ए हजुर मेरो देश यतिखेर .........
सरकार भन्छ - बन्दाबंदी लागु भयो घर बस्नु।
प्रहरी भन्छ - मास्क खोइ ? नाई त १०० तिर्नु।।
स्थानिय सरकार भन्छ - राहत किन दिनु।।।
ए हजुर मेरो देश यतिखेर .........
अनिर्णीयको बन्दि भएको छ।
मास्क,सेनिताईजर र थर्मोगनको भुमरीमा अल्झिएको छ।
केहि मक्कारी नेताहरुको छल र जालमा फसेको छ।।
सोझा जनता चुपचाप कोरोनाको त्रासमा छ।।।
ए हजुर मेरो देश यतिखेर ........
भ्रस्टाचारीको चंगुलमा छ।
बजार माफियाको नियन्त्रणमा छ।
कोरोना भाइरसको डर देखाउदै,
जिउदै जनतालाई दिनहु मारिरहेको छ।।
अर्थतन्त्र मक्किदै गएको छ।।।
ए हजुर मेरो देश यतिखेर ........
मानिससंग मानिस टाढा हुदै गएको छ।
भौतिक दुरी मात्र होइन ,सामाजिक दुरी बढ्दै गएको छ।।
कोरोना भाइरसले त कुन्नि हजुर डर ,त्रास र भोगले मर भन्दैछ।
मर्ने त हजुर उपचार नपाइ मरिरहेका छन्।
मर्ने र संक्रमितहरुको संख्या गन्दै सरकार रमाई रहेको छ।।
जनता दुख,कष्ट,त्रास,भोग र अभाव समाई बसेका छन्।।।
ए हजुर मेरो देश यतिखेर .........
सिमित नेता र कर्मचारीहरुको घात प्रतिघात मा बेसरी अल्झेको छ।
यतिखेर मेरो देशमा बुद्धहरु चुपचाप ध्यानमा बसी दिएको छ।

Post a Comment