" हाम्रो यात्रा "

" Hamro Yatra "
नदीको पानी झैँ हाम्रो जीवनको यात्रा पनि निरन्तर बगिरहेको छ ।

                    

       "घर का भेदी लंका ढाए" यो हिन्दीको कहावत ( हितोपदेश अथवा उखान ) को अर्थ हुन्छ -  "एउटा भित्री व्यक्तिले सबैभन्दा बढी क्षति पुर्‍याउँछ" भन्ने हुन्छ। यो उखान रामायणसँग सम्बन्धित छ। जब भगवान राम र रावण बीच युद्ध चलिरहेको थियो,रावणका आफ्नै भाइ विभीषणले रावणको मृत्युको रहस्य भगवान रामलाई बताए। विभीषणको यस कार्यका कारण रावण मारियो र लंका नष्ट भयो। त्यसैले यो उखान सबैलाई सचेत रहन हाम्रो समाजमा भनिदै र सुनाउदै आइ रहेको हामी सबैलाई थाहा भएकै हो,तर हामीले यस्ता भनाईहरुलाई हामीले उखानको रुपमा मात्र बुझेर नजरअन्दाज गरी रहेका हुन्छौ। 

      यो उखान कति सत्य छ भन्ने कुरा त तपाईले आफ्नै जीवनमा पनि धेरै पटक झेल्नु भयो होला। तर मैले यहाँ यो कुनै पनि देश भित्र अहिलेको सुचनाको युगमा कसरी लागू हुन्छ भन्नेमा कुराकानी गर्न लागेको छु। तपाई/ हाम्रो होस् या कुनै पनि देशको भित्री सुचना त्यति सजिलो गरि बाहिर आउनै सक्दैन। आफ्नो भित्री या कुनै पनि सूचना तपाईले आफैले अरुलाई  सुनाएको हुनु पर्यो या तपाईको निकटको सहकर्मीले सुनाएको हुनु पर्छ। त्यसरी नै कुनै पनि राष्ट्रको गोप्य सूचना त्यही राष्ट्रको भ्रष्टहरुले अन्य राष्ट्रलाई सूचना चुहाएको हुनु पर्दछ। त्यही गोप्य सुचनाको आधारमा रणनीति बनाउने गरिन्छ। 

     अहिले यो आधुनिक युगमा या भनु सुचनाको युगमा विगतको जस्तो हात हथियार सहित एकले अर्का देशमा आक्रमण गर्न त्यति सजिलो छैन। सुचनाको युगमा सजिलै कुनै पनि हथियार प्रयोग नगरी त्यही देशको जनतालाई प्रयोग गरेर विद्रोह गराउन सजिलो पनि हुने र आफुपनि तुरुन्त नदेखिने भएकोले यो फर्मुला अहिले संसारका धेरै राष्ट्रहरुमा प्रयोग भएको पाउछौ। विभिन्न राष्ट्रहरुको राम्रो / नराम्रो सरकारलाई जनतामा भ्रम सिर्जना गरेर सत्ताच्युत गरी रहेको उदाहरण हामीले सुनी र देखि रहेका छौ। 

"एक भित्री व्यक्तिले अधिकतम क्षति पुर्‍याउँछ" भन्ने वाक्यांशले भित्री व्यक्तिको खतरालाई जनाउँछ,जुन संस्था भित्रबाट हुने सुरक्षा जोखिमहरू हुन्,र तिनीहरू विशेष गरी खतरनाक हुन्छन् किनभने भित्री व्यक्तिसँग प्रणाली र डेटा अधिकृतसंग पहुँच हुन्छ,आन्तरिक प्रक्रियाहरू थाहा हुन्छ, र महत्त्वपूर्ण हानि पुर्‍याउन कमजोरीहरूको शोषण गर्न सक्छन्। यो हानिमा डेटा उल्लंघन, बौद्धिक सम्पत्तिको चोरी, सञ्चालन अवरोध, वित्तीय क्षति, र गम्भीर प्रतिष्ठा क्षति समावेश हुन सक्छ।

