बितिरहेको वर्ष २०८१ ले विश्वलाई धेरै थोक सिकाएर जादैछ। विश्वलाई मात्र होइन हाम्रो देश र हामी नेपालीलाई पनि सामाजिक,आर्थिक र राजनैतिक परिदृश्य छाडेर जादैछ। अब हामीले भ्रष्ट नेता र नेतृत्वको पुच्छर बन्नु भन्दा आफ्नो बुद्धि विवेक पुर्याएर आफु र देश विकासमा लाग्नुको विकल्प छैन। त्यसैले यो वर्ष पढेका धेरै पुस्तक मध्ये एउटा पुस्तकमा युवल नोहा हरारीले सन् २०२२ मा "वर्ल्ड इकोनोमिक फोरम" मा दिनु भएको मन्तब्य एक पटक हामी सबै नेपालीले पढेर मनन गर्नु पर्छ कि जस्तो मलाई लागेर तपाईहरुको लागी साभार गरेको छु। यदि तपाईहरुलाई फुर्सत भए एकपटक पढ्नु होला। अब हामी नेपालीहरुले पनि नयाँ सोचका साथ अघि बढ्नु जरुरी छ। ईक्काईसौ शताब्दीमा विश्व कसरी अघी बढी रहेको छ भन्ने कुराको अब हामीले हेक्का नराख्ने हो भने हामी झन् झन् आर्थिक,सामाजिक र राजनीतिकरुपले पछाडी पर्ने निश्चित प्राय छ। नयाँ वर्ष देखि कुनै पनि निकास नासिस्किने विषयमा रातदिन आन्दोलन भन्दै समय र जीवन खेर फालिरहने काम नगरौ।
अब अघि बढ्ने संकल्प गर्दै विश्वको मार्गचित्रमा जति सकिन्छ त्यति त मिलेर अघि बढौ। भोलि देखि हाम्रो हातमा छ आफ्नो र देशको भविष्य कस्तो बनाएर आफ्नो आउने पुस्ता लाई हस्तान्तरण गर्ने,त्यसैले सबैलाई नयाँ २०८२ सालको शुभ कामना सहित बाकी तलको लेखमा
Yuval Noah Harari
Israeli medievalist,military historian,public intellectual and popular science writer
( सन् २०२२ को जनवरी २१ देखी २४ सम्म भएको स्विटजरल्याण्डको डाभोसमा भएको वर्ल्ड इकोनोमिक फोरमको डाभोस सम्मेलनमा ईतिहासकार तथा दार्शनिक युगल नॊआ हरारीले राख्नु भएको मन्तब्य )
विश्व एक्काईसौ शताब्दीको तेश्रो दशकमा प्रवेश गर्दैगर्दा हाम्रो सामुन्ने मानव सभ्यतासँग जोडिएको थुप्रै प्रश्नहरु छन्। कुन प्रश्नमा केन्द्रित हुने भन्ने निक्यौल गर्न साच्चिकै गार्हो भएको छ। तीनवटा खतराले आज मानवजातिको अस्तित्व समाप्त पर्न सक्छन। ति हुन् आणविक युद्ध,पर्यावरणको विनाश र प्रविधिले निम्त्याउने विनाश। हामीले यी नै तिन मुद्धा गर्म्भिरता पुर्वक सोच्नु पर्छ।
आणविक युद्ध र पर्यावरण विनाशको खतराबारे हामी धेरै जानकार छौ। त्यसैले म हामीले कम चासो दिईरहेको प्रविधिले निम्त्याउने सक्ने विनाश बारे चर्चा गर्छु। प्रविधिले मानव समाजलाई ध्वस्त पार्न पनि सक्छ। यसले मानव जीवनको आधारभूत अर्थ नै बदल्न सक्छ। साथै विश्वव्यापी रुपमा एउटा विशाल प्रयोजन विहिन वर्ग ( Useless class ) को निर्माण गर्न सक्छ र डाटा उपनिवेशवाद तथा डिजिटल अधिनायकवादको खतरा पनि यसले निम्त्याउन सक्छ। प्रविधिका कारण हामीले सामाजिक र आर्थिक उथलपुथलको सामना गर्नु पर्ने हुन् सक्छ।
