संसारभर कोरोना भाईरस (कोभिड-१९) संक्रमित दिन प्रति दिन बढीरहदा जनसमुदायमा त्रास बढ्नु स्वभाविक हो । तर समयमा उपचार र संक्रमित व्यक्तिले आत्मबल राखेमा निको पनि हुन्छ भन्ने उदाहरण हस्पिटलबाट फर्किएकाहरूबाट थाहा पाईरहेका छौ । कोरोना भाईरस(कोभिड-१९) बाट बच्न संसारभरका देशहरूले लागू गरेको लकडाउन अचूक औषधी बनेको छ । कतिपय देशले लकडाउनलाई हेलचेक्राइ गर्दा त्यहाँ मृत्यु हुनेको संख्या पनि बढेको पाईन्छ ।
मानिसले गर्न नसक्ने केही रहेनछ भन्ने अहिले लकडाउनको समयमा स्पष्ट पारेको छ । हामी अहिले घर भित्रै बसेको पनि लगभग एक महिना भईसक्यो । हिजो दिनसम्म समाजमा अति व्यस्त् छु भन्ने नेता,व्यापारी,समाजसेवी,विद्वा न,विधार्थी सबै सबै सरकारले लागू गरेको लकडाउनको पालना गर्दै घरभित्रै औफ्ना परिवारसंग जसोतसो दिन काटिरहेका छन् । तर लकडाउन दिर्घकालिन हल भने पक्कै होईन । यसबारे सरकार चिन्तित हुनु अवश्य पर्दछ । नेपाल सरकार चिन्तित कतैपनि देखिदैन ।
नेपालमा माघबाट देखिएको कोरोना भाईरस (कोभिड-१९) संक्रमित अहिले तीन महिनामा ८७७३ जनाको परिक्षण गर्दा ४२ जनालाई कोरोना भाईरस(कोभिड-१९) बाट संक्रमित देखिएको छ । जसमा ४ जना निको भएर घर फर्किसकेछन् । सरकारले शुरू गरेको लकडाउनलाई नेपाली जनताले पूर्णरूपले पालना गरिरहेका छन् । लकडाउनलाई प्रभावकारी रूपले कार्यानयन गर्न सरकार स्वंय कतैबाट पनि तैयारी देखिदैन ।आखिर सरकारले गरेको लकडाउनको मापदण्ड के बनाएको छ त ? नेपाली जनताले सरकारको घरबाट बाहिर ननिक्लिनु बाहेकको मापदण्ड केही पनि बुझ्न सकेका छैनन ।
अहिले सम्म तीन महिनामा विदेशबाट फर्किने युवाहरूको संख्या पाँच लाख नाघीसक्यो। तिनको सरकारले पूर्णरूपले परिक्षण गर्न सकेको छैन । सरकारले लकडाउनबाटै सबै समस्याको हल हुन्छ भन्नू नादानी बाहेक अरू हुन सक्दैन। कोरोनासंग बच्न स्वास्थ्यकर्मीलाई चाहिने आवश्यक समान र उपकरण पनि पर्याप्त छैन । कोरोना रोकथामको लागि चाहिने आवश्यक समान र उपकरण विदेशबाट खरिद गरि ल्याउने पहिलो प्रक्रियाबाट नै सरकार चुकेको देखिन्छ,चुकेको मात्र कहाँ हो र भ्रष्टाचार भएको खबर मिडियामा आउना साथ ठेकेदारलाई कारवाई गरे जस्तो गरेर सरकार भ्रष्टाचारबाट उम्कन खोजेको छ ।
तत्पश्चात अहिले सम्म देशभर ४२ जना कोरोना भाईरस (कोभिड-१९) बाट संक्रमित भेटीसक्दा सम्म हस्पिटल र स्वास्थ्यकर्मीलाई चाहिने समान र उपकरण सरकारले मगाउन सकेको छैन । सरकार जनता प्रति सम्वेदनशिल छैन भन्ने यस्ता धेरै उदाहरणहरू दिन दिनै सुनेका र देखेका छौ ।