     भूराजनीतिको खेल विगत लामो समयदेखि संसारका विभिन्न देशहरुमा प्रयोग हुदै आएको छ। कुनै पनि देशमा भएको घटना कति छिटो भएको भन्ने बहिरीरुपले हामीले विश्वास गरेपनि त्यो घटना घट्नुको पछाडी खेल खेल्नेहरुले लामो समय देखि योजना बनाएका हुन्छन।सबै सफल हुन्छन भन्नु नै छैन,तर धेरै राष्ट्रहरुमा उनीहरुको योजना सफल गरेर आफ्नो अनुकुलको सरकार खडा गरेका छन्। 

      यदि कुनै पनि राष्ट्रमा त्यहीका जनता भ्रष्ट नहुने हो भने कसैले पनि जति नै आफ्नो ताकत लगाए पनि कहिल्यै सफल हुन् सक्दैनन्। किनकी कुनै पनि लडाई जित्न सबै भन्दा पहिला आन्तरिक सत्य थाहा पाउनु अति जरुरी हुन्छ। सत्यलाई नै असत्यमा परिणत गरेर भ्रम सिर्जना गर्ने हो। भ्रमले नै मानिस भुमरीमा फस्ने हो। अहिले संसारमा विभिन्न नाममा भएको आन्दोलनका लागी पहिला भ्रम सिर्जना गरेर नै जनतालाई तैयार गरिएको देखिन्छ। 

     नेपालमा घटिसकेका धेरै जसो संघर्ष र आन्दोलनहरु अहिले आएर नेपाली जनतालाई सधै भ्रम सिर्जना गरिएको प्रष्ट हुदै आएको छ। तर जनताले हिजो देखेको नेपाल र आज देख्ने नेपालमा भौतिक फरक त पाउछन तर जनता फेरी पनि उहीं बिचारको घनचक्करमा रुमल्लि रहेका हुन्छन। जस्तै राजा हटाएर राणा,राणा हटाएर राजा आयो,त्यसपछि राजा फालेर बहुदलीय शासन आयो र अहिले भर्खर बहुदलीय शासनमा बढी भ्रष्टाचार भयो भनेर युवा पुस्ताले गरेको आन्दोलनले सत्ता परिवर्तन गराई दिएको छ। देशभित्र जनताद्वारा गरिएको परिवर्तन देखिन्छ तर शुरु देखिने भूराजनीतिको असर स्पष्ट देखिन्छ। नेपाली जनताले भौतिक जित प्राप्त गरे जस्तो देखिए पनि असली जित अन्य कसैको भई सकेको हुन्छ किनकी खास लगानी उनीहरु हुन्छ। असलमा जित होइन संघर्ष गर्नेहरु जहिले पनि हारेको हुन्छ। भूराजनीतिको विज्ञान ! यहि नै हो 



  जहिले पनि जनताले परिवर्तन जुनकुरा या मुद्धाका लागी आन्दोलन गर्न खोजेका हुन्छन,त्यो मुद्दा  आन्दोलन हुदासम्म जोरशोरले उठ्ने गर्दछ,जुनदिन आन्दोलन सकिन्छ त्यो दिन देखि जनताले उठाएको मुद्दा या चाहानालाई एकातिर पन्छाउदै लगिन्छ। कारण आन्दोलन भ्रमबाट उठेको हुन्छ र भ्रमको जालमा गएर सकिन्छ। नभए आन्दोलन किन पटक पटक गर्नु पर्ने ? किनकी खासमा जनताको चाहना अनुसार नै हुदैन आन्दोलन या संघर्ष ! आन्दोलनमा कसैको लाभ हानीको हिसाब रहेको हुन्छ। त्यसैले आन्दोलन पछि तत्काल जति भौतिक नोक्सानी भएको देखिन्छ त्यो भन्दा बढी समय र आर्थिक लगानी लामो समय देखि पर्दा पछाडी बसेर योजना बनाउनेहरुले गरेको हुन्छ। 