स्वचालित प्रविधिले अब चाडै लाखौलाख मानिसलाई कामबाट बाहिर निकाल्नेछ। त्यसपछि नयाँ कामका लागी आवश्यक पर्ने सिप छिटोछिटो सिखन सक्छन कि सक्दैन भन्ने हामीलाई थाहा छैन। मानौ तपाई ५० वर्षको ट्रक चालक हुनुहुन्छ स्वचालित गाडीको कारण तपाई कामबाट निकालिनु भयो। त्यसपछि तपाईले सफ्टवेयर डिजाईन वा इन्जिनीयरलाई योगा सिकाउने काम पाउनु भयो। अब सोच्नुहोस ५० वर्षको ट्रक चालकले कसरी आफुलाई सफ्टवेयर डिजाईन वा योगा शिक्षकका रुपमा तयार पार्न सक्छ ? अर्को कुरा अब मान्छेले यस्तो एक पटक मात्र होइन पटक पटक र जीवनभर नै गरिरहनु पर्छ। किनभने स्वचालित प्रविधिको विकास एक पटक आएर शान्त हुने पानीको छाल होइन,यो निरन्तर झरिरहने झरना जस्तै हो। एउटा परिवर्तनलाई पछ्याउदै जाँदा अर्को झन् ठुलो परिवर्तन आउछ।
अहिले कृत्रिम बौद्धिकता ( AI ) को विकास अझ उन्नत चरणतिर लम्किदै छ र यसले चाडैनै पूर्ण क्षमतामा काम गर्न सक्नेछ। पुराना कामहरु हराउने छन् र नयाँ कामको सिर्जना हुनेछ। तर ति नयाँ कामहरुमा पनि छिटोछिटो परिमार्जन र हराउनेछ्न। हामीभन्दा अघिका मानिसहरुले शोषण विरुद्द संघर्ष गरेका थिए। तर एक्काइसौ शताब्दीमा मानिसले असान्दर्भिक हुनबाट बच्न साच्चिकै ठुलो संघर्ष गर्नु पर्ने हुन्छ। असान्दर्भिक हुनु शोषित हुनु भन्दा धेरै खतरनाक हुन्छ।
असान्दर्भिकता का विरुद्ध संघर्ष गरिरहेका मानिसहरुको विशाल समुहले समाजमा नयाँ 'प्रयोजनविहीन वर्ग ' सिर्जना गर्छ। यो वर्गका मानिसहरु साथीभाई वा नातागोताका लागी होइन राजनीतिक र आर्थिक दृष्टिकोण ले प्रयोजनविहीन हुन् पुग्छन र यो प्रयोजनविहीन वर्ग र शक्तिशाली सभ्रान्त वर्गबीच निरन्तर बढ्दो खाडल सिर्जना हुनेछ।
कृत्रिम बौद्धिकतामा हुने क्रान्तिका कारण वर्गहरुको विचमा मात्र होइन,देश-देशविचको असमानता पनि अकल्पनीय रुपमा बढ्नेछ। १९ औ शताब्दीमा बेलायत र जापान जस्ता केही देशले पहिले औधोगिककरण गरे,उनीहरुले नै संसारभर साम्राज्य फैलाए र सारा संसारको शोषण गरे। यदि हामीले ध्यान दिएनौ भने कृत्रिम बौद्धिकताका कारण एक्काइसौ शताब्दीमा पनि यही कथा दोहोरिनेछ।
अहिले नै कृत्रिम बौद्धिक्तायुक्त हतियारको प्रतिस्पर्धा चलि रहेको छ। चीन र अमेरिका यो प्रतिस्पर्धा मा सबैभन्दा अगाडी छन्। अरु अधिकांश देशहरु धेरै पछाडी छुटिसकेका छन्। यदि कृत्रिम बौद्धिकताबाट हुने फाइदा र यसको शान्ति सबै मानिसलाई बराबर नबाड़ने हो भने केही 'हाई -टेक हब' मा असिमित सम्पति थुप्रिने छ र अरु देशहरु कि टाट पल्टिने छन् या त डाटा -उपनिवेशमा परिणत हुनेछन।
हामी अहिले रोबोटले मान्छेसँग बदला लिएको साईन्स फ़िक्सनको कथामा छलफल गरिरहेका छैनौ। हामी कृत्रिम बौद्धिकताको अत्यन्तै प्रारम्भिक अवश्था बारे कुरा गरीरहेका छौ। तर यही प्रारम्भिक अवस्थामा नै विश्वको अहिलेको सन्तुलनलाई ध्वस्त पार्ने क्षमता छ। यस्तो बेला विकासोन्मुख देशहरुको हालत के होला भन्ने सोचौ। मेक्सिकोमा भन्दा कम लागतमा अमेरिकाको क्यालिफोर्नियामा कपडा वा कार उत्पादन थाल्यो भने के हुन्छ ?
