कहिलेकाहीं हामी आफ्नो परिवार,नोकरी,समाज,व्यवसाय,पैसा र अन्य धेरै कुराहरुमा अल्झिरहेको हुन्छौ। हामीलाई थाहा हुदैन कि हामीले आफना जीवनका अमुल्य समयहरु यस्ता विभिन्न कार्यमा खर्च गरिरहदा हामीले एउटा महत्वपुर्ण कुरा बिर्सी रहेका हुन्छौ,त्यो हो आफु या आफैलाई !
तपाई सोच्नुहोस यदि तपाईसंग सबै थोक छ तर तपाइभित्र आत्मसन्तुष्टि छैन भने आफुसंग भएका सारा महंगा महंगा भौतिक सामानको के महत्व हुन्छ र ? साथै तपाईले जीवनमा अरुलाई खुशी राख्न सबैथोक गर्नु भयो ,तर तपाई आफै खुशी हुन सक्नु हुन्न भने जीवनभर अरुलाई खुशी राख्न गरेका महान कार्यहरुको के महत्व हुन्छ र ?आफ्नो स्वास्थ्य प्रति ध्यान नदिई अरुको स्वास्थ्यको लागि मरि मिटने तपाई आखिरमा तपाईको स्वास्थ्यको के महत्व हुन्छ ?
के तपाईले आफ्नो जीवनमा आफ्नो लागी लगानी गर्नु भएको छ ? के तपाइले आफ्नो मनले भनेको सुन्नु भएको छ ? पक्कै पनि सुन्नु भएको छैन होला,किनकी तपाईले जीवनभर पैसा,परिवार,साथीभाई,समाज,नोकरी,व्यवसाय भन्दैमा धेरै महत्वपुर्ण समयहरु त्यतातिर व्यतित गर्नु भयो। यदि तपाईले आफ्नो लागी थोरै थोरै पनि आफ्नो स्वास्थ्य,अध्ययन,खुशी,हाँसो र यात्राका लागि समय छुट्टाउनु भएको छ भने पक्कै पनि एकान्तमा बसेर सोची ल्याउदा आनन्द महसुस गर्नु हुन्छ।
यस्तो कुरा गरिरहदा व्यक्तिगत स्वार्थले भरिएको कुरा जस्तो लाग्ला तर वास्तवमा सत्य यहीं हो। तपाई मान्नु या नमान्नु होस। यदि मान्नु हुन् भने एकपटक केहींबेर एकान्तमा शान्त भएर आफ्ना मनका कुराहरु सुन्नुहोस,आफैसंग कुरा गर्नुहोस र आजसम्म आफुले गरेका कुराहरुको आफै सिंहवालोकन गर्नु होस्। के ति सबै कुराले तपाईलाई आत्मा सन्तुष्टि प्राप्त गर्ने अवसर दियो त् ? के तपाईले गर्नु भएको र गरी रहेको कार्यले तपाईलाई कति खुशी बनायो ? ति मध्ये कति कार्य र कुरा तपाईले आफ्नो लागी मात्र प्रयोग गर्नु भयो। पक्कै पनि तपाईले आफ्नो लागी शुन्य प्राप्त गर्नु भयो होला।
जब हामी सत्यको नजिक आफुलाई पाउछौ ,तब हामी र हाम्रो अस्तित्व शुन्य देखिन्छ। त्यसैले जति समय तपाईसंग उपलब्ध हुन्छ त्यसमध्ये केहीं समय आफ्नो लागि मात्र प्रयोग गर्नु होस्।अभ्यस्त हुदै गएपछि बल्ल जीवनको महत्व कति रहेछ भन्ने कुरा बुझ्दै जानु हुनेछ। होइन भने जीवनको आज तपाइँ कुन घडीमा उभिएको हुनुहुन्छ ,सोचेर ल्याउदा अरुको लागी मात्र आफ्ना समय खर्च भएको पाउनु हुन्छ।
आफ्नो लागी कहिले बाच्नु भयो,आफ्नो लागी कहिले हास्नु भयो,अनि आफ्नो लागी कहिले खुलेर जिउनु भयो। आज सम्म परिवार भन्नु भयो,समाज भन्नु भयो,देश भन्नु भयो,अन्य के के अहिले पनि भन्दै हुनुहुन्छ। हामीलाई यस्तो बानी परि सक्यो कि अरुले हामीलाई महत्व दिदा आफ्नो महत्व बढेको आभास हुन्छ। अरुले तपाईलाई महत्व नदिए तपाइको जीवनमा के परिवर्तन हुन्छ र या भनु के नै तपाईलाई नोक्सानी हुन्छ ?हामी जहिले पनि समाजको अपेक्षा अनुसार जिउन खोज्छौ।
अरुको अपेक्षा अनुसार हामी जिउन खोज्दा नै आफुलाई सधैँ भिडमा उभिएको पाउछौ। जीवनको अन्तसम्म पनि हामी त्यही भिडमा अल्झिरहेको हुन्छौ। त्यसैले भगवान बुद्ध भन्नु हुन्छ - "बाटो आकाशमा होइन आफ्नो हृदयमा हुन्छ। "

Post a Comment