हिजोआज सामाजिक संजाल नचलाउने शायद नै कोही छैनन् होला। संसारका धेरै मानिसहरु दैनिक ४ देखि ५ घण्टा भन्दा बढी आफ्नो अमुल्य समय सामाजिक संजालमा केही न केही हेरेर या आफ्ना बारेमा अपडेट गरेर व्यतित गरिरहेका छन्। कतिले यसलाई आम्दानीको श्रोत बनाएका छन् भने धेरै उनीहरुका आम्दानीका श्रोत बनेका छन्। तर जे होस् यहाँ भन्न खोजिएको के भने हामी सामाजिक संजालमा अल्झिरह्दा हाम्रो समय र अस्तित्व कति रहेको छ होला,के हामीले त्यसको लेखाजोखा गरेका छौ त ? पक्कै पनि गरेका छैनौ किनकी धेरैले आफ्नो मनोरञ्जनको साथै समय बिताउने भनेर प्रयोग गरिरहेका छन्
सामाजिक संजाल प्रयोगले हामीलाई के फाइदा दिएको छ र त्यसमा प्रशारण भएका बिभिन्न प्रकारका सन्देश र सामग्रीहरु हामीले सकारात्मक रुपले लिएका छौ कि नकारात्मक रुपले ? सकेसम्म सकारात्मक रुपले लिने चेष्टा हामी सबैले गरेका हुन्छौ। तर सामाजिक संजालमा हेरे जस्तो हुदैन जिन्दगी। हो एकपटक सोच्नुहोस त तपाईले ? तपाई कति आफ्नो अमुल्य समय सामाजिक संजालमा व्यतित गर्नु हुन्छ र त्यसबाट कतिको तपाईले मनोरञ्जन या अन्य ज्ञान प्राप्त गर्न सक्नु भयो ? पक्कै पनि तपाईलाई धेरै मनोरञ्जन र ज्ञान प्राप्त गरेको महसुस अवश्य भएको होला। त्यसो हो भने एकपटक हामीले सामाजिक संजालमा खर्चेको समयले हामीलाई के दिएको छ,एउटा उदाहरणबाट बुझ्ने प्रयास गरौ है।
तपाईले कुनै पनि सामाजिक संजाल प्रयोग गर्नु हुन्छ,त्यसमा केहि न केही आफ्ना स्टाटस,फोटो या भिडिओ अपलोड गर्नु हुन्छ । त्यस बाहेक अरु केही गर्नु भयो भने एकअर्कासंग वार्तालाप गर्नु हुन्छ। यस बाहेक तपाईले गर्ने भनेको अरुको स्टाटस पढ्ने,अरुको फोटो हेर्ने र अरुकै भिडिओ हेर्ने,होइन त ? यो त भयो तपाईले दिनहुँ गर्ने एउटा जिन्दगीको तालिका। यस्तै कार्य अन्यले पनि गरिरहेका हुन्छन। अहिले संसारमा दैनिक सामाजिक संजालमा प्रवेश गर्नेहरुको दिनचर्या नै यहि बनेको छ। तर धेरैले आफ्नो उर्जाशील समय गुमाएका छन् भन्दा उपयुक्त होला। यो भनिरहदा पक्कै पनि तपाई सामाजिक संजाल प्रयोगकर्ता हुनुहुन्छ भने वाइहात कुरा लाग्न सक्छ।
ल मान्नुस अरबौको भिड भएको यो संसारमा तपाइको स्टाटस,फोटो र भिडिओले कतिलाई असर र फाइदा पुर्याएको छ ? असर पुर्याएकै भए लाख,हजार या सय ? तर हरेक स्टाटस,फोटो र भिडिओमा पक्कै पनि नहोला। तर तपाईको स्टाटस,फोटो र भिडियोमा हरेक दिन सामाजिक संजालमा एमोजी (like,love,care,lough,wow,sad and angry ) मात्र प्रयोग गरेर तपाईलाई अल्झाई राख्ने धेरै मात्रामा तपाईका मित्रहरू छन। एउटा "लाईक" या "कमेन्ट" का लागि तपाईं हामीले पटक पटक आफ्नो स्मार्ट फोन खोली रहन्छौ। त्यही लाईक र कमेन्टका लागी हामी सामाजिक संजाल प्रयोगकर्ता कति मस्त छौ कि सारा आफ्नो काम छाडेर फोटो,भिडिओ खिच्न न रात भनेका छौ,न दिन नै। न छोरा भनेका छौ न छोरी। न सासु,न ससुरा,न भिड,न बजार !