कल्पना गर्नुहोस,तपाईको देशको प्रत्येक नेता,पत्रकार र न्यायधिशको यौन व्यवहार,सम्पूर्ण मानसिक कमजोरी र अवैध लेनदेन सहित सबै मेडिकल र व्यक्तिगत जानकारी अमेरिका वा चीनको कुनै व्यक्तिसंग छ। अब तपाईको देशको राजनीति कस्तो हुन्छ ? तपाइको देश स्वतन्त्र हुन्छ कि डाटा-उपनिवेश ? जब कुनै देशको बारेमा शक्तिशाली देशसंग प्रशस्त डाटा छ भने त्यो देशलाई नियंत्रणमा लिन सेना पठाउनु पर्दैन। असमानता संगै प्रविधिले ल्याउने अर्को खतरा डिजिटल अधिनायकवादको उदय हो। जसले प्रत्येक व्यक्तिलाई पल निगरानी राख्ने छ। जैविक ज्ञान,कम्प्युटरको शक्ति र डाटा एक अर्कामा गुणन गर्दा मान्छेलाई ह्याक गर्न सक्ने क्षमता बन्छ।
तपाईसंग प्रशस्त जैविक ज्ञान छ,कम्प्युटरको शक्ति छ र आवश्यक डाटा छ भने तपाई मेरो शरीरलाई ह्याक गर्न सक्नु हुन्छ। मेरो दिमाग र मेरो सिङ्गॊ जीवनलाई ह्याक गर्न सक्नु हुन्छ। मेरो बारेमा म आफुले बुझेको भन्दा राम्रोसंग बुझ्नु सक्नु हुन्छ। त्यसपछि मेरो व्यक्तित्व,राजनीतिक दृष्टिकोण,यौन चरित्र,मानसिक कमजोरी,मेरो सबैभन्दा ठुलो डर र आशाबारे तपाईलाइ थाहा हुनेछ। तपाई मलाई म आफुले बुझेको भन्दा धेरै राम्रोसंग बुझ्न सक्नु हुन्छ। यस्तो तपाईले मसंग मात्र होइन अरु जो कोहीसंग गर्न सक्नु हुनेछ।
हामीलाई आफुले भन्दा राम्रोसंग बुझ्न सक्ने प्रणालीले हाम्रा अनुभूति र निर्णयहरु पूर्वानुमान गर्न सक्छ। पूर्वानुमान मात्रै होइन,हाम्रो अनुभूति र निर्णयलाई प्रभावित पनि गर्न सक्छ। अन्तत:यसले हामीले गर्नुपर्ने निर्णयहरु गर्नेछ। विगतमा थुप्रै सरकार र तानाशाहहरुले मानिसका अनुभूति र निर्णयलाई प्रभावित गर्ने यस्तो प्रयोग गर्न खोजेका थिए। तर उनीहरुसंग मानव शरीरको पर्याप्त ज्ञान थिएन न त त्यो क्षमताको कम्प्युटर र त्यसका लागी डाटा नै थियो। त्यसैले न त जर्मनीको गेस्टापो ,न त रुसको केजिबिले नै यस्तो गर्न सके। तर चाडै केही व्यापारिक निगम र सरकारहरु सबै मानिसलाई योजनाबद्द रुपमा ह्याक गर्न सफल हुनेछन। मानिसहरुले हामी अब रहस्यमय आत्मा रहेनौ ,ह्याक गर्न मिल्ने जनावर हौ भन्ने कुरामा विश्वास गर्नु पर्नेछ। हाम्रो वास्तविकता यही हो।
मानिसलाई ह्याक गर्न सक्ने शक्ति अझ गुणस्तरीय स्वास्थ्य उपचार उपलब्ध गराउने जस्ता असल उद्धेश्यका लागी पनि प्रयोग हुन् सक्छ। तर एक्काईसौ शताब्दीको स्टालिनको हातमा यस्तो शक्ति पुग्यो भने उसले मानव ईतिहासको सबै भन्दा सर्वसत्तावादी शासन जन्म दिनेछ। अहिले नै एक्काईसौ शताब्दीको स्टालिन बन्न आवेदन हल्नेहरुको लामो लाईन छ।
