" हाम्रो यात्रा "

" Hamro Yatra "
नदीको पानी झैँ हाम्रो जीवनको यात्रा पनि निरन्तर बगिरहेको छ ।

   



          नेपाल एउटा सुन्दर देश,जहाँ बहुजातीय,बहुभाषिक,बहुसांस्कृतिक र बहुधार्मिक  विवध्ताले भरिएको छ। हामी सबैको प्यारो देश नेपाल। 

     तर अहिले धेरै नेपालीहरु आफै अन्योलमा छन् ,आखिर देश नेपाल हाम्रो हो कि होइन भनेर। यदि हो भने सबै नेपाली नागरिकले समान सम्मान,समान सुविधा ,समान भएको महसुस गर्न पाउनु पर्ने हो। त्यस्तो अनुभव प्राय: धेरै नेपालीहरुले गर्न पाईरहेका छैनन्। 

      फेरी पनि भविष्यमा गर्वका साथ नेपाली भई संसारमा जहाँ गए पनि शिर ठाडो पारी,छाती फुलाएर हिड्न पाउने आश भने छाडेका छैनन। नेपाली जनता स्वाभिमानी र संघर्षशील छन्। जहिले पनि जहाँ भए पनि नेपाली हुं भनेर गर्व गर्छन। नेपालको मान र सम्मान संसारमा कहिल्यै झुकाएका छैनन्। 

      अहिले देशमा शासनसत्ताको बागडोर सम्हालेकाहरुले नै देशको मान सम्मान खसाल्ने किसिमका निरन्तर  कार्य गर्दै आई रहेको खुलासा विभिन्न कारणले हुन् थाले पछि नेपाली जनता झन् झन् अन्योलको स्थितिमा रोमल्ली रहेका छन्। 

       हिजोसम्म यस्ता घटनाहरु प्राय कम नै जनताले थाहा पाउथे,अहिले पनि धेरै थाहा पाएका त होइनन,तिनीहरु एकापसमा नमिल्दाको घडीमा देशद्रोही घटनाहरु बाहिर आउन थालेका छन्। सर्पले सर्पको खुट्टा देख्छ भने झैँ भएको मात्र हो। तर यी घटनाहरु टुंगो भने लाग्ने छैनन भनेर नेपाली जनता स्पष्ट छन्। 

    काले काले मिलेर खाऊ भाले भने झैँ हिजो पनि गरेका हुन् आज र भोलि पनि अवश्य गर्ने छन्। यिनलाई डण्डा लगाउनेहरु सबैलाई देश भन्दा बाहिर श्रम सम्झौता भन्दै  हरियो पासपोर्ट  दिएर निरन्तर पठाई रहेका छन्। 

     नेपाल मेरो हो र देशका लागी रगत बगाउनु परे पनि पछि हट्ने छैन भन्ने र हिजो ईतिहासमा भएका विश्व युद्धहरुमा संसारका आधुनिक हथियारले लेस सैनिकलाई गोर्खा सैनिक आयो भन्दा थुर थुर कमाउन सक्ने क्षमता भएको नेपाली अहिले आफनै देशमा निरिह जस्तो जिन्दगी बाच्न बाध्य भएका छन्। 

      तिन करोड नेपाली,तथ्यांक विभागको अनुसार तर देश बाहिर नै  उर्जाशील जनशक्ति  करोड भन्दा बढी नै गएका छन्  र जादैछन्। तपाई आफै अनुमान लगाउनुहोस  देशभित्र कस्ता नेपाली जनता बाकी छन् त ?



         नेपालीहरुले देश विभिन्न कारणले छोड्ने क्रम जारी छ। नत्र कसलाई आफ्नो घर र देश भन्दा पर  जाने रहर हुन्छ र ? पक्कै पनि हुदैन तर भ्रष्ट शासकहरुले नेपालमा बस्ने वातावरण एकरत्ति पनि बनाई दिएका छैनन्। 

         अब के का लागी नेपाल बस्ने भन्नेहरुको जमात दिन दिनै बढ्दै छ। यो देशका लागी राम्रो होइन।तर पनि नेपालमा जे भए पनि नेपालमै केही गरेर बस्छु भन्नेहरुलाई पनि विभिन्न परिस्थिति सिर्जना गराई दिएर देश छोड्ने बाध्य बनाउदै छन्। 

        बेथितिको पनि हद हुन्छ यहाँ त हद पनि नाघी सक्यो। समयमा सरकारले केही गरिदिदैन। अहिलेको नेपाल  यस्तो छ - अस्पताल छ डाक्टर छैन,स्कुल छ शिक्षक छैन,सरकारी कार्यालय छ समयमा कर्मचारी बस्दैन,परिक्षा हुन्छ,समयमा परिक्षाको परिणाम आउदैन। त्यति मात्र कहाँ हो र ? समयमा नागरिकता बन्दैन,समयमा चालक अनुमति पत्र पाउदैन,समयमा पासपोर्ट पाइदैन। 

