" हाम्रो यात्रा "

" Hamro Yatra "
नदीको पानी झैँ हाम्रो जीवनको यात्रा पनि निरन्तर बगिरहेको छ ।

 


             नेपाल दुरसंचार प्राधिकरणले २०७९ भाद्र ३० गते देखि नेपालमा मोबाइल डिभाईस म्यानेजमेन्ट सिस्टम ( MDMS ) लागु गरेको छ। अब नेपाल दुरसंचार प्राधिकरणमा दर्ता भएका मोबाइल मात्र चल्ने भएको छ। भदौ ३० गते सम्म संचालन भएका सबै मोबाइल सेट स्वत दर्ता हुनेछन।त्यसपछि नेपाल भित्रिएका मोबाइल सेट अनिवार्य नेपाल दुरसंचार प्राधिकरण दर्ता गराउनु पर्ने छ। मोबाइल सेटको गैरकानुनी आयात,विक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गरि थप व्यवस्थित गर्न,चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रायाकिङ्/ ब्लकिङ् गरि नेपाल भित्र त्यस्ता मोबाइल नचल्ने व्यवस्था गर्न नेपाल दुरसंचार प्राधिकरणले मोबाइल डिभाईस म्यानेजमेन्ट सिस्टम ( MDMS ) लागु गरेको जानकारी दिएको छ। 



             यो प्रणाली दुरसंचार प्राधिकरणले दुई महिनामा पूर्णरुपले संचालन हुने जनाएको छ। अब नेपालमा गैर कानुनी रुपमा भित्रिने मोबाइल सेट केहि हदसम्म कमि आउने छ। नेपालमा वार्षिक ३७ अर्ब रुपैया बराबरको मोबाइल आयात हुदै आएको छ।तर १५ अर्ब रुपैया बराबरको अवैध प्रक्रिया मार्फत नेपाल भित्रिने नेपाल मोबाइल वितरक संघको दाबी छ। मोबाइल आयात गर्नु अघि दुरसंचार प्राधिकरणबाट आयातकर्ता / विक्रेताहरुले स्वीकृति लिई प्राधिकरणमा दर्ता भएका मोबाइल मात्र विक्री वितरण गर्न पाउने छन्। 

            अब ३० भाद्र पछि मोबाइल खरिदकर्ताले पनि मोबाइल  MDMS  प्रणालीमा दर्ता भए नभएको एकिन गर्न mdms.nta.gov.np मा गएर हेर्न अनुरॊध गरेको छ। यदि मोबाइलको IMEI नम्बर दर्ता रहेको छ भने मात्र त्यस्ता मोबाइल खरिद गर्नु पर्दछ। IMEI नम्बर भनेको SIM प्रयोग हुने उपकरण मा १५ अंकको IMEI हुन्छ। त्यस्तो उपकरणहरुको IMEI एक अर्कासंग मेल खाँदैन। IMEI नम्बर उक्त उपकरणको परिचय प्रदान गर्ने गुण हो। 

              नेपाल दुरसंचार प्राधिकरणले अहिले तपाईहरुले संचालन गरि रहनु भएको मोबाइल सेट दर्ता भई सकेको जानकारी सहितको सुचना एस एम एस (SMS ) मार्फत गरि सकेको छ। MDMS Alert बाट तपाइको मोबाइल सेटमा एउटा मेसेज आई सकेको छ - मेसेजमा  "यो मोबाइल MDMS प्रणालीमा दर्ता भएको छ।" नेपाल दुरसंचार प्राधिकरण। यदि मेसेज आएको छैन भने तपाईले आफ्नो मोबाइलको किबोर्डमा गई *#०६ #  डाईल गरी उक्त उपकरणको IMEI नम्बर पत्ता लगाउन सकिन्छ। 



             तर नेपाल दुर संचार प्राधिकरण ले अझै धेरै कुरा स्पष्ट पारेको छैन। जस्तै नेपाल आउने पर्यटक,व्यापारी,राजनीतिक पाहुना र अन्यले नेपाल आउदा बोकेको सेट को के हुन्छ भन्ने बारेमा स्पष्ट गरेको छैन। त्यसैले होला दुरसंचार प्राधिकरणले MDMS प्रणाली पूर्णरुपले लागु हुन् अझै दुई महिना लाग्ने जानकारी दिएको छ। यदि तपाईहरुले विदेश भ्रमण या रोजगारीबाट आउदा मोबाइल सेट लिएर आउनु भएको छ भने भन्सार शुल्क अनिवार्य बुझाउनु पर्ने हुन्छ। होइन भने तपाईले लिएर आउनु भएको सेटबाट कुनै सम्पर्क गर्न सक्नु हुन्न। 

                 अहिले नेपाल दुरसंचार प्राधिकरण ले MDMS प्रणाली लागु गरेको तिन दिनमै दिनभरी एउटा मोबाइल सेट बेच्ने पसलेले ५/६ वटा बिक्री भएको जनाएको छ। मोबाइल व्यापारीहरुले सरकारले यो प्रणाली लागु गरेर राहत महसुस भएको बताएका छन्। तर भोलिका दिनमा आयातकर्ताले एउटा  IMEI नम्बर पटक पटक दुरसंचार प्राधिकरणमा दर्ता गराएर भन्सार छली गर्न सक्ने सम्भावना रहेको छ। त्यसैले दुरसंचार प्राधिकरणका कर्मचारीहरुको पनि समय समयमा निगरानी हुनु पर्दछ। 

           साथै नेपाल सरकारले देशमा धेरै भन्दा धेरै विदेशी पर्यटक नेपाल भित्राउने योजना गरि रहदा अब नेपाल आउने पर्यटकलाई नेपाल दुरसंचार प्राधिकरण ले के कस्तो सुविधा नेपाल आउने पर्यटकले बोक्ने मोबाइल सेटमा दिने हो यथाशिघ्र सुचना जारी गर्नु पर्दछ। त्यसको साथै अब दसैँमा विदेशबाट घर फर्किने नेपालीले लिएर आउने मोबाइल सेटका लागि के कस्तो प्रावधान राखिएको छ या बिल अनुसार भन्सार शुल्क दिने हो स्पष्ट समयमा गर्नु पर्दछ। अब विदेशबाट आफन्तले  उपहारमा मोबाइल पठाई दिएमा प्रयोगकर्ताले कसरी उक्त मोबाइल सेट संचालन गर्न सकिन्छ,यस्ता अनेकौ कुराहरु रहेको हुदा तुरुन्त दुरसंचार प्राधिकरण ले सर्वसाधारण लाई सार्वजनिक सुचना जारी गर्नु पर्दछ। 

               MDMS प्रणालीले अब अपराधका लागि प्रयोग हुने मोबाइल सेट तुरुन्त पत्ता लगाउन सकिन्छ। देशमा अहिले बढी रहेको विभिन्न अपराधमा यो प्रणाली सहयोगी साबित हुनेछ। तर पनि अपराधीहरु जहिले पनि एक कदम अघि नै हिडेको पाइन्छ। विशेष गरेर मोबाइल सेट प्रयोगकर्ताले पनि मोबाइल कसरी सुरिक्षित तरिकाबाट संचालन गर्ने सामान्य जानकारी राख्नु पर्दछ। जसको कारण अपराध हुन र हुनेबाट जोगिन सकिन्छ। 






Post a Comment

Previous Post Next Post