एकछिनलाई २० वर्षपछिको उत्तर कोरियाको कल्पना गर्नुहोस। जहाँ सबैले बायोमेट्रिक ब्राश्लेट लगाउने पर्ने नियम हुन्छ। यसले २४ सै घण्टा तपाईको रक्तचाप,मुटुको चाल ,मस्तिष्कको गतिविधि निगरानी गर्छ। अनि तपाई रेडियोमा महान नेताको भाषण सुन्नु हुन्छ। त्यतिबेला तपाईले के अनुभूति गर्नुभयो भन्ने पनि यही ब्राश्लेट मार्फत थाहा पाउछन। मनु भाषण सुनेर तपाईलाई रिस उठ्छ। तर तपाई जबर्जस्ती ताली बजाउनु हुन्छ,मुस्कुराउनु हुन्छ। तर पनि त्यो कुरा उनीहरुले थाहा पाउछन। त्यसको भोलिपल्ट तपाई श्रम शिविरमा पाउनु हुन्छ।
यदि हामीले यस्तो सम्पूर्ण सर्वसत्तावादी शासनको उदय हुन् दियौ भने धनि र शक्तिशालीहरु चाही सुरक्षित हुन्छौ भन्ने नसोचे हुन्छ। यसबारे एक पटक अमेजनका संस्थापक तथा सीइओ जेफ बेजोसलाई सोध्नुहोस। स्टालिनको सोभियत संघमा अरुभन्दा धेरै कम्युनिस्ट पार्टीका माथिल्लो तहका अधिकारीहरुमाथि निगरानी गरेको थियो। भविष्यको सम्पूर्ण सर्वसत्तावादी शासनको हकमा पनि यो लागु हुनेछ। तपाई जति माथिल्लो तहमा हुनुहुन्छ,त्यति नै तपाईको निगरानी हुनेछ।
त्यसैले यस्तो डिजिटल अधिनायकवादको उदय हुनबाट रोक्नु सम्भ्रान्त वर्गसहित सबै मानिसको सरोकारको विषय हो। र यस्तो बेला कुनै राजकुमारबाट नै शंकास्पद ह्वाट्स एप म्यासेज पाउनुभयो भने पनि त्यसलाई नखोल्नु होला। डिजिटल डिक्टेटर सिपको स्थापना हुन् नदिदैमा मानिसलाई ह्याक गर्न सक्ने क्षमताले निम्त्याउने चुनौती सकिदैन। अझै पनि यसले मानव स्वतंत्रतालाई खतरामा पार्न सक्छ। निर्णय गर्नका लागी हामी जब हाम्रो मस्तिष्क भन्दा धेरै बौद्धिकतामा भर पर्न थाल्छौ र मान्छेमा निर्णय गर्ने अधिकार कम हुदै जान्छ तब अल्गोरिदमले यसमा अधिकार जमाउन थाल्छ। यो अहिले नै हुन् थालिसकेको छ।
आज अरबौ मानिसहरु नयाँ के आएको छ भन्ने जान्न फेसबुकलाई विश्वास गर्छन। कुन कुरा सत्य हो र कुन होइन भन्ने गुगलले भन्छ। कुन फिल्म हेर्ने भनेर नेटफ़िलक्क्षले छनोट गरिदिन्छ। के किन्ने भन्ने कुरा अमेजन र अलिबाबाले भनिदिन्छ। निकट भविष्यमा यस्तै कुनै प्रणालीले कहाँ काम गर्ने र कोसँग बिहे गर्ने जस्ता निर्णय हाम्रा लागी गरिदिन सक्छन। त्यतिमात्र होइन तपाईलाई जागिरमा नियुक्त गर्ने कि नगर्ने,ऋण दिने कि नदिने तथा ब्याजदर बढाउने कि नबढाउने भन्ने सम्मका निर्णय यस्तो कुनै प्रणालीले गर्न सक्छ।
