार को चक्रमा नाची रहेको हुन्छ। जित्नेको चक्करमा धेरै पटक उ हारी रहेको हुन्छ। मानिस यति भ्रममा हुन्छ कि हारलाई पनि उसले आफ्नो जित सम्झेर निरन्तर अघि बढी रहेको हुन्छ।
हुन् त धेरै मानिसलाई थाहा हुदैन आफ्नो जिन्दगीको लक्ष्य के हो भनेर। उसले सहज नै प्राप्त गरेका सबैथोकलाई लक्ष्य ठान्दछ। लक्ष्य भन्दा ईच्छा धेरै हुदा मानिसहरुले भैतिक रुपमा प्राप्त गरेका सुखलाई आफ्नो सफलता अनि लक्ष्य प्राप्ति ठान्दछ। वास्तवमा भन्ने हो भने संसारिक माया जालमा फसेपछि मानिस यसैमा रमाउन थाल्दछन। जिन्दगीको लक्ष्य सहितको सुख ठान्दछ। तर उनले प्राप्त गरेका सबैथोक भैतिक सुख वाहेक केही हुदैनन्। असली सुख प्राप्त गर्ने मार्ग प्रशस्त हुदा हुदै पनि भैतिक जन्जालमा अल्झी रहेको हुन्छन मानिसहरु।
अन्तयमा मानिसले आफ्नो सम्पति भनि जिन्दगी भरको परिश्रम र मेहनतले प्राप्त गरेका भैतिक सामग्रीले केही क्षण सुख,सुविधा,ईज्जत र मानसम्मान दिएपनि सुस्त सुस्त ति सबै सुख सुविधाहरु वेकार लाग्न थाल्छ। वास्तविक सुख,शान्ति,आत्मसन्तुष्टि खोज्न फेरी भौतारिन्छन मानिसहरु। आफ्ना मनमा उब्जेका चाहना र ईच्चाहरु विपरित हिड्नु नै मानिसका लागि असली सुख हो। आत्मसन्तुष्टि विना मानिसले शान्ति प्राप्त गर्न सक्दैन। आत्मसन्तुष्टि मानिसले आफूभित्र खोज्नु पर्दछ। जसको कारण सुख प्राप्त गर्न सक्दछ। जुन मानिसले आफ्नो मनलाई जित्न सक्छ त्यहि मानिसको जीत हुन्छ ,जसले आफ्नो मनलाई जित्न सक्दैन उसको सधै हार हुन्छ।

Post a Comment