" हाम्रो यात्रा "

" Hamro Yatra "
नदीको पानी झैँ हाम्रो जीवनको यात्रा पनि निरन्तर बगिरहेको छ ।

      संसारभर कोरोना भाईरस(कोभिड-१९)को संक्रमणबाट बच्न सरल तरिका चिनले गरेको अभ्यास र संसारलाई सिकाएको लकडाउनलाइ सिको गर्दै अहिले लगभग सबै देशले आफ्ना जनतालाई घरमै बस्न आग्रह गरेको छ । गत चार महिना देखि मानव कोरोना भाईरससंग निरन्तर युद्ध लडिरहेको छ । युद्धमा सफलता प्राप्त गर्न मानव संसारले संघर्ष गरीरहेका छन । अहिले सम्म करिब ३३ लाख ८ हजार ५ सय मानिस संक्रमित भएका छन् भने २ लाख ३४ हजारको मृत्यु भएको छ । उपचार पश्चात् १० लाख ४२ हजार मानिस संसारभर संक्रमणबाट सञ्चो भएर घर फर्किएका छन । चारैतिर कोरोना भाईरस(कोभिड-१९)बाट संक्रमित भेटिन शुरू भएपछि नेपाल सरकारले पनि चैत्र ११ गते देखि लकडाउन घोषणा गरेको छ । अहिले नेपाली जनता सरकारले लागू गरेको लकडाउनको पालना गर्दै घरमै बसिरहेका छन् । तर पनि भारत लगायत अन्य मूलुकबाट नेपाल प्रवेश गरेका नागरिकहरूमा कोरोना भाईरसबाट संक्रमण पाईए पछि सरकार सचेत भएको देखिन्छ । अहिले सम्म नेपालमा कोरोना भाईरस संक्रमितहरू ५९ जना फेला परीसकेको छ । जसमध्ये १६ जना उपचार पश्चात् निको भई घर फर्केिसकेका छन् । सरकारले अन्य देशबाट आएकाहरूलाई स्थानिय सरकारले बनाएको क्वारेन्टाइनमा राख्न हरसम्भव प्रयासरत देखिन्छ ।तर विदेशबाट आएकाहरूलाई घर पुग्ने हतारले गर्दा पनि कोरोना भाईरसको संक्रमण समुदाय बढ्ने खतरा देखिदै गएको छ ।

