मैले जीवनमा धेरै नेपाली,हिन्दी,अंग्रेजी र भाषिक चलचित्र हेर्ने अवसर प्राप्त गरे। अझै पनि यस बखत अलि कम तर युट्युब र सिनेमा हलहरुमा विभिन्न फिल्महरु हेरिरहेकै छु। हामि सबै प्राय फिल्मको कथासंग बग्ने र महशुस गर्ने गर्दछौ। मलाई विशेष गरेर चलचित्रको कथा र त्यसमा देखिएका दृश्यहरुमा बढो लगाव हुने गर्दछ। त्यसमा पनि स्वदेशमा खिचिएका गांव ठाउँ। त्यस्तै पछिल्लो पटक निर्माता,निर्देशक मेजन पुनमगर द्वारा निर्देशिक मगर फिल्म "ट्यांच्यालक" हेर्ने मौका भैरहवाको काशी सिने प्लेक्स पाए। चलचित्र हेरे पछि कथा र दृश्य मैले रुचाउने जस्तै रहेछ।
यस भन्दा अघि मैले हेरेका चलचित्रहरुमा नेपाल भित्रका विभिन्न स्थानहरुको छायांकन गरिएको दृश्यहरुले मेरो मनलाई छोए पनि "ट्यांच्यालक" चलचित्रको कथा अनुसार छायांकन गरिएको मानुहँ कोट दृश्यले मलाई अति प्रभावित र उत्साह बनायो। साथै छक्क परे,सधै हिडी रहने सडक मास्तिर यति सुन्दर र हेरिरहुँ जस्तो लागि रहने स्थान रहेछ। मानुहँ कोट सिने पर्दामा हेर्दा जति मनमोहक र रमाइलो थियो त्यतिनै चलचित्रको कथा झनै मार्मिक र मन छुने थियो। कथा अनुसारको पात्रहरु त भेटिन र उनको गुमेको भुमि फर्काउन समय लाग्ला तर मानुहँ कोट पुग्न त समय नलाग्ला नि भनेर धेरै सोच विचार नगरी लागे तनहुँको दमौली बजार।
दमौली बजारको चापाघाट देखि ६ किलोमिटर र समुन्द्र सतहबाट करिब एक हजार दुइ सय मिटरको उचाई मा मानुहँ कोट रहेछ। चापाघाटबाट हामीहरु सवारी साधन या पैदल माथि डाँडा पुग्न सकिन्छ। अहिले सडक बन्दै गरेको हुदा सवारी साधनबाट आधा घन्टा र पैदल सडक भएर जाँदा २ घण्टा र ठाडै उकालो लागे ढेड घन्टा भन्दा कम समयमा पुग्न सकिन्छ। यदि पैदल जादा केहि कठिनाई भए पनि मानुहँ कोट पुगे पछि सारा थकान त्यहाँ बाट देखिन दृश्यले बिर्सन बाध्य बनाउँछ।
हिजोको इतिहास जे रहेता पनि आज मानुहँ अन्तरिक र बहिर्य पर्यटकहरुको लागि राम्रो गन्तब्य हुन् पुगेको छ। वास्तवमा नेपाल भित्र घुम्ने स्थान प्रशस्त छन् तर नेपाल सरकारले यस्ता गन्तब्यहरुको विकास गर्दै आम्दानीको स्रोत बनाउन असफल भएकै हो। त्यहाँका स्थानीयको भनाइ अनुसार वस्तिमा पानीको सुविधा प्रयाप्त मात्रामा नहुनुको कारण नै मानिसहरु गाउँ छोड्न बाध्य भएको जानकारी दिने गर्दछन। पटक पटक निर्वाचित भएका नेताले पनि त्यहाँका जनतालाई झुठो आस्वासन बाहेक अरु केहि गरेनन।
