" हाम्रो यात्रा "

" Hamro Yatra "
नदीको पानी झैँ हाम्रो जीवनको यात्रा पनि निरन्तर बगिरहेको छ ।



 आतिथ्य र आवासको एक रूप हो जहाँ आगन्तुकहरूले आफूले यात्रा गरिरहेको क्षेत्र (होस्ट) को स्थानीयसँग निवास साझा गर्छन्। बसाइको लम्बाइ एक रातदेखि एक वर्षसम्म हुन सक्छ र निःशुल्क (उपहार अर्थतन्त्र), मौद्रिक क्षतिपूर्तिको सट्टामा, अतिथिको सम्पत्तिमा एकै साथ वा अर्को समयमा (घरको विनिमय) मा बस्नको लागि प्रदान गर्ने गरिन्छ।  होमस्टे सहयोगी उपभोग र साझा अर्थतन्त्रका उदाहरण हुन्।होमस्टेले अर्थपूर्ण सम्झनाहरू सिर्जना गर्दै विविध संस्कृति र परिदृश्यहरू अनुभव गर्ने अनुपम अवसर प्रदान गर्दछ।यसले पर्यटकहरूलाई स्थानीय संस्कृति, जीवनशैली र पाहुना समुदायको आतिथ्यता अनुभव गर्ने अवसर प्रदान गर्दछ। होमस्टेको व्यवस्थामा पर्यटकहरूले सामान्यतया स्थानीय परिवार वा व्यक्तिबाट कोठा वा घरको भाग भाडामा लिन्छन्। 

होमस्टेले धेरै फाइदाहरू प्रदान गर्दछ, जस्तै अन्य स्थानमा दैनिक जीवनमा एक्सपोजर, स्थानीय संस्कृति र परम्पराहरू अनुभव गर्ने अवसर, सांस्कृतिक कूटनीति,मित्रता,अन्तरसांस्कृतिक क्षमता र विदेशी भाषा अभ्यास, स्थानीय सल्लाह तर अन्य प्रकारको आवासको रूपमा आराम, सुविधा र गोपनीयताको समान स्तर नहुन सक्छ।स्थानीय परिवारहरूसँग बसेर, यात्रुहरूले दैनिक दिनचर्या, सांस्कृतिक अभ्यासहरू र परम्परागत चलनहरू बारे जान्न सक्छन् जुन उनीहरूले अन्यथा अनुभव गर्न सक्दैनन्।घरमा पकाएको नेपाली खाना खानेदेखि लिएर चाडपर्वमा सहभागी हुन एउटा अवसर प्रदान गर्दछ।  

"नेपाल होमस्टे दिशानिर्देशहरूले सम्बन्धित परिवारले आगन्तुकहरूलाई स्थानीय संस्कृतिको स्वाद दिन आवश्यक छ जसलाई घरधनी आफैंले खानेकुरा खुवाउनु पर्छ। सहभागी घरहरूले सरसफाइ र पर्याप्त शौचालय र बाथरूम सुविधाको साथ सुरक्षित र सुरक्षित वातावरण सुनिश्चित गर्नुपर्दछ। जहाँ तपाईंले वास्तविक स्थानीय आतिथ्यताको अनुभव गर्नुहुनेछ र सकारात्मक प्रभाव छोड्दै वास्तविक नेपालबारे सिक्नुहुनेछ। नेपाली संस्कृति र जीवनको बारेमा अनुभव गर्न र सिक्ने र आफ्नो संस्कृति र विचारहरू साझा गर्न यो भन्दा राम्रो तरिका अरू छैन।"

   बझाकोट मगर होमस्टे,वालिङ्ग-१० 

     नेपालमा अहिले धेरै स्थानहरुमा सामुदायिक होमस्टेहरु संचालनमा रहेका छन्। त्यस्तै भर्खर मात्र संचालनमा रहेको बझाकोट मगर होमस्टे एक पटक पुग्नु पर्ने स्थान हो। वालिङ्ग नगर नगरपालिका वार्ड नम्बर दशमा रहेको बझाकोट गाउँ पुरै मगर वस्ती हो। 

   बझाकोट गाउँ नजिक रहेको थामडाँडाबाट अति रोमान्चित र रमणीय दृश्य देख्न सकिन्छ। गाउँबाट आधा घण्टा उकालो हिडेपछि पुग्न सकिन्छ थामडाँडा। थामडाँडा पुग्न स्थानीयको बारीको डिल डिल हिडेर जानु पर्दछ। जहाँ स्थानीयले कोदो,बोडी,मकै,इत्यादी मौसम अनुसारको खेती गर्ने गर्दछन। थामडाँडा करिब लगभग समुन्द्रतल देखि १५०० मिटरको उचाईमा रहेको छ। दृश्यावलोकनका लागी जति बिहान जान सके उति रमाइलो र अति सुन्दर सुर्य उदाउदै गरेको देख्न सकिन्छ। त्यसपछि डाँडाबाट देखिने दृश्यको वर्णन गरेर सकिंदैन,त्यो त आफै पुगेर अनुभव गर्ने अनुपम र सुन्दर दृश्य, जो हामीले भने गरे झैँ स्वर्गमा पुगेको अनिभव हुन्छ। 

