जीवनमा धेरै समय धेरै अनुभव सहित व्यतित गरे। तर हिजो -आज आफुसंग भएको अनुभवहरु महत्वहीन,अपुरो र केहि नमिलेको जस्तो महसुस हुन लाग्यो। त्यसैले मनमा उब्जिएका धेरै कुराहरु डायरीमा कोरेर राख्ने हिम्मत आफूभित्र जुटिरहेको थिएन। कहाँबाट शुरु गरु,के लेखु र कुन कुराहरु लेखु भई रह्यो धेरै दिनसम्म। दिनहुँ मनमा धेरै नाना थरिका कुराहरु खेलिरह्यो। तर ति कुराहरुको शुरुवात र गन्तव्य भेट्न सकेको थिएन। मनमा एउटा छटपटी संगसंगै केहि गर्न नसकेको पश्छ्ताप,तर पनि ति दोधारका विच केहि गर्न सकिन्छ भन्ने मनभित्रको कुनै कुनामा हिम्मतको टुसा पलाए जस्तो भान पनि हुदै थियो।
यस्तो छाल यो मनभित्र र मस्तिष्कमा साथै सोचमा कहिल्यै यसरि आएको थिएन। हिजोआज जिन्दगी नै अभावै अभाव जस्तो महसुस हुन् थालेको छ। खै ! किन यस्ता कुराहरु मनमा हरपल खेल्न थाल्छ,त्यसको निक्योल आफैले गर्न सकेको छैन। आफूभित्र उत्तर खोज्न थाल्छु तर कतै सहि उत्तर भेट्दिन। जीवनमा धेरै दुखका दिनहरु देखे,भोगे। तर त्यो भन्दा कठिन आफैलाई आफुसंग लाग्न थालेको छ। निरन्तर निकास खोज्ने प्रयाशमा छु,यो मन भित्र कहिले काहीं देखा पर्ने सानो हिम्मत र साहससंग। ति हिम्मत र साहसले पनि धेरै साथ दिदैन।
धेरै साथ नदिए पनि फेरी दुवै आखाँ बन्द गरेर अन्धकारमा छामछुम गर्ने चेष्टा गर्छु। मेरा सबै प्रयास,चेष्टा र कोशिसहरूमा भित्रै बालुवामा पानी विलाए झैँ कता जान्छ कता। वरपर मेरा समस्याका हलहरु खोज्ने प्रयास जारि छ।त्यसैले मभित्र निरन्तर आई रहेको समस्या र अभावहरुको निकास कुनै दिन त अवश्य पाउने छु भन्ने थोरै आशा म भित्र कुन कुनामा हो जागृत छ भन्ने लागेर अक्षरहरुमा परिणत गर्नेछु भन्दै धेरै दिनको प्रयास पछि डायरीमा कोर्ने एउटा ठुलो आँट आजदेखि ब्लगमा शुरु गरेको छु। तर सार्वजनिक रुपमा,हुन् सक्छ मेरा खेर गएका अनुभव र असफलताका कथाहरुले कसैलाई एउटा नयाँ गोरेटोको लागि सहयोग पुर्याउन सक्छ। तर घटनाहरु सबै मेरा नै हुन्,कतै कसै संग मेल खान पनि सक्छ, अन्यथा नलिई आफ्नो जिन्दगी आत्मविश्वासका अगाडी बढाउनु होला।
आधा दशक पार गरेको यो उमेरको सिंहवलोकन गर्दा वितेका वर्षहरुमा सिकेका,भोगेका,अनि केहि प्राप्त गरे जस्ता लागेका अनुभवहरु सबै सबै निष्काम भएका रहेछन। अहिले आएर ति सिकेका,भोगेका र प्राप्त गरेका अनुभवहरुको मेरो जिन्दगीमा कुनै अर्थ नभएको,प्रयोगहिन,अर्थहीन,उपयोगहीन भित्र अमुल्य वस्तु कतै फेला पार्छु भनेर आज देखि खोजमा लागेको छु। एक मिनट पनि खेर नजावोस भनेर निरन्तर अध्ययन,मौन,खोज,सोच,सिंहवलोकन गरि रहेको छु।तसर्थ यो आफैले आफैलाई लागेको कठिन घडीमा मनमा,सोचमा,पुस्तकमा,अनुभवमा र वारपरमा केहि त भेटिएला भन्ने मनभित्रको ठुलो आशमा आज देखि लिखित राख्ने र सबैका लागि सार्वजनिक गर्ने शुरुवात गरेको छु।
