जब संसारलाई कोरोनाले आफ्नो चपेटा लिन शुरू गर्यो,तब संसारका धेरै देशका सरकार र जनता बेसरी आत्तिन थाले । सरकारले जानी नजानी विभिन्न प्रकारका निर्णय गर्दै गए । ती सबै निर्णयहरु सरकारले आफ्ना जनताका लागि नै गरेका थिए । तर ती निर्णयहरूले कति काम गर्यो गरेन पुन: सिंहवलोकन कसैले गरेको देखिदैन । विशेष गरेर नेपाल सरकारले गरेका निर्णयहरुले नेपाली जनतालाई सहज होला भन्दा असहज र अन्योल सिर्जना गरेको देखिन्छ।
शुरुका दिनहरुमा नेपाल सरकारले देशभर लागु गरेको लकडाउनको पालना नेपाली जनताले गरेकै हुन्। तर लगातार ६ महिनाको लकडाउनमा जनताहरु घरभित्र बसी दैनिकी चल्न नसक्ने अवस्था भए पछि सरकारले लागु गरेको लकडाउनको विरुद्ध आवाज उठाउन शुरु गरे,कतिपय ठाउँमा त लकडाउनको अवज्ञा नै गरे। सरकार जनताबाट निर्वाचित र जनता कै लागि हो। तर नेपाल सरकार भने जनताको सेवा गर्न नभई शासन गर्न मात्र निर्वाचित भएको नेपाली जनतालाई यो लकडाउनको अवधिमा महशुस हुन् थालेको छ।
सरकारले मौलिक हक अनुसार नेपाली जनताको स्वास्थयको रक्षा गर्नु पर्नेमा जनताको स्वास्थ्य प्रति नै खेलवाड गरिरहेको सरकारी निर्णयबाट प्रष्ट हुन्छ। कोविध -१९ को महामारी घोषणा गरि लकडाउन,शर्टडाउन अनि निशेधाज्ञा पटक पटक लागु गरि अरबौ रकम खर्च गर्ने सरकारले जनताको स्वास्थ्य रक्षा गर्ने भनिएता पनि नीतिगत भ्रस्टाचार गरि मिलिमतोमा आर्थिक भ्रस्टाचार गरेको विभिन्न संचार माध्यममा प्रशारण भैरहदा पनि सरकारमा बस्नेहरुलाई जनताप्रतिको कुनै जवाबदेहिता र हिनताबोध देखिदैन।
सरकारले जसरि पनि जनताको रक्षा गर्नु उसको प्रमुख दायित्व हुन्छ। नेपालमा भने सरकारमा बसेर जे निर्णय गरे पनि भएको छ। चुनावको बेला जनताको घरदैलोमा पुगी स्वर्ग नै बनाई दिन्छु भन्दै झुठा अस्वाशन दिने गर्दछन। तर कुर्सीमा विराजमान भएपछी भने जनतालाई गुलाम झैँ व्यवहार गर्छन। अहिले बहुमतको सरकार छ,हिजोका दिनहरुमा बहुमतको सरकार नहुदा देशमा अशान्ति र प्रगति नभएको महसुश गरेका जनताले यिनलाई बहुमतका साथ बिजयी गराई सत्तामा पुर्याए। तर बहुमतको सरकारले पनि त मुलुकलाई प्रगति र विकास गराउन नसक्ने रहेछ भन्ने अब नेपाली जनताहरुले बुझ्दै गएका छन्।
सरकार बहुमतको मात्र होइन,सरकार संचालन गर्ने नेतृत्व पनि ठिक हुनु पर्दछ भन्ने अहिलेको सरकारले प्रष्ट पारेको छ। बहुमतले निर्णय गरे पनि कार्वान्यन गर्ने पाटो त नेतृत्व कै हुन्छ या नेतृत्वले गर्छु भनेर मात्र नहुदो रहेछ। जस्तै प्रधानमंत्रीले भ्रस्टाचार हुन् दिदैन भनि घोषणा गरे पनि बहुमतले उक्त घोषणालाइ आत्मसात नगरे त्यो भाषणमा मात्र सिमित हुने रहेछ भन्ने उदाहरण त् अहिलेको सरकारले देखाई दिएको छ।
सरकारले नै घोषणा गरेको महामारीमा जनतालाई कुनै व्यवस्था र सुरक्षा गर्न नसके पछि आफुले नै गरेको निर्णय लाज नमानी फिर्ता गर्दै छ। सरकारको नियत के देखियो भने जनता भन्दा पैसा मोह बढी देखिन्छ। अहिले सम्म जनताको लागि भनि गरेको निर्णयहरु वास्तवमा सरकारमा बस्नेहरुले जनतालाई भ्रममा परि आफ्नो कमाइ खाने बाटो खोलेका रहेछन।
संविधानको मर्म अनुसार कार्य गर्न नसक्ने सरकार र नेतृत्वलाइ असफल मानिन्छ। तर पनि यिनका लागि जनता केहि होइनन जस्तो गरि यस्तो महामारीमा जनता त्राश र भय अनि उपचार नपाउदा पनि कुनै मतलब नराखी आफु भित्र पनि सत्ता र कुर्सीको लडाई लडी रहेका छन्। यस्ता नेतृत्व र सरकारलाइ असफल नै मान्नु पर्दछ। यिनलाइ यति पनि हेक्का या शर्म छैन कि जनतालाई केहि गर्न नसक्नु असफल हुनु हो साथै त्यो कुर्सीबाट हट्नु पर्छ भन्ने। यिनलाई त हिजोका दिनहरुमा आफुलाई सर्वसत्तावाद ठान्नेहरु जसरि नेपाली जनताले ठेगान लगाई दिएका थिए। अब त्यो गर्नु अति जरुरि भै सकेको छ। नेपाली जनतालाई पटक पटक आफ्नो स्वार्थका लागि अगि सारेर आफ्नो स्वार्थ पूर्ति गर्ने यस्ता जनता मारा धोकेवाजहरुलाई बेलैमा नेपाली जनताले चिन्नु पर्दछ। फेरी पनि सिमित स्वार्थका लागि नेपाली जनताले आफ्नो ईमान बेच्न थाले भने यहि दलाल र भ्रस्टाचारीहरुले बारम्बार शासन गर्ने छन् र गरिरहने छन्। अब त आफ्नो सम्मानको लागि एकजुट हौ र जागौ। जनतामारा दलाल र भ्रस्ताचारिहरुलाई बेलैमा व्यवस्थापन गरि मुलुकलाई प्रगतिको बाटोमा उन्मुख गराऊ।

Post a Comment