लकडाउनले दैनिक ज्यालादारी गरि खाने श्रमिकहरूको लागि अहिलेका दिनहरू कष्टकर गुज्रिरहेको छ । संघिय सरकारले प्रदेश र स्थानिय सरकारलाई श्रमिक र विपन्नवर्गहरूलाई राहत दिने आदेश जारी गरेता पनि राहत भन्दा पहिला भ्रष्टाचार उपस्थित भएको घटना बाहिर आएको छ । यति खेर सरकार छैन जस्तो पनि जनतालाई कतै कतै भान भईरहेको छ ।सरकारले चाहेमा धेरै थोक गर्न सक्छ,किनकि नेपाली जनता र अन्य राजनैतिक दल कोरोना भाईरस(कोभिड-१९) विरूद्ध सरकारलाई साथ दिने पक्षमा उभिएको छ ।तर सरकार भने मात्र लकडाउनको मंत्र अलापेर बसीरहेको छ । सरकार एकलौटी बहुमतको घमण्डमा दौडिरहेको छ ।संघिय सरकारले दैनिक ज्यालादारी गर्ने श्रमिकहरूलाई भोजन व्यवस्था गर्न आदेश दिएअनुसार, स्थानिय सरकार पनि के कम उसले फेरि जनतासंगै राहतका लागि सहयोग गर्न अपिल गर्दै फुड बैकमा अन्न र नगद बैकमा नगद जमा गर्ने अभियानमा निरन्तर लागीरहेको छ । तर ती जमा भएका नगद र अन्न अहिले भण्डारण बाहेको केही भएको छैन । ति नगद र अन्न प्रयोग भएको भए राजधानी र अन्य सदरमुकामबाट भोक खटाउन नसकेर श्रमिकहरू हिडेरै आफ्नो घरतिर हफ्तै लगाएर फर्किने थियनन । यदि संघिय सरकारको आदेशसंगै कोरोना भाईरस (कोभिड-१९) विरूद्ध लड्ने मापदण्ड भएको भए,ती श्रमिकहरू त्यसरी घर फर्किने अवश्य थिएनन । बिना मापदण्ड लकडाउन वा बन्दाबन्दी भन्दै सरकार पन्छिने बाहेक अरू केही गरेको देखिदैन । फेरि हिजो जस्तो मिलिजुली सरकार भए त, अन्य दलले असहयोग गर्यो भनेर पन्छिने बाटो रहन्थियो । तर अहिले त एकलौटी बहुमतको सरकार त्यो पनि कम्युनिस्टहरूको, जसले जीवनभर संसारका मजदूर या श्रमिक एक हौ भन्ने नारा मूल मंत्र बनाएको छ ।तर त्यही कम्युनिस्ट सरकार आज बहुमतमा हुदा पनि श्रमिकहरू भोकभोकै राजमार्गमा भौतारिरहेका छन् ।
अझ सरकारकै सांसदहरूले सरकारले गरेको लकडाउनलाई चुनौति दिदै आफ्नो संसदिय क्षेत्रका जनतालाई कंलकीबाट बसका बस जिल्ला पठाउदैछन् । के सरकारको बन्दाबन्दी यस्तै हो त ? आखिर त्यहापनि नेतासंगको पहुँच हुने बसमा चढेर आफ्नो जिल्ला फर्किने भए,पहुँच नहुने दिनभरि टटालापुर घाममा भोकभोकै पैदल बालबच्चा लिएर राजमार्गको किनारै किनार दुखेसो पोख्दै फर्किने बाध्यता विभिन्न संचारमाध्यमबाट दिनहु प्रशारण भएरहेको छ । तर पनि प्रधानमंत्रीज्यूले मिडिया त्यहा पहिल्यै कसरी पुग्यो भन्दै प्रश्न गरीरहनु भएको छ ।
अझ डर लाग्दो त्रासै त्रासले भरिएको यात्रा त भारतबाट फर्किने श्रमिकहरूको रहेको छ । नेपाल सरकारले लागू गरेको लकडाउनको सुचना काठमाण्डौबाट दिल्ली नेपाली दूतावासमा नपुग्दै भारतिय सिमाबाट नेपाल आफ्नो घर फर्किन लागेका हजारौ श्रमिकहरूलाई नेपालका सुरक्षाकर्मी र प्रशासनले त्यही सिमामा रोकिदिएर ती श्रमिकहरूले अझ त्रास अनि दुख पाएका छन । स्थानिय सरकारले कोरोना भाईरस (कोभिड-१९) संग लड्न विभिन्न ठाउँमा क्वारेन्टाईन स्थापना गरेतापनि भारतिय सिमाको