मैले किन ऋण पाइन वा बचतमा ब्याजदर किन बढेन भन्ने प्रश्न तपाईले गर्नु भयो भने एउतै जवाब पाउनु हुनेछ। कम्प्युटरले त्यहि देखाउनेछ। मानव मस्तिष्कसंग पर्याप्त जैविक ज्ञान,कम्प्युटिंग पावर र डाटा नहुने हुदा मानिसले कम्प्युटरको यस्तो निर्णय बुझ्न सक्दैन। त्यसैले हामीले अघि भनेजस्तो डिजिटल अधिनायकवाद नभएका मुलुकमा पनि मानिसले आफ्नो स्वतंत्र गुमाउनेछन। उनीहरु सरकारी नीतिसमेत बुझ्न नसक्ने हुनेछन ,अहिले नै हेरौ न,हामी कतिजनाले वित्तीय प्रणाली बुझ्छौ। धेरैमा एक प्रतिशतले। केही दशकपछि वित्तीय प्रणाली बुझ्न सक्ने मान्छेको संख्या शुन्य हुनेछ।
अहिले हाम्रो लागी मानव जीवन भनेको निर्णय गर्ने चुनौतीहरूले भरिएको नाटक जस्तै हो। कृत्रिम बौद्धिकतायुक्त प्रणालीले हाम्रा अधिकांश निर्णयहरु गरीदिन थालेपछि मानव जीवनको अर्थ के होला ? मानव अस्तित्वको यो अवस्थालाई बुझन अहिलेसम्म हामीसंग कुनै दार्शनिक ज्ञान समेत छैन। दार्शनिक र राजनीतिज्ञहरुबीच एक किसिमको बार्गेनिंग चलिरहन्छ। दार्शनिकहरु विभिन्न-आकर्षण अवधारणाहरु प्रस्तुत गर्छन भने राजनीतिज्ञहरु त्यस्ता अवधारणा अव्यवहारिक भएको व्याख्या गर्छन। अहिले भने ठिक उल्टो छ। हामी दार्शनिक रुपमा टाट पल्टिएका छौ।
इन्फोटेक र बायोटेकमा भैरहेको क्रान्तिले राजनीतिज्ञहरुसामु यो संसारलाई स्वर्ग वा नर्क कस्तो बनाउने भन्ने विकल्प दिएको छ। त्यो नयाँ स्वर्ग वा नर्क कस्तो हुनेछ भन्ने प्रश्नको जवाब खोज्न दार्शनिक हरुलाई भने संकट परिरहेको छ। यो एकदम खतरनाक स्थिति हो। हामि जस्तो सक्दो चाँडो हाम्रो नयाँ स्वर्ग कस्तो हुनु पर्छ भन्ने अवधारणा बनाउन सकेनौ भने हामी कुनै 'योटोपिया' मा फस्न सक्ने सम्भावना हुन्छ। यदि हामीले नयाँ नर्क कस्तो हुन्छ भन्ने अवधारणा निर्माण गर्न सकेनौ भने थाहा नै नपाई त्यो नर्कमा फसिसकेका हुन् सक्छौ र त्यहाँ बाट निस्किने बाटो समेत नभेटन सक्छौ।
प्रविधि हाम्रो अर्थतन्त्र,राजनीति र दर्शन मात्र होइन,हाम्रो जैविकता अर्थात् शरीर पनि विकृत पार्न सक्छ। आउने दशकहरुमा कृत्रिम बौद्धिकता र बायोटेक्नोलोजीको संयोजनले मानव जीवनलाई नै 'रि-ईञ्जिनियरिङ्ग' गर्न सक्ने 'ईश्वरीय शक्ति 'हासिल गर्नेछ। यति मात्रै होइन,यस्तो संयोजनले नयाँ जीवन नै निर्माण गर्न सक्ने क्षमता पनि राख्छ। प्राकृतिक छनोटबाट जीव निर्माण हुन् थालेको चार अर्ब वर्षपछी यतिबेला हामी कृत्रिम बौद्धिकता डिजाईन गरेको 'ईन-अर्गानिक' जीवन निर्माणको नयाँ युगमा प्रवेश गर्न लागेका छौ।