हुन् त डायरी कोर्ने अभ्यास मेरो धेरै पुरानो बानी हो। तर डायरी कोर्ने मात्र भयो। जिन्दगीमा उपलब्धि प्राप्त हुन सकेन। अब केहिदिन देखि म भित्र अभाव देखिएको कुरालाई फुर्ति गर्न यो ब्लगमा कोरिएका शब्दहरुले गर्ने छ। सबै भन्दा पहिला मनभित्र देखिएको अभाव हो कि अन्संतुष्टि,के हो खोज गर्नु पर्ने देखिन्छ। म आफैले खुशी खोजेको हो कि मभित्र भएको खुशीलाई बुझ्न नसकेको हो ? यस्तै यस्तै धेरै कुराहरु खेलिरह्दा,आफै अन्योलमा आफुलाई पाउछु। आखिर जिन्दगीको आधा दशकमा अभाव हो कि असन्तुष्टि ? आखिर के हो ? सहि उत्तर के हो ? यदि उत्तर सहि भेटे या प्राप्त गरे,बाकिको जिन्दगी सन्तुष्ट हुन्छ त ? फेरी अर्को प्रश्न ! आखिर जिन्दगी भनेको प्रश्नै प्रश्नको खेल हो र ? या उत्तरै उत्तरको जाल हो ? यस्ता समस्याको निकास या सहि मार्ग के हो ?
के यस्ता कुराहरु मै अल्झेका छन् त मानिसहरु ? यदि अल्झेका छैनन् भने,आखिर सुखसँग बाचेका भन्नेहरु झुठो बोलि रहेका छन् त ? जति सोच्दै गयो,त्यति अन्योल र भुँवरीमा फस्दै गएको देखिन्छ। के संसार दलदल नै हो त ? मानिसहरु बाचुन्जेल दलदलबाट निस्कने प्रयास गरिरहेका हुन् त त्यसो भए ! आखिर दलदल विनाको जमिनमा को उभिएको छ त ? फेरी त्यसो हो भने मानिस फरक देखिनु पर्ने होइन र ? संसारमा फरक त कोहि पनि देखिदैन ? संसारमा देखिएका मानिसहरु केहि क्षण फरक देखिएता पनि फेरी व्योहोर त सबैको उस्तै उस्तै देखिन्छ।
संसारमा अहिले सम्म देखिएका मानिसहरु जन्मिने र मर्ने प्रक्रिया फरक हुनु पर्ने हो ? जन्मेपछि मर्नु पर्ने नै हो भने आखिर म भित्र धेरै दिन देखि देखिएको अभाव र रित्तोपन किन ? के मैले जिन्दगीलाई आफैले आफैलाई बुझ्न नसकेको हो त ? यदि त्यसो हो भने अब जिन्दगी बुझ्ने फर्मुला के हो त ? छिटो बुझ्नु पर्ने छ, किनकी जिन्दगीमा शेष रहेको समय एकदम थोरै छ। मसँग शेष रहेको समयलाई सहि सदुप्रयोग गरेर जिन्दगीको सुखमय रहश्य बुझ्ने छु या भनु बुझेरै छाड्ने छु। त्यसैले अब हरेक रहस्य यो ब्लगमा कोरोर सार्वजनिक गर्ने छु। जसले मेरो सहित सबैको जिन्दगी उत्साह,उल्लास र उमंगमा व्यतित गर्न सहयोग पुग्ने छ।
एति ……

إرسال تعليق