क्वारेन्टाइनमा सयौको संख्यामा बसीरहेका नेपाली जनतालाई ती सिमा नजीकको नगरपालिका र गापाका क्वारेन्टाइनमा ल्याउन कहीकतैबाट पहल भएको देखिदैन । तिनीहरू ती क्वारेन्टाइनमा तराईको गर्मीमा बिजुलीको कमी र लामखुट्टेको टोकाईबाट दुख पाएका छन् । शुरूमा १५ दिन क्वारेन्टाइनमा राखेर घर फर्काउने सरकारको निर्णय रहेता पनि आज एक महिना हुदा पनि नेपाल ल्याउने पहल देखिदैन । त्यसैले सुदूरपश्चिममा नदिबाट पौडेर नेपाल आउने श्रमिक बारे नेपाल सरकार पक्कै पनि बेखबर छैन होला ।
कोरोना भाईरस(कोभिड-१९) ले संसारभरका देशहरूलाई अचल अवस्थामा पुर्याईदिएको छ । नेपाल सरकारले भने जस्तै बन्दबन्दीले संसार अहिले ठप्प जस्तै भएको छ । उधोग,व्यापार,स्कुल,कलेज,याताया त,पर्यटन,बैंक लगायत सबै सबै लगभग बन्द छ । जसको कारण संसारमा विरोजगार र भोकमरी बढ्ने पक्कापक्की कोरोना भाईरसले गरि दिएको छ । संयुक्त राष्ट्रसंघ (यूएन)को विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) ले कोरोना भाइरस (कोभिड–१९) को कारण विश्वभर भोकमरी फैलिने खतरा रहेको बताएको छ । एक प्रतिवेदनले विश्वभर भोकमरीको सामना गर्नेको संख्या १३ करोड ५० लाखबाट बढेर २५ करोड पुग्न सक्ने देखाइसकेको छ ।
नेपालमा बन्दबन्दीको कारण नेपाली किसानले उत्पादन गरेको तरकारी बारीमै कुहिएर फाक्नु परेको छ । अब धान रोप्ने समय पनि आउदैछ,सामान्य अवस्थामा त खाद्य किसानलाई समयमा उपलब्ध गराउने नसक्ने सरकारले अब भने झन कसरी उपलब्ध गराउन सक्छ ? सरकारले अबका आउने दिनको तैयारी भन्दा पनि दलहरू कसरी फुटाउने अत्यादेश ल्याएर मुलुकलाई संकट माथि संकटतिर धकेल्ने कार्य गरीरहेको छ । संकट त अब बिरोजगार युवाले गर्ने सम्भावना बढेर जादैछ । किनकि अहिले यो संकटमा लगभग पाँच लाख युवा आफ्नो कर्मभूमि छाडेर नेपाल फर्किसकेछन् । साथ साथै कुवेतमा रहेका अबैधानिक कामदारलाई कुवेत सरकारले आफ्नो देश फर्कन मौका दिएको छ। जसमा धेरै नेपाली कामदार पनि रहेको छ । त्यस्तै आफ़गानिस्तानमा कार्यरत नेपालीहरुलाइ पनि संयुक्त राष्ट्र संघले आफ्नो देश फर्कन सुचना जारि गरिसकेको अवस्था छ।
अब सरकार नेपाली जनतालाई आर्थिकमंदीबाट बचाउन हर सम्भव प्रयारत हुनु पर्दछ । होईन भने सरकार मात्र होईन देश नै असफल तिर उन्मुख हुने सम्भावना दिन प्रति दिन बढेर जादैछ । आखिर देश चलाउन त बहुमतले मात्र नहुदो रहेछ,देशलाई सही दिशातिर उन्मुख गराउन सबैलाई साथ लिएर अघि बढ्नु पर्दछ । देश हामी सबै नेपालीको हो,त्यसैले यो संकटको घडीमा सबै नेपाली जहाँ रहेता पनि हामी सबै नेपाली नै हौ। सबै मिली यो संकट र आउने संकटको सामना गरौ ।
ReplyForward
|


Ramro analysis ...
ردحذفThank you topji
ردحذفgr8 "HAMRO YATRA"
ردحذفإرسال تعليق