मानिसको सृष्टि परिकल्पना जैविक विकासको नयाँ शक्तिको रुपमा थपिएको छ। नयाँ जीवन सृष्टि गर्न सक्ने यो दैवी शक्ति प्रयोगमा कुनै गल्ति भयो भने त्यो सानो गल्ति हुने छैन। पुरा ब्रहाण्ड लाई प्रभावित गर्न सक्ने भयानक गल्ति हुनेछ। खासगरी सरकार,व्य्व्पारिक निगम र सेनाले आफुलाई आवश्यक पर्ने बौद्धिकता तथा अनुशासन जस्ता मानवीय गुणमा वृद्धि गर्न यस्तो प्रविधि प्रयोग गर्न सक्छन। तर करुणा,सौन्दई चेत तथा अध्यात्मिकता जस्ता गुण उनीहरुको बेवास्तामा पर्नेछन। बौद्धिकता र अनुशासन को दौड भईरहदा करुणा,सौन्दर्य चेत तथा आध्यात्मिकता जस्ता गुणहरु मानिसबाट हराउन थाल्नेछन। यो भविश्यवाणी होइन,सम्भावनाहरु मात्रै हुन्। खासमा प्रविधि विकास कता जान्छ भन्ने कहिल्यै पनि पूर्वानुमान गर्न सकिदैन।
बिसौ शताब्दीमा औधोगीकिकरणको प्रविधि प्रयोग गरेर तिन फरक किसिमका राजनीतिक प्रणाली अस्तित्वमा आए - फासिस्ट तानाशाह,कम्युनिष्ट र उदार प्रजातन्त्र। एक्काईसौ शताब्दीमा पनि यस्तै हुनेछ। कृत्रिम बौद्धिकता र बायोटेकले पक्कै पनि संसारको कायापलट गर्नेछ र यसलाई प्रयोग गरेर फरक किसिमको समाज निर्माण गर्न सकिनेछ। मैले अघि भनेका केही सम्भावनाबाट तपाई डराउनु भएको छ भने त्यो समस्या हाल गर्न तपाईले योगदान गर्न पनि सक्नुहुन्छ। त्यसका लागी प्रभावकारी कदम चाल्न भने विश्वव्यापी सहकार्य नै जरुरी हुन्छ। अहिले हामीले सामना गरेका समस्याहरु विश्वव्यापी समस्या हुन्। तिनीहरुको विश्वव्यापी समाधान आवश्यक छ।
जब कुनै नेताले 'मेरो देश पहिलो'जस्ता कुरा गर्छ भने उसलाई सम्झाउनुपर्छ कि आणविक युद्ध वा पर्यावरणीय विनाश कुनै पनि देशले एक्लै रोक्न सक्दैन। कुनै पनि देशले एक्लै कृत्रिम बौद्धिकता वा बायो-ईञ्जिनियरिङ्ग लाई नियमन गर्न सक्दैन। प्राय: सबै देशले भन्नेछन,"हामी नरसंहारकारी रोबोट बनाउन चाहदैनौ। हामी असल मानिस हौ। तर हाम्रा दुश्मनले यस्तो गर्दैनन् भनेर विश्वास गर्न सकिदैन। त्यसैले उनीहरुले भन्दा पहिले यी सबै कुरा हामीले बनाई सक्नु पर्छ।
यदि कृत्रिम बौद्धिकता र बायो-ईञ्जिनियरिङ्गको क्षेत्रमा यस्तो प्रतिस्पर्धा शुरु भयो भने यसमा कसले जित्छ भन्ने प्रश्न अर्थहीन हुनेछ र सिङ्गो मानवता पराजित हुनेछ। विगतको तुलनामा अहिले एकदमै धेरै विश्व्यापी (ग्लोबल ) सहकार्य आवश्यक छ। तर दुर्भाग्यवश विश्वका शक्तिशाली नेता र देशहरुले यसलाई निरन्तर अवमुल्यन गरिरहेका छन्। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प जस्ता नेताहरु ग्लोबलिज्म र राष्ट्रवाद लाई एक अर्काका विरोधी अवधारणाको रुपमा व्याख्या गरिरहेका छन् र त्यसमध्ये एउटा रोज्न भनिरहेका छन्। यो भयङ्कर डरलाग्दो गल्ति हो।
