संसार आफ्नो गतिमा अघि बढी रहदा,धर्तीमा रहेका हरेक वस्तु संसारको गतिसंग अघि बढ्ने चेष्टा गरि रहेको हुन्छ, तर पनि त्यो गतिको चक्र संगसंगै घुम्न नसक्दा धर्तीमा धेरै वस्तुहरु विलिन हुन् पुग्छ .धर्तीमा रहेका थुप्रै प्राणी हरुमा मानिसहरुलाई उत्कृष्ट मानिन्छ . धर्तीमा अरुको चहलपहल संगै मानिसको चहलपहलले गर्दा नै धेरै परिवर्तन हुदै गएको हामीले महशुस गर्न सक्छौ .मानिस नै हो जहिले पनि परिवर्तन खोज्ने र चाहाने .तर उसले चाहेको परिवर्तन अहिले सम्म प्राप्त गर्न सकेको छैन .एक पछि आर्को परिवर्तनको चाहनाले आविष्कारको संगै विनाश पनि मानिसले प्राप्त गरि रहेको छ .तर पनि उ निरन्तर परिवर्तनको खोजीमा तल्ल्लिन छ.आज मानिसले ठुल- ठुला आविष्कार गरे भनेता पनि उसले संसारलाई जन्म र मृत्युको फासला बीच सबैलाइ अल्झाई रहेको छ . हो उसले संसारमा भएका प्राणीहरुको जन्म एउटा शानदार तरिकाले गर्न केहि हद सम्म सफल भएको छ तर पुर्णरुपले सफल भने होइन .यदि पूर्णरुपले सफल हुदो हो त कुनै पनि प्राणी जन्मनु अघि या जन्मिदै गर्दा मृत्यु हुने थिएन .भन्न त मानिसले संसारलाई जिती सकेको दाबी गर्दछ .तर आजसम्म मानिसले आफुलाई नै मृत्यु भन्दा पर उभ्याउन सकेको छैन .
अहिले करिब एक वर्ष भो संसार भर कोभिड -19 (कोरोना भाइरस) ले मानव जीवनमा निक्कै असर पारिरहेको छ .हुन त यस्ता खालका विभिन्न भाइरसहरुले बिगतमा पनि असर नपारेको भने होइन.तर जति नै क्षति भएता पनि मानव जितको लागि लडिरहेको छ .मानवले हार नमान्नु नै पटक पटक क्षति ब्योहर्नु हो .
नेपालमा अहिले दोश्रो चरणको कोरोना भाइरसको बिगबिगीले धेरै जिल्लामा सामाजिक स्तरमा फैलिएको हुदा सरकार र चिकित्सकहरुले यसको रोकथाम र नागरिकको स्वास्थ्यलाइ पूर्णरुपले उपचार दिन सकेको छैन .जसको कारण सरकारले फेरी पनि धेरै जिल्लामा निषेधाज्ञा लागु गरेको छ .तर पनि संक्रमितहरु अत्यधिक बढेकाले अस्पतालले धान्न नसक्ने अवस्थामा पुगेको छ .जसको कारण अस्पतालमा बेड मात्र होइन अक्शिजनको कमि भएको विभिन्न समाचार,स्थानिय अस्पताल र सरकारले जानकारी दि रहेको छ .
यस्तो भयाभव अवस्थामा सरकारको पहल या प्रयाश नगन्ने देखिन्छ .तिनै तहको सरकार आफ्नो कुर्सि बचाउने खेल र कमाउने धन्धामा व्यस्त भएको उनका गतिबिधि र निर्णयहरुले प्रष्ट भएको छ .यिनलाई नागरिकको चिन्ता भएको भए स्वास्थ्य उपचारमा समय र राज्यको ढुकुटी खर्चिने थिए .जनताबाट कर असुली गरि आफ्नो सुविधा र उपचारमा करोडौ खर्च गर्ने बाहेक नौलो काम गर्न केही जानेनन .आज कोरोना भाइरसबाट संक्रमित बिरामीहरु उपचारको लागि अस्पताल अस्पताल दौडी रहेका छन् .तर उपचार त के अस्पतालमा भर्ना हुन् सम्म पाएका छैनन् .उपचार नपाएर छत्पत्तिएर प्राण अस्पतालको प्रागणमा त्यागिरहेको दृश्य अति दर्दनाक छ .आज उपचारका लागि सामान्य नागरिक बिना सिफारिस अस्पतालमा भर्ना हुन् गार्हो देखिन्छ,कारण अक्शिजन र बेड कमि .तर सरकारले भने तत्काल यस तर्फ कुनै पहल गरेको देखिदैन .हिजो तैयार गरेका कोरोना अस्पतालहरु पुन संचालन गर्न सकेका छैनन् .
राज्यको पहिलो दायित्य भनेकै नागरिकको स्वास्थ्य र शिक्षा नै हो .तर हाल सम्म सत्ता संचालन गर्न पुगेका दल र नेताहरुले यसका नाम करोडौ भ्रष्टाचार गरे तर स्वास्थ्य र शिक्षामा कुनै उल्खेनिय कार्य गरेनन .अहिले कोरोना भाइरसबाट संक्रमितहरुको संख्या दिनहुँ बढी रहेको हुदा सारा अन्य काम छाडेर जनताको स्वास्थ्य प्रति ध्यान जान अति जरुरि छ . सरकारले चाहे जे पनि गर्न सक्छ तर सरकार लकडाउन र निषेधाज्ञा बाहेकको विकल्पमा जान तैयार देखिदैन .हिजोको अवस्थामा भएका त्रुटीबाट सच्चिएर जनताको स्वास्थ्य प्रति सचेत हुन् सके धेरै नागरिकको ज्यान बचाउन सकिन्छ.यहाँ त आफुलाई नपर्दा सम्म केहि नसम्झिने बुझाईले गर्दा नै यस्तो भयाभव अवस्था सामान्य जनताले भोगी रहनु परेको छ .
कतिपय कुराहरु जनताले पनि आफु सचेत भएर आफ्नो स्वास्थ्य प्रतिको चिन्ता गर्नु जरुरि हुन्छ .सामान्य तिन कुराको ध्यान राख्दा मात्र पनि यस्तो अवस्थामा धेरैको ज्यान जोगिन सक्ने स्वस्थाय्कर्मी र सरकारले सचेत गराई रहेका छन .ति तिन कुरा - पहिलो मास्क,दोस्रो सामाजिक दुरी र तेस्रो साबुन पानी हात धुने या सेनिटाईजर प्रयोग गर्ने .त्यसको साथ साथै हल्का व्यायाम,सादा खाना,पिर नगर्ने र साथै हल्लाको पछि नलाग्ने .सामान्य उपचार गरनु परे पनि चिकित्सकको सल्लाह लिने .सरकारले केहि गरेन भन्दैमा नागरिक पनि आफ्नो स्वास्थ्य प्रति सधै सचेत हुनु जरुरि छ . एक अर्कालाई यस्तो घडीमा जति सकिन्छ सहयोग गरौ . आफु बाचौ र अरुलाई पनि बचाऊ .



Post a Comment