यदि हामीले त्यही हाम्रो अमुल्य समय हामी सामाजिक संजाल प्रयोगकर्ताले आफ्नो अस्तित्व निर्माण गर्नमा खर्च गर्न सके,पक्कै पनि तपाईलाई सामाजिक संजालमा आउने एउटा लाईक भन्दा बढी महत्व यो संसारको भिडले गर्ने थियो। तपाई हाम्रो अस्तित्व छैन भने तपाईले जस्तो सुकै राम्रो स्टाटस,फोटो,भिडिओ अपलोड गर्नु होस्। बस तपाईलाई लाईक मात्र हो दिने,किनकी मानिसले तपाईलाई धेरै महत्व दिएको हुदैन। यदि तपाईलाई महत्व दिएको भए पक्कै पनि केहि हरप लेख्ने थिए। यही सामाजिक संजालबाट हामीलाई संसारले कसरी बुझेको छ र बुझिरहेका छन भन्ने बारे निक्योल गर्न सक्छौ। हुन त तपाईं भन्नू होला सामाजिक संजालमा लाईक र कमेन्ट नै प्राप्त गर्ने।
सामाजिक संजालमा तपाईको स्टाटस,फोटो र भिडिओमा गरिने कमेन्टले तपाई हामीलाई स्पष्ट पारी दिन्छ कि समाजमा तपाई हाम्रो उचाई कति छ भनेर। त्यसैले हाम्रो समय अति अमुल्य छ,त्यो अमुल्य समयलाई यसरी खेर फाल्नु भन्दा आफ्नो अस्तित्व निर्माण गर्न लाग्नु नै अति उत्तम हुनेछ। भनिन्छ नि बगेको खोला र समय कहिल्यै फर्किदैन। हो जसरी बगेको खोलालाई बग्न नदिएर बिजुली निकालिन्छ, त्यसैगरी हाम्रो अमुल्य समय खेर फाल्नु अघि सही सदुप्रयोग गरौ। तपाइको आफ्नो लक्ष्य प्राप्तका लागी आफ्नो समय खर्च गर्न सधै सचेत हुनु पर्दछ।
आफ्नो लक्ष्य प्राप्तिका लागी हरेक सेकेन्ड,मिनट र घन्टाको अति आवस्यकता हुन्छ। जसरी नदीमा बगी रहेको हरेक बुँद पानी बिजुली उत्पादन गर्न आवस्यकता हुन्छ। तपाई हामीले आफ्नो मूल्य बढाउन जति मेहनत जिन्दगीमा गर्छौ,त्यसका लागी समयको अति महत्वपूर्ण भूमिका रहन्छ। त्यसैले तपाईले सामाजिक संजालमा कस्तो फोटो,भिडिओ या भनाई अपलोड गर्नु भयो त्यसको बस एउटा लाईक र सामान्य कमेन्टका लागी मात्र हुन्छ। तर त्यो स्थायी हुदैन। यदि तपाई हामीले आफ्नो समयको महत्त्वलाई बुझेर आफ्नो अस्तित्व निर्माणमा खर्च गर्न सकौ भने हामी यो संसारमा अमर हुन् सक्छौ। हामीलाई हाम्रो असल कार्यले अमर बनाई दिन सक्छ।
सामाजिक संजालमा लाईक मात्र गर्नेहरु फुलको गुच्छा लिएर तपाईको घर आगनमा आई पुग्ने छन्। विना अस्तित्व कसैको पनि यहाँ सम्मान छैन,तसर्थ घन्टौ सामाजिक संजालमा खेर गई रहेको हाम्रो समयलाई आफ्नो लक्ष्य प्राप्तिका लागी आज देखि उपयोग गर्न किन ढिला गर्ने ? त्यसैले समय बलवान छ,समयको बललाई समयमा चिन्ने हो कि ? यदि यो संसारमा समयको एक सेकेन्ड मात्र रोकियो भने त्यसको परिणाम के हुन्छ भन्ने हेक्का मात्र हामीले राखौ भने समयसंगै हामी पनि अवस्य बलवान हुने छौ।