राष्ट्रवाद भनेको विदेशीलाई घृणा गर्नु होइन,आफ्नो देश र देशवासीलाई प्रेम गर्नु हो। एक्काईसौ शताब्दीमा आफ्नो देशवासीको सुरक्षा प्रत्याभूत गर्न र सु-निश्चित गर्न हामीले विदेशीसंग सहकारी गर्नैपर्छ। त्यसैले एक्काईसौ शताबदिको राष्ट्रवादी उत्तिकै विश्वव्यापीकरणवादी पनि हुनु आवश्यक छ। अहिले ग्लोब्लिजम भनेको विश्विक सरकार स्थापना गर्नु,सबै राष्ट्रीय परम्पराहरु परित्याग गर्नु वा असिमित आप्रवासीका लागि सिमा खुला गर्नु होइन। बरु केही विश्वव्यापी नियम मान्न प्रतिबद्ध हुनु हो। त्यस्ता नियमहरु,जसले हरेक राष्ट्रको अलग विशेषतालाई अस्विकार गदैन। तर देश-देश बिचको सम्बन्धलाई नियमन गर्छ।
यो भनेको विश्वकप फुटबल जस्तै हो।
विश्वकप देश देशबीच हुने प्रतिस्प्रर्दा हो। जहाँ मानिसहरु आफ्नो असिमित देशभक्त देखाउछन। संगसंगै यही प्रतिस्पर्धामा अनौठो अन्तराष्ट्रिय सामान्जस्यता समेत देखिन्छ। दुवै देशहरु एउतै नियम मान्न तैयार नभए सम्म फ्रान्सले क्रोएसिया विरुद्ध फुटबल खेल्न सक्दैन। विश्वव्यापारीकरण ले यसैगरी कम गर्ने छ। तपाईलाई विश्वकप फुटबल मन पर्छ भने 'ग्लोबलिष्ट' भईसक्नु भएको छ।
कृत्रिम बौद्धिकताले अमेरिकी सफ्टवेयर ईञ्जिनियर मात्रै होइन,मेक्सकिको कपडा कारखानाका मजदूरलाई पनि उत्तिकै फाईदा कसरी पुर्याउछ भन्ने काम गर्नेछन। पक्कै पनि यो फुटबल भन्दा कयौ गुणा कठिन छ। तर असम्भव होइन। असम्भव नै हो भने पनि हामीले यसअघी नै असम्भवलाई सम्भव बनाउन जानिसकेका छौ। मानव ईतिहास भरि कायम रहेको युद्धको डरलाग्दो जंगलबाट हामी बाहिर निस्किन सफल भएका छौ। हजारौ वर्ष मानिसहरु जंगलको त्यस्तो नियममा बसे,जहाँ जताततै युद्ध व्याप्त हुन्थियो। त्यो नियमले भन्थियो,दुई छिमेकी देशहरुबीच यतिबेला युद्ध भई रहेको छैन भने आर्को वर्ष निश्चित रुपमा युद्ध हुनेछ। यो नियममा शान्ति भनेको युद्धको तत्कालिन अनुपस्थिति मात्रै थियो।
त्यो नियममा अथेन्स र स्पार्ता वा फ्रान्स र जर्मनीबीच शान्ति छ भन्नु अहिले तत्काल युद्ध भई रहेको छैन र अर्को वर्ष उनीहरुबीच युद्ध हुन् सक्छ भन्नु थियो। हजारौ वर्ष मानिसले युद्धको यो नियमबाट मुक्ति पाउँ असम्भव छ भन्ने सोचिरहे। तर पिछ्ल्ला केही दशकमा मानव सभ्यताले त्यो असम्भवलाई सम्भव तुल्याइदियो र युद्धमय त्यो जंगलबाट बाहिर निकाल्यो। हामीले केही नियममा आधारित उदारवादी विश्व व्यवस्था अपनायौ। त्यसका थुप्रै कमजोरी छन्.तर यसको मानव ईतिहासकै सबैभन्दा शान्त र समृद्ध युग निर्माण गरेको छ।
