" हाम्रो यात्रा "

" Hamro Yatra "
नदीको पानी झैँ हाम्रो जीवनको यात्रा पनि निरन्तर बगिरहेको छ ।

 


          राजनैतिक परिवर्तनका लागी आन्दोलन,विद्रोह,संघर्ष,बलिदान,घात -प्रतिघात र समीकरण अपरिहार्य देखिएता पनि यथार्थमा ती सबै सुनियोजित हुने रहेछ भन्ने कुरा विगतको ईतिहास र वर्तमान परिस्थितिले छर्लंग परेको हामी सबैलाई थाहा भएकै कुरा हो। तर पनि राजनैतिक विना कुनै पनि देश संचालन हुन् सक्दैन। देशलाई कस्तो बनाउने कुरामा राजनैतिक नेता भन्दा पनि नेतृत्वमा भर पर्दछ। अहिले हामी नेपालीले देशका लागी नेतृत्व भन्दा नेता धेरै बनायौ। जसको परिणाम पटक पटकको आन्दोलन पछि पनि देश र नेपाली जनताको हबिगति प्रत्यक्ष सबैले व्यहोरी रहेका छौ। 

        दलगत रणनीतिमा दलको सिद्धान्त अनुसार राज्य र पार्टी संचालन हुनु पर्ने हो। तर नेपालमा पार्टी सिद्धान्त सबै दलको राम्रो हुदा हुदै पनि नेताहरूको खल्तीको निर्देशनले पार्टी र राज्य संचालन गर्नुको कारणले गन्तब्य भुलेको यात्री झैँ निरन्तर देश र जनता दोबाटोमा रोम्मल्ली रहेका छन। अझै स्पष्ट मार्गचित्र कोरेर देश अघि बढ्ने सम्भावना अहिलेसम्म न्यून देखिन्छ। 

       अहिले हरेक क्षेत्रमा बेथिति मौल्याएको छ। यही बेथितिमा आफ्नो फाइदा उठाउन नेता र भ्रष्ट कर्मचारीहरु लागी परेका छन्। संगसगै दलाली प्रथाको तिब्र गतिले विकास भएको छ। देशभित्र सरकारले स्वत जनताका लागी गर्नु पर्ने कामहरू प्राय सबै दलाल मार्फत हुदै आएको छ। दलालीप्रथाले जनतालाई दिन सम्मको सास्ति दिई रहेको छ।ती सास्तिको वर्णन गरेर साध्य छैन।

     यहीं नेता र यिनका दलालहरु नै हुन् कहिले प्रजातंत्र,कहिले राजतंत्र,अनि कहिले गणतंत्र भन्दै जनतालाई उचाल्ने काम गरिरहेका छन्। तर यिनै हुन् फेरी जुन तंत्र आएपनि सत्तामा मिलेर हालीमुहाली गर्ने। सामान्य निर्वाचनको बेलामा तपाईलाई थाहा भएकै कुरा हो,न यिनी आफ्नो पार्टीको सिद्धान्त अनुसार कम्युनिष्ट हुन्छन,न यिनी राजावादी,न यिनी समाजवादी। त्यतिखेर यिनलाई आफुले जित हासिल गर्न आफुले घोकेको सिद्धान्तलाई खोल्सामा मिल्काएर गठबन्धन गरी जितेर सत्तामा पुगेका छन्। अनि काले काले मिलेर खाउ भाले । 

   अहिले देशमा युवाहरूले यी नेताहरूको काम छैनन भन्नु मात्र पर्छ,यिनीहरू र यिनका दलाल कार्यकर्ता ब्रुक-बुक्र तीन भित्ता उफ्रेर भाषण गर्न थाल्छन,तिमीहरूलाई के थाहा छ,हामी सत्ता परिवर्तन गर्न जेल बसेर आएका हौ,जनताको घर घरमा लुकेर जनताका लागि नयाँ नेपालको निमार्ण गरेका हौ भन्छन ।त्यो केही हदसम्म ठिक होला तर जेल बसेर आएको भन्दैमा सबै युवाहरूलाई देशमा रोजगार नदिएर,विदेेश पठाउने हो त ? त्यति मात्र कहाँ हो,जुन नेता जेल बसेर सत्ता परिवर्तन गरौ भन्छन,तिनकै आज अरबौको सम्पति बिना कुनै पेशा-व्यवसाय नगरी कसरी र कहाँबाट आर्जन गरे त ? 



     यति हुदा पनि तिनका कार्यकर्ता उनैको गुनगान गरेर थाकेको देखिदैन। कारण अब देशमा नेपाली जनता होइन राजनैतिक कार्यकर्ता मात्र बाकि रहेका छन् भन्ने स्पष्ट हुन्छ। अनि तिनै कार्यकर्ता टोल टोलमा आएर विकास गरेनन नेताले भन्दै सोझा साझा जनतालाई आफ्नो स्वार्थ पुरा गर्न दल परिवर्तन गर्न तम्साउछन। बेचारे सोझा जनता ती भ्रष्ट नेता भनाउदाहरूको हाथबाट नयाँ कार्यकर्ता बन्न पाउँदा  आफुलाई ठूलो भाग्दमानी ठान्दछन। यस्तै दलाल कार्यकर्ता र बढी महत्वाकांक्षा भएका आफुलाई बाठो नागरिक मान्नेहरूको कारण नै ठूला नेता भनाउदाहरुले रातदिन देश र जनतामाथि हालीमुहाली गरि रहेका छन्। जनताले तिरेको कर मात्र होईन,वैदेशिक सहयोगहरू झ्वाम पारेका छन।