तपाई हामीले आफ्नो अस्तित्वका लागी आफुले रुचि अनुसारको विषयमा आफ्नो समय धेरै दियौ भने एउटा असल परिणाम निस्कन्छ। जस्तै लेखन कार्यमा निरन्तर कलम चलाई रहौ भने एउटा सफल लेखक बन्न सक्छौ। कुनै व्यवसाय गर्नु भएको छ भने आफ्नो व्यवसायलाई आधुनिकतामा कसरी परिवर्तन गर्न सकिन्छ भन्ने बारे सिकौ भने व्यवसायले सफलता हासिल गर्न सक्छ। यदि विधार्थीहरूले आफ्नो लक्ष्य अनुसार अग्रसरता देखाए प्रगति समयमा गर्न सक्छ।एउटा गृहणीले फुर्सदका केही समय रचनात्मक कुराहरु सिक्न आफुलाई व्यस्त राखे,आफ्नो पहिचान बनाउन सक्छिन।सबैको आ-आफ्नै लक्ष्य र उदेश्य हुन्छ। ती लक्ष्य र उदेश्य पक्कै पनि धेरैको सामाजिक संजालले पूरा गर्न सक्दैन।हो केहीको पूरा गरेका होला,तर पनि दिर्घकालिन सफलता मिलेको छैन।
समय कसैको पनि थपिने होईन,तर समयलाई पहिचान गर्न सकौ भने सुन्दर र सफल जिन्दगी बनाउन सक्छौ।समय हरपल बितिरहने चिज हो,यो हामी सबैलाई थाहा नै छ। अझ जिन्दगीको उमेरसंग दाजेर हेर्ने हो भने समयको मजा र उपयोग हामीले आफ्नो जिन्दगीमा त्यसै खेर फाली रहेका पाउछौ। तसर्थ हिजोआज बढी समय खर्चिने भनेको सबैले समाजिक संजालमा नै हो।
सामाजिक संजाल निमार्णकर्ताले हाम्रो हर सेकेन्डबाट आम्दानी गरिरहेको हुन्छ। तर हामीले मनोरञ्जन र समय बिताउने अनि रमाईलोको लागि भनेर धेरै उर्जाशिल समय व्यतित गरिरहेका छौ। हामी आफैले हाम्रो एकदिनको २४ घण्टालाई नियालेर हेरौ त,हामीले बिहान उठेदेखिको राती सुत्ने बेलासम्मको लेखाजोखा मात्र गरे स्पष्ट हुन्छ कि हामीले हाम्रो समय हाम्रो उज्ज्वल भविष्यका लागी कति खर्चेका छौ भनेर।
हामीले देश जोड्ने विषयवस्तु चाख मानेर हेर्छौ तर देश जोड्ने कुुरा गरिरहेका हुदैनौ।स्वास्थ्य सम्बन्धि अन्यको भिडियो हेेर्छौ। तर आफ्नै स्वास्थ्यका लागि १५ मिनट छुट्टाउदैनौ। प्राय: भड्किलो र चट्किलो रूचाउछौ तर हामी चट्किलो कार्य गरेर सफलता हासिल गर्न समय दि रहेका हुदैनौ। त्यसैले तपाईहामीले सामाजिक संजालमा खर्चि रहेको समयलाई आज देखि नै रचनात्मक र उदेश्य प्राप्तीका लागि खर्च गर्ने कि ?
तपाईले कसरी आफ्नो समय खर्च गरिरहनु भएको छ र सामाजिक संजालबाट के फाईदा प्राप्त गर्नु भएको छ कमेन्ट गर्नु होला।जसले अरूलाई पनि केही आफ्नो अमूल्य समय रचनात्मक कार्यमा खर्च गर्न सहयोग पुग्ने छ ।धन्यवाद।


Post a Comment