" हाम्रो यात्रा "

" Hamro Yatra "
नदीको पानी झैँ हाम्रो जीवनको यात्रा पनि निरन्तर बगिरहेको छ ।


                             

                   भगवान स्वर्गमा आफ्नो सिंहासनमा बस्दा बस्दा दिक्क भएछन। आफ्नो मन बहलाउन उनले गधा बनाएछन र त्यसलाई ८० वर्षको जीवन दिएछन। गधाले भनेछ,"भगवान ! मलाई दया गर्नुहोस,कृपया मेरो जीवनबाट ३० वर्ष घटाएर मलाई मात्र ५० वर्षको जीवन दिनुहोस। " भगवानले गधालाई "तथास्तु" भनेछन। केहीबेर पछि उनले कुकुर बनाएर उसलाई ६० वर्षको जीवन दिएछन। कुकुरले प्रार्थना गर्दै भनेछ,"भगवान ! कृपया मलाई केवल ४० वर्षको जीवन दिनुहोस। बाँकी २० वर्ष घटाई दिनुहोस। भगवानले "तथास्तु " भने। यसरी नै भगवानले बाँदर बनाएर र बाँदरलाई ६० वर्षको जीवन दिए। 

                  बाँदर रुन थाल्यो, "भगवान ! मलाई दया गर्नुहोस। मलाई मात्र ४० वर्षको जीवन भए पुग्छ,बाँकी २० वर्ष घटाई दिनुहोस। " बाँदरले भने झैँ उसले ४० वर्षको जीवन पायो। 



                   अन्त्यमा भगवानले मानिस बबनाए र मानिसलाई २० वर्षको उमेर दिए। मानिस यो कुरामा ज्यादै  दु:खित भयो। उसले बाँदर,कुकुर र गधाको त मेरो भन्दा बढी उमेर छ भन्ने सोच्यो। उसले भगवानसँग हात जोडेर प्रार्थना गर्दै गधाको ३० वर्ष,कुकुर तथा बाँदरको २०/२० वर्ष मलाई दिनुहोस,जुन उनीहरुले लिन अस्विकार गरेका थिए भन्यो। भगवानले मानिसलाई "तथास्तु" भनेर उसलाई पृथ्वीमा पठाई दिए। 

                   त्यसकारण मनुष्य शुरुमा २० वर्षसम्म मानवीय गुणहरुका साथ बाँच्दछ ,त्यसपछि ३० वर्ष गधाको जस्तै दिलोज्यान दिएर परिश्रम गर्दै बाँच्दछ। त्यसपछिका २० वर्ष कुकुर झैँ आफुले कमाएको सम्पतिको रेखदेख गर्दछ। अन्त्यमा २० वर्ष उसले बाँदरको जस्तै बिताउछ। कहिले ऊ छोरासँग त कहिले छोरीसँग गएर बस्छ। 

                 त्यसले हामी मानिसको रुपमै बाचौ। आखिर मानिसको जीवन हो,कुनै लुगाकपडा भने होइन। 

                            कथा साभार - "धनि बन्ने वैगानिक सुत्र" पुस्तक बाट 

                       

Post a Comment

Previous Post Next Post