 सरकारले कोरोना भाइरस ( कोभिड - १९ ) को संक्रमणबाट नेपाली जनतालाई बचाउन र समुदायमा फैलिन नदिन रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति बनाए पनि संयन्त्र बिच समन्वय नहुदा हाल सम्म  जम्मा ५८८७१ परिक्षण भएको छ । उक्त उच्चस्तरीय समिति अन्तर्गत आपात कालिन कक्ष, कार्यसञ्चालन केन्द्र, विशेषज्ञ समूह छन भने योजना तथा नियन्त्रण समूहमा स्वास्थ्य कार्यसमूह, बन्दोबस्ती कार्यसमूह, सुरक्षा समूह र सूचना कार्य समूह रहेको छ । उच्चस्तरीय समितिको कार्य शुरू देखि नै विवादमा देखियो । जसको कारण स्वास्थ्य सामाग्रीको अभाव देखिएको छ । धेरै भन्दा धेरै संक्रमण हुन् बाट रोक्न परिक्षणको आवश्यकता देखिए पनि स्वास्थ्य सामाग्रीको अभावले त्यो हुन सकेको छैन । पिसिआर प्रविधि प्रयोगशाला सातै प्रदेशमा रहेता पनि,औसतमा दैनिक ३०० जनाको मात्र परिक्षण हुने गरेको छ । स्वास्थ्य मंत्रालय र स्वास्थ्य विभागले स्वास्थ्य सामाग्री उपलब्ध गराउने जिम्मेवारीबाट चुकेको देखिन्छ । टेन्डर विवाद भएपछि सेनालाई स्वास्थ्य सामाग्री मगाउन जिम्मा दिएपनि अहिले सम्म मगाउन सकेको छैन । सरकारको नाकमुनि भईरहेका स्वास्थ्य सामाग्री खरिद अनियमिता,कालाबजारी र राहत वितरणमा भएको लापरबाही हुदा सम्म मूकदर्शक भईरहेको छ । लकडाउन घोषणासंगै मंत्रालयबिच पनि समन्वय नहुदा धेरै सवारीसाधनलाई जथाभावी पास दिदा सडकमा पनि लकडाउनको कार्वान्यन फितलो देखियो । स्वयं सत्ताधारी पार्टीका सभासद र मंत्रीहरू नै आफ्ना जिल्लावासीलाई काठमाडौंबाट बसका बस भरेर गाउँ पठाउन तल्लिन देखिए । सत्ताधारीले नै बुझेनन कि संक्रमणबाट बच्न मानवदूरी कायम गर्नु पर्छ । 
       संसारका अन्य देशका राष्ट्र प्रमुख या सरकार आफ्ना जनता प्रति जति संवेदनशील देखिन्छ त्यति नेपाल सरकार कोरोना भाइरस (कोभिड-१९) रोकथाममा ध्यान पुर्याएको देखिदैन । लकडाउन लागू गर्दा पनि सरकारले लकडाउनको कुनै मोडालिटी प्रस्तुत नगरी घोषणा गरेको थियो । अहिले लकडाउन कहिलेसम्म अनि कसरी कुन मोडालिटीमा खुकुलो पार्ने  या खोल्ने सरकार आफै अन्योलमा देखिन्छ ।
         सरकारलाई अहिले नेपाली जनताको स्वास्थ्य प्रति भन्दा पनि आफ्नो कुर्सी र पार्टी सबैभन्दा प्यारो लागेको छ । यदि सरकार जनता प्रति उत्तरदायी भएको भए कोरोना भाईरसबाट बच्ने उपाय र समाधान सहितको निर्णयहरू मात्र गर्ने थिए । मंत्रीपरिषदले गरेका निर्णयहरू अहिले विवादमा परेका छन् । तर सरकार जनताको आलोचना पनि सुन्न नसक्ने भएको छ । सामाजिक संजालमा जनताले गरेका गुनासो, साथै स्वतस्फूर्त जनताले जनतालाई राहत सामाग्री वितरण गर्दा पक्राउ गर्ने र मुद्दा चलाएर तर्साउने कार्य गरिरहेको छ । यदि जनतासंग डर नै छ भने सरकारले नै संचालन गरेको "हलो सरकार " कार्यक्रम किन फितलो भएको छ ? पिडित जनताले गुनासो गर्ने एकमात्र ठाउँ पनि सहिढंगले संचालन गर्न नसक्ने सरकारले फेरि जनता तर्साउने कार्य किन गर्दैछ   त ? आखिर जनताले आफुले निर्बाचित गराएको आफ्नो सकारलाइ पनि सचेत गराउन नपाउने कस्तो लोकतन्त्र  हो ?
       यतिखेर कोरोना भाईरसको महामारीमा संघिय सरकारले बनाएको उच्चस्तरीय समिति मात्र कहाँ हो र प्रदेश सरकारका प्रमुखहरू पनि सत्ता समिकरणको खेलमा संघिय राजधानीमा केन्द्रीत देखिन थालेका छन्। जनताले मात्र विश्वास गरेर सरकार नचल्दो रहेछ भन्ने प्रमाण त अहिलेको बहुमतको सरकारले देखाईरहेको छ । सरकार चलाउन बहुमतले भन्दा पनि पार्टी अनि त्यसपार्टीका नेता देश र जनता प्रति ईमान्दार हुनु पर्दछ ।अहिले को सरकार आफैले खनेको खाल्डोमा आफै खस्न पुगेको छ । 
        जसको कारण कोरोना भाईरसको यो महामारीको समयमा जनतालाई जोगाउने भन्दा आफ्नो सत्ता र कुर्सी प्यारो हुन लागेपछि कसरी जनता संक्रमित हुन बाट बच्न सक्छन् ? कोरोना भाईरस (कोभिड-१९) को अहिले सम्म कुनै औषधी या भैक्सिन तैयार हुन नसकिरहेको अवस्थामा सरकार र सरकार संचालन गरिरहेको पार्टीले नेपाली जनताको स्वास्थ्य सुरक्षाको लागि सबै कुरा त्याग गरि रातदिन खटिनु पर्दछ । अहिलेको यो लकडाउनले विश्व अर्थतन्त्रमा ठूलो असर परेको हुदा,नेपाल पनि अछुतो रहेको छैन ।अब लकडाउन पश्चात् झन सरकारलाई धेरै चुनौतीहरु रहेको छ । सरकारले यतिखेर सबै दल र जनतालाई साथमा लिई अघि बढ्नु नै देश र जनताको भलो हुनेछ ।







ReplyForward 












ReplyForward 



Post a Comment

أحدث أقدم