       राजनैतिक दलाली गर्न नसक्ने तर सोझा नेपाली जनता वाक्क दिक्क भएर विदेश पलायन हुन् बाध्य भएका छन्। युवा जति विदेश, देशमा पाको उमेर पुगेका वृद्ध मात्र छन्। गाउँघरमा अहिले न युवा,न युवतीहरु नै छन्। छन् भने उमेर पुगेका बाआमाहरु मात्र गाउँ घर कुरेर बसेका छन्। त्यही पनि कती त आफ्ना छोरा छोरीले आफूसंगै विदेश लिएर गई सकेका छन्। जसको कारण गाउँघर उजाड र बाझो बनेर बसेको छ।

  अब भन्नुहोस देश कुन दिशातिर निरन्तर अघि बढी रहेको छ ? परिवर्तन त्यही पनि राम्रो परिवर्तन देशमा आउदै आउदैन भन्नू पनि गलत हुन सक्छ। यदि नेपाल र नेपालीको माया अझ पनि हामीभित्र कहीँ कतै लुकेको छ भने सोचौ बस ! एकपटक । हामीले अब त अति भो भनेर यी भ्रष्ट नेता र देशप्रति दलाली गर्नेहरू बारे एकछिन मात्र सोचौ भने देश विकासको खाका प्रष्ट देखिन्छ। र अबको सच्चा नेपाली नागरिकको भुमिका के हो भनेर पनि सजिलै थाहा पाउन सकिन्छ।

   अब लै लैमा कसैको पछि नलागौ। हाम्रो बाजेको पाला देखि नै यिनलाई सहयोग गरेका छौ,त्यसैले हामीलाई यी नेताहरू प्रति बढो विश्वास छ भन्दै गर्दा आज तपाईको राजनैतिक,आर्थिक र सामाजिक स्थिति कहाँ छ ? कहिल्यै एकान्तमा बसेर सोच्नु भएको छ ? पक्कै सोच्नु भयो होला,सोच्दा तपाईले ती भ्रष्टहरूको पछि लाग्दा होस या तिनलाई लगातार समर्थन गर्दा होस। तपाईले सिमित लाभ लिएको मात्र झलझली देख्नु हुन्छ होला । के त्यति तपाईले लिनु भएको लाभले भविष्यमा तपाईको सन्ततिलाई एउटा अधिकार सम्पन्न नेपाली नागरिक भएर देशभित्र सहज रूपले बाच्न सक्छन त ? 

     अहिले हाम्रो अस्तित्वको कुरा छोडौ, तर पनि अस्तित्वबिहिन भएर बाच्छु भन्दा पनि त बाच्न दिएनन। तपाईलाई सहजरूपले यी भ्रष्ट नेताहरूले स्वच्छ श्वास फेर्न पनि दिएनन ।फेरि पनि हामी सामाजिक संजालमा यी नेताहरूका चर्तिकला हेरेर आफ्नो अमूल्य समय खेर फाली रहेका छौ।अझै भएन भनेर त्यसै राम्रो-नराम्रो,पक्ष-विपक्ष भएर तरफदारी तिनीहरू कै गरिरहेका छौ।  

   विरोजगाार,मुल्यवृद्धि,बेथिति,भ्रष्टाचार,अनियमितता हुदा पनि यिनीहरू बाहेक अरू नेता नै छैनन,के गर्नु भन्दै पटक पटक भूल गरि रहेको नतिजा हाम्रो हाथमा आई सक्दा पनि हामी किन मौन समर्थनमा हुन्छौ हजुर ? देशबाट युवा मात्र होईन शिक्षित युवा सबै पलायन भई सके।अझ पनि मेरो छोराछोरी सबै बाहिर गई सके अब जे सुकै गरोस भन्दै समय व्यतित गर्नु भएको छ भने ठूलो भूल गर्दै हुनु हुन्छ।

     विदेश भनेको विदेश नै हो।हिजोको दिन हामीले कति चाडैं बिर्सीन्छौ। हामी नेपालीलाई होईन आसाम,शिलोङ्ग,बर्मा,भुटान र अहिले अमेरिकाबाट लखेटिएका।तर पनि हाम्रो चेत खुल्दैन,कारण सिमित स्वार्थका लागि हामीले बारम्बार त्यही दल र त्यहीँ नेता अमूल्य भोट दिएर जिताउछौ।अनि भन्छौ देशमा केही छैन र गरि खान दिएन। 

   अब पनि दुख,कष्ट दैनिकरूपले झेलिरहने कि हाम्रो देश नेपाल बनाउन हामी नै कस्सिने ? यदि हामी कस्सिने हो भने धेरै समय पनि लाग्दैन सुन्दर देश नेपाल बनाउन,त्यसै पनि हाम्रो देशलाई प्रकृतिले दिएको सबैथोक छ । एक पटक मिलेर देशप्रति देशप्रेमको भावना जागृत गर्दै नितिगत भ्रष्टाचार गरेकाहरूलाई तह लगाउदै सुन्दर,शान्त नेपालको निमार्ण गरौ। 

Post a Comment

Previous Post Next Post