     पहिलो लगानी घरभित्रको भेद बताउने माथि गरिएको हुन्छ। जसले आफ्नो लंका ( देश ) जलाउन सहयोग गर्दछ। किनकी उ आफ्नो लागी मात्र सोचेको हुन्छ ,त्यो सोच पनि उभित्र आफै पलाएको हुदैन,कसैले उसको सोच र दिमागमा भ्रमको बिज रोपेर तैयार गरि सकेको हुन्छ। उसलाई पनि थाहा हुदैन,उसको दिमागमा कसले कुन प्रकारको खेति गरिरहेको छ भनेर। उ लुन्दुप दोर्जे जस्तै भै सकेको हुन्छ। अहिले सुचनाको योगमा भ्रमको खेति दिनहुँ जसो हुने गरेको छ। त्यसैले हिजोको युगमा भौतिक रुपले नै उपस्थित भएर कुनै पनि मानिसलाई आफु अनुकुल प्रयोग गर्ने चलन थियो भने अहिले मानिसको चाहना अनुसार सामाजिक संजाल एल्गोरिथ्म प्रयोग गरिन्छ। 

   सामाजिक सञ्जाल एल्गोरिथ्म भनेको प्लेटफर्महरूले प्रयोगकर्ताहरूको लागि सामग्री निजीकृत गर्न प्रयोग गर्ने नियम, संकेत र मेसिन लर्निङको सेट हो जसले गर्दा उनीहरूले केमा संलग्न हुने सम्भावना बढी हुन्छ भन्ने कुरालाई प्राथमिकता दिन व्यवहारको विश्लेषण गरिन्छ। एल्गोरिथ्मले प्रयोगकर्ताहरूले हेर्ने सामग्री, उनीहरूको फिडमा देखा पर्ने क्रम र कुन विज्ञापनहरू देखाइन्छ भनेर निर्धारण गर्छ,जसले गर्दा प्रयोगकर्ताहरूलाई प्लेटफर्ममा संलग्न राख्ने लक्ष्य राखिन्छ। प्रत्येक लाइक, टिप्पणी, साझेदारी, र तपाईंले पोस्टमा कति समय बिताउनुहुन्छ भन्ने कुराले पनि एल्गोरिथ्मलाई व्यक्तिगत अनुभव सिर्जना गर्न तपाईंको प्राथमिकताहरू सिक्न मद्दत गर्छ। 

      त्यसैले अहिलेको युगमा सामाजिक संजालको एल्गोरिथ्ममा हर समय हामी फस्दै गई रहेको छौ । यसलाई रोक्न धेरै सरकारहरुले प्रयत्न गरे पनि सफल हुन् भने सकेको छैनन। कारण अनुसन्धानमा ठुलो धनराशी खर्च हुने गर्दछ। तर जुन देशको सरकार नै भ्रष्ट छ भने देश र जनतालाई फाइदा हुने कार्यमा लगानी गर्दैनन्। त्यसैले अब नेपालमा भएका पटक पटकको आन्दोलन र संघर्षले हामी नेपाली जनतालाई दिएको भन्दा लिएको छ। घर देखि नै सचेत भई नेपाली भएर बाच्ने वातावरण हामी नेपालीहरुले नै बनाउने बेला आई सकेको छ। हामी नेपाली मिले,नेपाल र नेपालीको शिर सधै ठाडो हुन्छ र कसैले पनि हामी नेपालीलाई प्रयत्क्ष अप्रत्येक्ष  हैकम चलाउन सक्दैन। अब हामी सबैले असली स्वाभिमानी नेपाली भएर  देखाउने बेला आइ सकेको छ ,आज हामी सबैले आफ्नो छातीमा एक हात राखी र अर्को हातमा नेपालको माटो लिई प्रण गरौ। 

       हिजो पनी कसैको गुलाम थिएनौ ,आज पनि छैनौ र भोलि पनि कसैको गुलाम हुने छैनौ। नेपाल र नेपाली माथि भ्रमको खेति गर्नेलाई सबै नेपाली एकजुट भई भिड्ने छौ। यो कसैलाई चेतावनी होइन हामी नेपाली एक हुने शपथ हो। 

           जय देश ,जय नेपाल।   


Post a Comment

Previous Post Next Post