मानव उर्जालाइ गतिशिलतामा परिबर्तन गर्नका लागि बनाएको साइकल सबै भन्दा कुशल साधन हो। साइकलको इतिहासको सन् १४१८ बाट शुरु भएको चारपांग्रे,अगाडी ठुलो पांग्रा भएको,पैडल नभएको हुदै सन् १८८० मा जे के स्टारले बनाएको रोबर्ट साइकलबाट आधुनिक साइकलको शुरुवात भएको पाइन्छ। विश्वमा जहाँ मोटर वाहन कमि हुने देशहरुमा साइकलको प्रयोग मानिस र समान सार्न बढी प्रयोग भएको देखिन्छ।
अहिले साइकललाई व्यापक रुपमा यातायात,मनोरंजन र खेलको लागि बढी प्रयोग भैरहेको छ। जसका लागि बजारमा विभिन्न प्रकारका साइकलहरु पाइने गर्दछ। नेदरल्यान्ड्स,डेनमार्क र जापानमा सक्रियताका साथ किनमेल र यात्राका लागि साइकलको प्रचार गर्दछन। संयुक्त राज्य अमेरिकामा साइकल मार्ग देशका धेरै भागहरुमा निर्माण गरिसकेको छ ,त्यहा साइकललाई सरकारले गाडीको विकल्पको रुपमा प्रोत्साहित गर्दछ।
हुन् त नेपालमा साइकल भन्दा दोब्बर मोटर साइकल प्रयोग हुदै आएको छ। सहरमा दैनिक आफ्ना निजि वाहन प्रयोगकर्ताले ५ देखि ८ किलोमिटर सम्म मात्र प्रयोग गरेको देखिन्छ। यदि शहरी क्षेत्रका नागरिकहरुले आफ्नो निजि वाहनको सट्टा साइकल प्रयोग गरिदिएमा धेरै ट्राफिक जाम,प्रदुषणमा कमि,पेट्रोलियम पदार्थ आयात घट्नुको साथै आफ्नो दैनिक खर्च बचत सहित स्वास्थ्यलाइ फाइदा हुने देखिन्छ। तर नेपालमा साइकललाई सवारी साधन नै होइन भन्ने सम्मको मानसिकता राख्ने गरिन्छ। सडकमा धेरै हेपिने सवारी साधन साइकल नै हो। यस्तो समस्याको समाधानका साइकल लेन अपरिहार्य छ।
स्थानीय सरकारहरुले पनि आफ्नो नगर र गाउँ पालिकालाई स्मार्ट बनाउने घोषणा संगै साइकल लेन कतै कतै बनाउने गरेका छन्। तर धेरै घोषणाहरु भाषणमा सिमित रहने गरेको छ। अन्तराष्ट्रिय प्रयोग र मान्यताका आधारमा साइकल लेनको मापदण्ड कम्तिमा पनि एक दशमलव २ मिटरको हुनुपर्छ। सरदर १.२ मिटर देखि २ मिटर सम्मको लेन हुनुपर्ने अन्तराष्ट्रिय मापदण्ड छ। यो लेन अन्य सवारी साधनले प्रयोग गर्ने लेन भन्दा बाहिर हुनुपर्ने नियम हो। त्यसको सडकको अवस्था हेरी तिन तरिकाले साइकल लेन छुट्टाउन सकिन्छ। अहिले अन्तरास्ट्रिय प्रयोगका हिसाबले डेडीकेटेट,एडभाईजर र कन्ट्राफ्लो गरि तिन पध्दतिमा साइकल लेन प्रयोग गर्न सकिन्छ।
लकडाउन पश्च्यात सामाजिक दुरी कायम राख्न पनि धेरै मानिसहरु भिडभाड नहुने गरि आफ्नो दैनिक कार्य सन्चालन गर्ने देखिन्छ। अब हाम्रो जस्तो विकासशील देशको लागि साइकल नै उत्तम विकल्प हुनेछ। कोरोना भाइरसका कारणले विश्व अर्थतन्त्रको अवस्था नाजुक बन्दै गरेकोले देश र जनता संगसंगै आर्थिक मारमा पर्ने स्पष्ट देखिन्छ। जसले गर्दा नेपालले निर्यात भन्दा बढी आयात गर्नु पर्ने देखिन्छ भने लाखौ नागरिकहरु रोजगार विहिन हुनेछन। त्यसैले अब हाम्रो जीवन शैलीमा केहि परिवर्तन गर्नु पर्ने हुन्छ।
सरकारले पनि यो अवस्थालाई मध्यनजर गर्दै कम भन्दा कम पेट्रोलियम पध्दार्थ खरिद गर्ने नीति लिई अगाडी बढ्नु पर्ने हुन्छ भने जनताले पनि साइकल प्रयोगमा बढी जोर दिनु पर्दछ। साथै स्थानीय सरकारले साइकल लेन र साइकल पर्किङ्गको व्यवस्थामा अबको आर्थिक वर्ष देखि नै ध्यान दिनु जरुरि छ।
अहिले सरकारमा बस्नेहरुले विलासिताको सवारी साधन किन्ने होड चलेको छ। अब सरकारले त्यस्ता विलासिताका सवारी साधन खरिदमा कडाइका साथ रोक्नु पर्दछ। हाम्रो देश यदि हामीले चाहने हो भने साइकल बाट नै पूर्व मेची देखि पश्क्षिम महाकाली सम्म पुग्न सकिन्छ। साइकलबाट नेपाल भ्रमण गरियो भने नजिकबाट भ्रमणकर्ताले रमणीय स्थल र व्यक्ति अनि समाजलाई राम्ररी हेर्न र बुझ्न सक्दछ। ठाउँ अनुसार परिवर्तन भएको मौसम महसुस गर्न सक्दछ।
अन्य देशका राष्ट्र प्रमुखहरुले साइकलबाट नै आफ्नो दिनचर्या शुरु गर्छन् भने हाम्रो देशका सरकार प्रमुखहरुले पनि साइकलबाट शुरूवात किन नगर्ने ? त्यसैले यो सङ्कटको घडीमा हामि सबैले आफ्नो जीवन जिउने शैलीलाई केहि परिवर्तन गरौ र साइकल प्रयोग गरि स्वास्थ रहौ। नेपाललाई विकसित राष्ट्रको दाजोमा अग्रसर गराउने हामि सबैले एक पटक प्रयास गरौ।



देशमा साईकल क्रान्तिको शुरुवातका लागि गमिलो प्रयास ।
ردحذفإرسال تعليق