बुद्ध ज्ञान साईकल यात्रा -२०८०
( Buddha Enlightenment Bicycle Tour - 2024 )
पत्रकार सम्मेलन
२०८० पौष २४ गते,मंगलबार
नमस्कार पत्रकार साथीहरु ,
साईकल सिटी भैरहवा "स्वास्थ्य,पर्यावरण र पर्यटन" भन्ने मूल नाराका साथ गठन भएको यहाँहरुलाई अवगत नै छ। आफ्नो स्थापनाकाल देखि नै साईकल सिटी भैरहवाले स्वास्थ्य,पर्यावरण र पर्यटनका लागि विभिन्न कार्यहरु गर्दै आई रहेको छ। ७६ जना संस्थापक र साधारण सदस्यहरुको यो संस्था जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा असोज,२०७८ सालमा आधिकारिक रुपले दर्ता रहेको समेत जानकारी गराउदछौ।
विशेष गरेर सिद्धार्थनगरलाई एउटा दक्षिण एशियाको पहिलो साईकल शहर बनाउने उदेश्य लिएर साईकल सिटी भैरहवाले आफ्नो मुख्य योजनामा राखेको छ। त्यसै अनुरुप नगरवासीलाई साईकल प्रति चाहना बढोस भनेर हरेक शुक्रबार बिहान शहर भित्र साईकल कुदाई रहेका छौ। त्यसको साथै महिनाको अन्तिम शनिबार बिहान ६ बजे बुद्धचोकको लुम्बिनिगेटबाट शहरवासी र सिध्दार्थनगरमा घुम्न आउनु भएका आन्तरिक र बाहिर्य पर्यटकहरुलाई साईकलमा नगर घुमाउने प्रयास विगत चार महिना देखि निरन्तर गरिरहेका छौ। त्यति मात्र नभएर साईकल सिटी भैरहवाका सदस्यहरु देशका विभिन्न पर्यटकिय र धार्मिक स्थानमा वर्षको चार दिन भ्रमण गरेर स्वास्थ्य,पर्यावरण र साईकल पर्यटनको साथै स्थानीय उब्जनीको प्रचार प्रसार गरी रहेको पनि जानकारी समेत यहाँहरुलाई गराउन चाहन्छौ।
हामीले सिद्धार्थनगर भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्वारको रुपमा मात्र हामीले भन्ने गरेका छौ। सिद्धार्थनगरको परिचय त्यति मात्र होइन,सिद्धार्थनगर भगवान गौतम बुद्धको मावली भवानीपुर,बुद्धको अहिले सम्म उत्खनन नगरेको एकमात्र बुद्धको अस्तु रहेको स्थान रामग्राम जाने सजिलो र सहज नगर पनि हो ।
त्यसैले साईकल सिटी भैरहवाले सिद्धार्थनगर सहित रामग्राम,देवदह,तिलोत्तमा,शुद्धोधन,गैडहवा,बाणगंगा,कपिलवस्तु,लुम्बिनीको भ्रमण गराउने गरि "बुध्द ज्ञान साईकल यात्रा-२०८०" ( Buddha Enlightenment Bycycle Tour-2024 ) कार्यक्रम आजको पत्रकार सम्मेलनबाट यहाँहरूको मिडिया मार्फत सार्वजनिक गर्न लागि रहेका छौ। बुध्द ज्ञान साईकल यात्रा -२०८० यश वर्ष माघ महिनाको १२ र १३ गते हुदैछ। यो कार्यक्रम निरन्तर हरेक वर्ष गरिने छ ।
यश वर्ष कार्यक्रम पहिलो पटक भएको हुदा हामीले देश विदेशबाट २०० साईकिलिष्टहरूलाई सहभागी गराउने छौ। साईकिलिष्टहरू दुई दिनमा रूपन्देही,शुद्धोधन, कपिलवस्तु र लुम्बिनीमा रहेको गौतम बुध्दको जिवनीसंग सम्बन्धित स्थानहरूको भ्रमण,अवलोकलन र जानकारी लिने छन । यो वर्ष भारत र नेपालका विभिन्न जिल्लाबाट साईकिलिष्टहरू सहभागी हुन सिद्धार्थनगर आउदै छन ।
पहिलो दिनको साईकल यात्रा भैरहवा देखि रामग्राम स्तुपा,भवानीपुर देवदह,तिलोत्तमा,शुद्धोधन,जगदिशपुर ताल हुँदै कपिलवस्तु पुगेर बास बस्ने छ । साईकिलिष्टहरूले किरिब १२० किलोमिटरको साईकल यात्रा गर्ने छन ।
दोस्रो दिन कपिलवस्तुमा रहेको तिलौराकोट,सग्रहवा,गोटिहवा,कुदान भ्रमण पश्चात् लुम्बिनी मायादेवी मन्दिर दर्शन गराईने छ ।लुम्बिनी पछि करिब भैरहवा लुम्बिनी गेटमा दिउँसो ४ बजे ल्याई पुर्याएर सबै साईकिलिष्टहरूलाई सिद्धार्थनगरका नगरवासी सहित पैदल नगर परिक्रमा गराउने छौ ।
नगर परिक्रमापछि गणतान्त्रिक सभाहलमा "बुध्द ज्ञान साईकल यात्रा-२०८०" को भव्य कार्यक्रम सहित समापन गरिने छ ।
यो कार्यक्रमले बुध्दसंग सम्बन्धित ओझेलमा परेका क्षेत्रहरूको बढी प्रचार प्रसार हुनेछ भन्ने हामीले अपेक्षा गरेका छौ। संगसंगै देशविदेशबाट आएका साईकिलिष्टहरूले सिद्धार्थनगरलाई पनि राम्रोसंग बुझ्ने,घुम्ने मौका पाउने छन । शहर आर्थिक,सामाजिक रूपले चलायमान हुने छ । जसको प्रत्यक्ष अप्रत्यक्ष सबैलाई फाईदा हुने छ ।
भविष्यमा यो कार्यक्रम तीन दिनको हुनेछ,जसमा सहभागी सबै साईकिलिष्टहरूलाई बुध्दसंग सम्बन्धित ध्यान र ज्ञान बारे पनि जानकारी दिईने छ । जसको कारण भविष्यमा सिद्धार्थनगर पनि पर्यटकिय शहर हुनेछ ।
यो कार्यक्रम सम्पन्न गर्न करिब १४ लाखको अनुमानित बजेट राखेका छौ ।तर पनि अहिलेको परिस्थिति अनुसार हामीले यो कार्यक्रम सफलताका साथ सम्पन्न गर्न सबैको साथ र सहयोगको अपेक्षा गरेका छौ र आज यो पत्रकार सम्मेलन मार्फत सबैमा अनुरोध पनि गर्न चाहान्छौ ।जसले जे सक्छ सहयोग गर्नु होस । यो कार्यक्रम एउटा साझा कार्यक्रम हो। यो सफल हुनु नै हामी सबै लुम्बिनी प्रदेशवासी सफल हुनु हो ।
धन्यवाद ।
सुर्य कुमार सारुमगर,
अध्यक्ष्य,
साईकल सिटी भैरहवा
Post a Comment