" हाम्रो यात्रा "

" Hamro Yatra "
नदीको पानी झैँ हाम्रो जीवनको यात्रा पनि निरन्तर बगिरहेको छ ।

  मानिसको जिन्दगी आफनै शुर र तालमा अघि बढी रहेको हुन्छ। हरेक मानिसको जिन्दगीमा आफ्नै एकप्रकारको संगीत बजिरहेको हुन्छ। हो अन्यले सुन्दा कहिले राम्रो सुन्छन त कहिले नराम्रो सुनिरहेका हुन्छन। जे होस् मानिसको जिन्दगी न हो,अरुले जे जस्तो सुने पनि निरन्तर अघि बढी रहेको हुन्छ। बढ्ने क्रममा आफुले पनि राम्रो सुन्ने प्रयाश गर्दा गर्दै,कहिले आफ्नो मनले त कहिले अरुको मनले नराम्रो गित सुनाई दिन्छन। तर पनि मानिसहरु जिन्दगीसंगै जिन्दगीको यात्रा तय गर्न हर सम्भव प्रयाशरत रही रहन्छन। 

            मानिसको जीवन नजन्मदै शुरु भएको हुन्छ। तर बाहिरी संसारलाई त्यति थाहा हुदैन। मानिस भने पहिलो दिन देखि नै हुर्किने र जन्मिने चेष्टा गरि रहेको हुन्छ। फेरी मानिसलाई हुर्काउने र जन्माउने पनि मानिस नै हुन्। हुन् त मानिस हुर्किने र जन्मिने एउटा प्राकृतिक संयोग भनिन्छ। यो संयोग यो संसार रहे सम्म रहने पक्का नै छ। 



              नजन्मिदै शुरु भएको मानिसको जिन्दगीको यात्रा,कहाँ गएर,कतिखेर टुंगिन्छ। फेरी त्यही  मानिसलाई थाहा हुदैन। यात्रा टुंगिन्छ,अवश्य टुंगिन्छ तर पनि मानिस आफ्नो यात्रालाई सधै निरन्तरता दिने चेष्टा गरि रहन्छन। मानिसको जिन्दगी प्रयास नै प्रयासको एउटा असफल यात्रा पनि हो। एउटा मानिस जन्मिदा संसारमा पहिलै उपस्थित भएका मानिसहरु खुसि हुन्छन।रमाइलो गर्छन। उसको नाम राखी दिन्छन,नाता जोड्छन। भर्खर जन्मेको मानिसलाई पनि खुशी बनाउने फेरी अर्को चेष्टा गर्छन। 

           उ एउटा परिवारमा जोडिन पुग्छ। उसको नजन्मिदै शुरु भएको जिन्दगीको यात्रा अब एउटा अमुक परिवारसंग नाता जोडेर अगाडीको यात्रा तय गर्ने कोशिस गर्दछ। समयसंगै उसको जिन्दगीको यात्रा धेरै आरोहावरोह पार गर्दै अघि बढी रहन्छ। जति उ अघि बढ्ने र आफ्नो जिन्दागीको यात्रा तय गर्ने प्रयास गर्दछ,त्यति नै उसको यात्रामा विभिन्न प्रकारको तगारो तेर्सि रहेको हुन्छ। उसले ति तगारोहरुलाई संघर्ष सम्झेर पार गर्दै अघि बढी रहन्छ। 

          जिन्दगीमा कहिले उसले आफुलाई सफल सम्झिन्छ त कहिले असफल ! ति सफल असफलको बिचमा उससंग हाँसो जोडिन पुग्छ त कहिले आँशु ! कहिले खुशी त कहिले दुख ! यी सबै उसले कहिले एक्लै त कहिले सामुहिक रुपमा तय गरिरहेको हुन्छ। हो यी अप्ठ्यारा पलहरु पार गर्दा गर्दै उसलाई कसैले  भरपुर साथ दिन्छन भने कहिले एक्लै छोडी दिन्छन। तर पनि मानिस न हो। उसंग सबै भन्दा प्यारो सम्पति भनेकै विवेक छ। जसले उसलाई अघि बढ्ने हिम्मत दिन्छ,सोच्न सक्ने ताकत दिन्छ,राम्रो नराम्रो छुट्टाउने सोच दिन्छ। त्यति हुदा हुदै पनि फेरी मानिस न हो कहिले कहिँ आफै आफैसंग अल्झिन्छ। 

            मानिस जहिले पनि जिन्दगीसंगै जिन्दगीको यात्रा सम्झेर लाखौ कष्ट सहेर पनि कुनै प्रश्नको उत्तर नभए झैँ निरन्तर अघि बढी रहने सफल यात्रा गर्न चाहन्छ। उ कति सफल भयो या भएन उसलाई पनि थाहा हुदैन। तर एउटा समुह सधै सक्रिय रही रहन्छ,अरुको सफल असफलको लेखा-जोखा गर्न तम्तैयार उनीहरुलाई पनि थाहा हुदैन उनीहरु आफै कति सफल,असफल छन् आफ्नो जिन्दगीको यात्रामा ! फेरी पनि मानिसले मानिसको चियोचर्चा गर्न कुनै कमि राख्दैनन्। 

             मानिस कहिले कहीं बेखबर निरन्तर आफ्नो जिन्दगीसंगै जिन्दगीको यात्रामा अघि बढी रहेको हुन्छ। बढी रहदा रहदै उसले आफ्नो यात्रामा थकाई मेट्न कुनै एउटा चौतारीमा बस्नु पर्छ भन्ने होशै नै नगरी अघि बढिरहदा,कुनै शक्ति छ जसले उसको जिन्दगीको यात्रालाई रोकी दिन्छ। जसरी उसले जिन्दगीको यात्रा शुरु गर्दा उसलाई नै थाहा थिएन की उसलाई कसले यो जिन्दगीको यात्रा गर्न लगायो। त्यसरी नै उसको जिन्दगीसंगैको जिन्दगीको यात्रा यो संसारबाट सदाको लागी टुंगिन्छ। बस मानिसको जिन्दगी जिन्दगी मात्र हो। हो त्यही जिन्दगीसंगैको जिन्दगीको यात्रालाई सदाको लागि अमर बनाउन सकिन्छ,जिन्दगीको यात्रा होइन जिन्दगीलाई बुझ्ने चेष्टा मात्र गरे पुग्छ।  

             



Post a Comment

Previous Post Next Post