मानुहँ कोटबाट देखिने चारैतिरको बिहानको दृश्य हेर्न अहिले आन्तरिक पर्यटकहरुको घुईचो लाग्ने गर्दछ। तर त्यहाँ हुनु पर्ने पर्यटकहरुको लागि व्यवस्था अहिले पुर्णरुपले विकास भएको छैन। केहि स्थानियहरुले बस्न र खाना खाजाको धेरथोर व्यवस्था गरे पनि त्यो भने प्रयाप्त भने होइन। विशेष गरेर सुरुक्षाको व्यवस्था स्थानीय सरकारले तुरुन्त गर्नु पर्दछ। पानि कै कारण त्यहाँका वस्तीबाट मानिसहरु विस्थापित हुनुपरेको थियो,भने अब त्यो स्थानलाई पर्यटकीय हिसाबले विकास गर्ने हो भने सबै भन्दा पहिला पानि र सुरुक्षाको व्यवस्था सरकारले गरि हाल्नु पर्दछ।
मानुहँकोटबाट देखिन हिमाल र तल फाँटलाइ छोपेको बादलको दृश्यले जो कोहीलाई अनौठो र मनोरम लाग्दछ। अझ बिहान पूर्वबाट भर्खर उडाउदै गरेको सुर्य हेर्दा साँचै नै प्रकृतिको अनुपम उपहार धरतीमा बस्ने मानवजातिको लागि उर्जा नै हो। त्यहांबाट हेर्दा मानौ यस्तो लाग्छ आकाशको बादल विश्राम गर्न धरतीलाइ ओउछ्यान र हिमाललाई सिरानी बनाइ निदाई रहेकी छिन। तब सम्म दमौली बजारको साथै वरपरको स्थान बादलले ढाकेको कारण चिसो र अँध्यारो हुने गर्दछ। तर मानुहँ कोटमा भने बिहानको घाम लागि सकेको हुन्छ,जसको कारण पनि त्यहाँ आउने पर्यटकहरु रमाइलो मान्दै फोटो खिचाउने र रमाइलो गर्ने गर्दछन।
बिहान दमौलीबाट हिड्दा यस्तो सुन्दर र मनोरम दृश्य हेर्न पाइन्छ भन्ने प्राय त्यहाँ आउने पर्यटकहरुले सोचेकै हुदैनन्,तर मानुहँ पुगेर ति रमाइलो दृश्य हेरे पछि मानिसहरु मंत्रमुग्द भएका देख्न पाइन्छन। त्यहाँ बाट देखिने दृश्य शब्दमा वर्णन गर्न निक्कै कठिन हुने गरेको छ। त्यो त आफै भौतिकरुपले सोहि स्थानमा उपस्थित भएर दृश्यावलोकन गर्नु पर्दछ। यस्तो लाग्छ बादल आकाशमा बस्न विर्सेर तल धरती संग लुकामारी खेल्न झरे झैँ। त्यसै गरि माथिबाट झरेको सुर्यको किरण। सन्चै नै कति सुन्दर दृश्य। घन्टौ बसेर ति दृश्य हेरी रहे पनि मन नभरिने। मलाई लाग्छ त्यो सुन्दर दृश्य हेर्न सबै नेपाली एकपटक अवश्य मानुहँ पुग्ने पर्ने स्थान हो। र पुग्नु पनि पर्दछ।
मानुहँ कोटबाट देखिने मनोरम दृश्य वर्षको पुरै महिना देखिदैन। विशेष गरेर जाडोयाममा देखिने ति सुन्दर दृश्य हेर्न मंगसिर,पौष,र माघमा जानु पर्दछ। तर पनि अन्य महिनामा पनि पर्यटकहरुको सुविधाको लागि भौतिक पुर्बधारहरु निर्माण गरे १२ महिना अन्तरिक र बहिर्य पर्यटकहरु आकर्षित हुन् सक्दछन। अब स्थानीय सरकारले कस्तो सोचका साथ विकास गर्दाछ त्यो भने हेर्न बाकि छ। किन कि मानुहँ कोट अब पर्यटकीय स्थलको रुपमा प्रचार भैसकेको छ। तर विकासको नाममा प्रयावारण र स्थानीय सम्पदा अनि स्थानीय वासीलाइ विशेष ध्यान दिनु जरुरि छ। विगत जस्तै स्थानीयको समस्या नबुझी विकास गर्न लाग्यो भने त्यसको कुनै अर्थ रहदैन। त्यसैले बाँच र बाँच्न देउको सिद्धान्तमा अब को समाजको विकास र स्थानीयको प्रगति हुनु पर्दछ।




Post a Comment