शान्तिको आधारभूत अर्थ नै परिवर्तन भएको छ। अब शान्ति भन्नु युद्धको तत्कालिन अनुपस्थिति होइन,युद्धमाथिको अविश्वास हो। यतिबेला तपाई फ्रान्स र जर्मनी जस्तै अरु सयौ देशहरुबीच अर्को वर्ष युद्ध हुन्छ भन्ने कल्पना गर्नु हुन्न। विश्वका केही ठाउँमा अहिले युद्ध नभएको होइन। मलाई विश्वास गर्नुहोस,'मध्यपूर्व' बाट आएको हुनाले मलाई यो कुरा राम्रोसंग थाहा छ। तर यसैकारण सम्पूर्ण विश्वको परिस्थितिलाई अनदेखा गर्नु हुदैन।
अहिले हामी बाचिरहेको युगमा युद्धका कारणले भन्दा आत्महत्याका कारण बढी मानिस मरीरहेका छन्। बारुदले भन्दा चिनीले बढी मानिस मरीरहेको छ। रुस जस्ता केही देश छोडेर विश्वका प्राय:सबै देश अर्को देश कब्जा गर्ने कल्पना गर्दैनन्। त्यसैले धेरै देशहरु कुल गार्हस्थ उत्पादनको करिब २ प्रतिशत रक्षा बजेटमा खर्च गर्छन र त्यो भन्दा कता हो कता धेरै शिक्षा र जन्स्वस्थाय्मा खर्च गर्छन। यो युग पहिलेजस्तो जंगल युग होइन। हामि यस्तो विश्वमा बाच्न अभ्यस्त भई सकेका छौ। हामीलाई यो शान्ति आफै प्राप्त भएको जस्तो लाग्छ। त्यसैले हामीले यसको देखभाल गरीरहेका छैनौ। नाजुक विश्व व्यवस्थालाई बलियो बनाउन मिहिनेत गर्नुपर्ने बेला धेरै देशहरु यसलाई बेवास्ता गरीरहेका छन् र निरन्तर अवमुल्यन गरिरहेका छन्।
विश्व व्यवस्था अहिले त्यस्तो घर भएको छ,सबै त्यो घरमा बस्छन,तर कसैले पनि मर्मत गर्दैनन्। अब केहि वर्ष त हामीलाई यसले ओत देला। तर हामीले यस्तै व्यवहार गरीरहयौ भने एक दिन यो घर ध्वस्त हुनेछ। अनि मानव सभ्यता फेरी सर्वव्यापी युद्धको जंगलमा पुग्नेछ। त्यो जंगल कस्तो थियो हामीले बिर्सिसकेका छौ। तर एक इतिहासकारको रुपमा मैले भनेको कुरा विश्वास गर्नुहोस,तपाई फेरी त्यहाँ फर्किन चाहनुहुन्न ,त्यो तपाईले कल्पना गर्न सक्ने भन्दा कयौ गुना खराब अवस्था हो।
हो ! मानवजाती यस्तै जंगलमा उदभव भयो,हुर्कियो,हजारौ वर्ष त्यहीं बाँच्यो र त्यहीं समृद्ध भयो। तर अहिले हामी त्यहाँ फर्किने हो भने हाम्रो जाति नै समाप्त हुन्छ। यदि मानवजाति पृथ्वी बाट हरायो भने पनि संसार अन्त्य हुने छैन। केही न केहीले सृष्टिलाई निरन्तरता दिनेछ। कतै मुसाले पो पृथ्वीको नेतृत्व गर्छन र सभ्यताको पुन:निर्माण गर्छन कि। यस्तो भयो भने सायद मुसाले हाम्रो गल्तीबाट सिक्नेछन। तर मलाई मुसामा होइन ,यहाँ उपस्थित नेताहरुमा विश्वास छ।
.jpeg)



Post a Comment