      पश्चिम देखि पूर्वी नेपाल सम्म देखिने हिमालय पर्वतका पङ्क्तिहरु देख्न सकिन्छ। यति मनमोहक दृश्य तपाईले वालिङ्गको बझाकोट थामडाँडाबाट सजिलै देख्न सक्नु हुन्छ। त्यति मात्र नभएर त्यहाँबाट देखिने कालीगण्डकी नदी स्याङ्गजाबाट पाल्पा रामपुरसम्म बगेको मजाले देखिन्छ। एक ठाउँमा उभिएर देखिने लामो यात्रा तय गरिरहेको नदी देखिने सम्भवत संसारको यो दोश्रो मान्न सकिने गाउँलेहरुको भनाई छ। यो भन्दा लामो यात्रा तय गरेको नदी अफ्रिकामा रहेको विद्वानहरुले भन्ने गरेका छन्। तर यस बारे स्थानीय सरकार र पर्यटन मंत्रालयले समयमा तथ्यको खोज गरेर प्रचार गर्नु जरुरी देखिन्छ। यदि यो एक ठाउँबाट लामो यात्रा तय गरेको देखिने नदी कालिगण्डकी हो भने,जसको कारण आन्तरिक र बहिर्य पर्यटकहरु बढ्न सक्दछन। 

         बझाकोट होमस्टे तपाइ पुग्ने बित्तिकै मगर संस्कार र संस्कृति झल्किने र बुझ्ने गरी स्वागत र सत्कार गर्ने  गर्दछन। शहरको कोलाहलबाट टाढा तपाइले आफ्नोपन महसुस गर्न सक्नु हुनेछ। राती बास बस्न घर घरमा पाहुनाहरुलाई पठाउने गर्दछन। त्यसपछि खाना समुहमा खाने कि घरपरिवारमा खाने त्यो पाहुनाहरुको इच्छा अनुसार खिलाउने गरेका छन्। यदि धेरै जनाको समुह जानु भएको छ भने समुहमा राखेर सबै गाउँले मिलेर पाहुनाहरुको सेवा सत्कार गर्ने चलन रहेको छ। 

        नेपालमा रोजगारीको समस्याले युवाहरु विदेश जाने गरेको असर बझाकोट गाउँमा पनि देखिन्छ। किनकी युवाहरुको उपस्थिति निक्कै न्यून रहेको देखिन्छ। तरपनि भर्खर शुरु भएको होमस्टेले भविष्यमा राम्रो गति लिए आशा गरौ, त्यहाँका युवाहरु मुग्लान नगएर आफ्नै बझाकोट गाउँको विकास र प्रगतिमा लाग्ने छन। साथै आफ्नो गाउँ घुम्न र बुझ्न आउने आन्तरिक र बाहिर्य पर्यटकको सेवा सत्कार गरी आर्थिक उपार्जन गर्ने छन। 

      अहिलेको आधुनिक युगमा नेपालमा संचालनमा रहेका होमस्टेहरुमा नेपाल र नेपालीहरुको संस्कृति र परम्परा देख्न सकिन्छ। कुनै पनि सरकारले ति होमस्टेहरुलाई सहयोग नगरेता पनि गाउँलेहरुले आफ्नो शिप र परम्पराको प्रयोग गर्दै आउने पाहुनाहरुको स्वागत,सत्कार गरेर केही भए पनि आर्थिक उपार्जन गरिरहेका छन। अझ स्थानीय,प्रदेश र संघीय सरकारले सहयोग गर्ने हो भने अझ राम्रो गरेर आफनै गाउँमा बसेर धेरै थोक गर्न सक्षम हुने थिए। 