          तर समयमा भने हरेक निकायमा घुस भने दिनु पर्दछ। घुस नदिए तपाइको काम अघि बढ्दैन। घुस दिएर पनि समयमा काम भई दिएको भए पनि धन्य हुने थियो। यस्तो भए पछि को बस्छ त मेरो देश भनेर। पक्कै पनि तपाई पनि कुनै देशमा पलायन हुने विचारमा हुनु हुन्छ होला। 



           हामी नेपालीहरुको अहिले बाध्यता हो ,रहर भने अवश्य होइन। नेपाली भएर नेपालमा बाच्न  नदिए पछि आफ्नो बाटो रोज्नु हिजो सम्म नेपाली युवाहरुको चाहना थियो तर अहिले धेरै नेपालीहरु इच्छा हुदै गएको छ। हिजो देश छोडेर ,फर्किने गर्थे। तर अहिले आफ्ना सम्पूर्ण परिवार लिएर नै पलायन हुदै छन्।

        शासक वर्ग भने बेखबर झैँ  बसीरहेको छ। सबै थाहा हुदा हुदै पनि उनीहरु आफ्नो कुर्सी जोगाउन या कुर्सीमा बस्ने ध्यान बाहेक अरु केही गर्दैन। उनलाई  कुर्सीमा बसाल्ने उराल्ने कार्य नेपाली जनताले होइन विदेशीले गरिदिए पछि नेपाली जनता भाडमा जाउन ,के मतलब  यिनीहरुलाई !

       तपाई आफै अनुमान लगाउनु होस्,संसारमा नभएको राजनैतिक घटना नेपालमा घट्छ। यहाँ २६ वर्षमा २५ पटक सरकार बन्छ। एउटा प्रधानमंत्री छान्न संसदमा १८ पटक सम्म चुनाव भयो। नेपालमा आफ्नो पार्टीको सिद्धान्त विपरित  मिल्छन। राजावादी र कम्युनिस्ट मिल्छन,कम्युनिस्ट र काग्रेस मिल्छन। जसको परिणाम २५ पटक सरकार बनाउछन। 

       २५ पटक नयाँ प्रधानमंत्री बन्दा देशले फड्को मार्नु पर्ने हो,तर नेपाली जनतालाई जुनै सरकारी निकायमा गए पनि अड्को मार्ने मात्र कर्मचारी राखेका छन्। अझ तिनलाई राष्ट्रसेवक भन्नु पर्ने अरे। 

        हुन् त यिनीहरुलाई सबै नेपाली जनता विदेश पलायन भए पनि  खुशी छन्,किनकी रेमिटान्सले नै अहिले सम्म देश चलि रहेको छ। त्यो रेमिटान्सको पैसाले यिनका भ्रष्ट कर्मचारीहरुलाई तलब दिन पुगेको छ। आफुहरुलाई विदेशी दाताले सहयोग गरेको पैसा घुस खान प्रशस्त पुगेको छ। 

     त्यसैले अमेरिकाले नेपालमा सम्भावित  वैदेशिक लगानीको वातावरण नजिक रहेको टिप्पणी गरेको छ। भर्खर अमेरिकी विदेश मंत्रालय ले तैयार गरेको "लगानी वातावरण सम्बन्धि प्रतिवेदनमा" नेपालमा लगानीको वातावरण निरुत्साहित हुनुको चार कारण औल्याएको छ ,जसमा राजनैतिक अस्थिरता,व्यापक भ्रष्टाचार,झन्झटिलो कर्मचारीतन्त्र र ऎन /नियम कार्यान्वयनमा एकरुपताको अभाव। 

         तर पनि देश र जनताको पिर चिन्ता यिनीहरुलाई पटकै नभएको यिनका दैनिक गतिविधिले नै प्रष्ट हुन्छ। त्यसले पनि हिजोआज नेपालीहरुलाई देश भन्दा विदेश प्यारो हुदै गएको छ।यस्ता धेरै कारण हरु छन् ,यहाँ उल्लेख गरेर साध्य छैन। 

       त्यसैले अब फेरी भ्रष्टाचारमुक्त नयाँ नेपाल बनाउने र आमुल परिवर्तनका लागी नयाँ आन्दोलन कसको नेतृत्वमा गर्ने र कसले उत्साहका साथ भाग लिने भन्ने एउटा नयाँ बहस शुरु गर्न जरुरी रहेको छ। होइन भने नेपाल अब सिक्किम होइन फिजी बन्ने कगारमा उभिएको छ। 

        यदि त्यसो समयमा गरिएन भने देश त रहला नेपाली नरहन सक्छ।  जय देश त भन्लान तर जय नेपाल भन्ने  हुने छैनन्। 

      

         

 





 

Post a Comment

أحدث أقدم