          गाउँलेहरुले नजानेर नै होला भौतिक निर्माणमा बढी जोर दिने गरेको पाईन्छ,जसले गाउँमा गाउँको परिवेश सम्झेर होमस्टे पुग्ने पाहुनाहरु निराश हुने गर्दछ। हिजो गाउँ जस्तो थियो,त्यस्तै तर सफा भए आगन्तुक पाहुनाहरु खुशी हुने छ्न। पहिला पहिला गाउँ घरमा जसरी जातोढिकीमा पिसेर खाने,ढोकोमा बोक्ने र पिडी या बारीको डिल  बसेर घाम ताप्नेको साथै स्थानीय भाषा बोलेको सुन्न पाउनु नै पाहुना खुशी हुन्छन र फेरी फेरी ति गाउँहरु घुम्ने जाने गर्दछन। पाहुनाहरु गाउँ घरको रिति,संस्कृति,पहिरन र स्थानीय उब्जनीको पकवान खान भनेर नै जाने हो। त्यसैले होमस्टे संचालन गर्ने समुदायले यस्ता कुराहरुको विशेष ध्यान दिए,पाहुनाहरुको ओहिरो लाग्न कति पनि बेर लाग्दैन। 

       हो अहिले बझाकोटवासीले एउटा राम्रो कामको थालनी शुरु गरेका रहेछन। जैविक खेती गरेर पाहुनाहरुलाई शुद्ध स्थानीय बारीमा उब्जनी गरेको तरकारी,कोदो,मकैको परिकार पस्किने गरेका रहेछन। बझाकोट होमस्टे भविष्यमा राम्रो पर्यटकीय गन्तब बन्न सक्दछ।  तर स्थानीय सरकारले त्यो गाउँ सम्म पुग्न गतिलो र सुरक्षित बाटो समयमा निर्माण गर्नु पर्दछ। वलिङ्ग नगरपालिका भित्र पर्ने बझाकोट गाउँ अति सुन्दर र रमणीय छ। बझाकोट होमस्टे पुगेर मगर जातिको संस्कृति र परम्परा सजिलै बुझ्न सकिन्छ। किनकी त्यहाँ पाहुनालाई गर्ने स्वागत र सत्कारले नै मगर जातिको संस्कृतिको पहिचान गराउदछ। 

          थाम डाँडाबाट देखिने दृश्य अति रमणीय छ कि दिनभरी त्यहि डाँडामा बसी रहन मन लाग्छ। एउटा छुट्टै अनुभव र रमाईलोपनको महसुस हुन्छ। त्यति जाडो पनि नहुने,बिहानीको घामको न्यानोपनको संगै ३६० डिग्री एकै ठाउँबाट हेर्न मिल्ने। स्थानीयहरुले थाम डाँडाको उकालो लाग्दै गर्दा गाउँको बारेमा जानकारी दिने गर्दछन। तपाई एकदुई दिन बसेर स्थानीयसंग हाईकिङ्ग जान सक्नु हुन्छ। हाईकिङ्ग जाँदा बझाकोटको वरपर रहेको मदिर,अन्य गाउँ र त्यहाँको रहन सहन बुझ सक्नु हुनेछ। 

          शहरी जीवनको तनाव मेटाउन र मगर संस्कृति बुझ्न बझाकोट होमस्टे एउटा उपयुक्त गन्तब्य हुन सक्दछ। त्यसैले तपाईको एकदिनको गाउँको बसाईले गाउँले जीवनमा आर्थिक र सामाजिक परिवर्तन गर्न धेरै सहयोग  पुग्दछ। त्यसको साथ साथै अहिले हाम्रा आधुनिक भौतिक सुख सुविधामा हुर्किएका छोराछोरीहरुलाई एकदिन भए पनि शहरको वातावरणबाट केही समय नेपाली समाज अनि संस्कृति बुझ्न बुझाउन यस्ता सामुदायिक होमस्टेहरुको भ्रमण गराउन अति जरुरी रहेको छ। 

          बझाकोट होमस्टे जान गल्याङ्ग र वालिङ्ग बजारबाट जीप जाने गर्दछ। आफ्नै साधन भए दुवै स्थानबाट आधा घन्टामा पुग्न सकिन्छ। बझाकोट एउटा सामुदायिक होमस्टे रहेको हुदा पाहुना बनि जानु अघि खबर गरेर जानु पर्दछ। त्यहाँ पाहुनाहरुलाई गर्ने सेवा,सत्कार र घुमाईले एउटा छुट्टै आनन्द र उर्जा प्राप्त हुन्छ। त्यसैले यदि तपाईले आफ्नो समयलाई सदुप्रयोग गर्दै आफ्नो विदाको समय सही उपयोग गर्ने हो भने पहिला नेपाल घुम्नु होस्,नेपाललाई नजिकबाट बुझ्नुहोस्,नेपाली समाज भित्र रहेका बहुजातीय,बहुधार्मिक,बहुसांस्कृतिक र बहुभाषीय परम्परा,चलन,संस्कार,रितिहरुलाई नजिकबाट निहाल्नु होस्। अनि मात्र हामीले नेपाल र नेपाली हुनुमा गर्व गर्न सक्छौ। 


Post a Comment

Previous Post Next Post