मङ्सिर ४ गते आउन अब केहि दिन मात्र बाकी रहेको छ। ४ गते नेपालीहरुले आफ्नो भविष्यको बागडोर निर्वाचित हुने नेताहरुको हातमा पाँच वर्षका लागि सुम्पिदै छन्। यो निर्वाचन नेपाली जनताका लागी पहिलो पटक भने होइन। २००४ साल देखि नै नेपाली जनताले निर्वाचनको अभ्यास गर्दै आई रहेका छन्। नेपाली राजनीतिले विभिन्न आरोह अवरोह पार गरि सक्दा पनि निर्वाचनमा खासै परिवर्तन हुन् सकेको छैन।
जे होस् निर्वाचनको ढाँचामा कुनै परिवर्तन नआए पनि नेपाली जनताले आफ्नो मत जाहेर गर्न भने बंचित हुनु परेको छैन। विभिन्न राजनैतिक दलहरुले निर्वाचन वहिष्कार गरे पनि खासै असर भने देखिएको छैन। एकपटक निर्वाचन बहिष्कार गरेका दलहरु आर्को निर्वाचन आउदा आफ्नो उम्मेदवार खडा गरेको उदाहरणहरु धेरै छन्।
अहिले संसारमा युवा नेतृत्वको माहोल चलिरहदा नेपालमा पनि युवा नेतृत्वको चलन र बहस शुरु भैसकेको छ। गएको स्थानीय निर्वाचन देखि युवाहरुको राजनीति प्रति चासो र भूमिका देखिन थालेको छ। नेपाली युवाहरुले व्यवस्था परिवर्तनका लागी हरेक आन्दोलनमा अहम भूमिका निर्वाह गर्दै व्यवस्था परिवर्तन त गराए तर देशमा आमूल परिवर्तन भने देख्न सकेनन। पटक पटकको आन्दोलनको उपलब्धि शुन्य देखे पछि गएको स्थानीय निर्वाचन पछि आफै सत्ताको बागडोर सम्भाल्न अघि आउन थालेका छन्।
निर्वाचनमा खास भूमिका या चर्चा उम्मेदवारको हुने गर्दछ। स्थानीय निर्वाचनमा धेरै युवाहरु उम्मेदवार बनेका थिए। स्वतंत्र र दलगत उम्मेदवारमा युवाहरु धेरै थिए। दलगत भन्दा स्वतंत्र उम्मेदवार भएका युवाहरु चर्चामा आए। केहि स्थानमा जितेर अहिले आफ्नो नगर र गाउँ पालिकामा नयाँ कार्यशैली अनुसार कार्य गरेर नमुना बनेका छन्। जसको कारण अहिले हुन् गैरहेको प्रदेश र संघको निर्वाचनमा धेरै युवाहरु उम्मेदवार बनेर मैदानमा उत्रिएका छन्।
अहिले नेपाली युवाहरु दुइ खेमामा देखिन्छन :-
एक परिवर्तन चाहने युवाहरु स्वतंत्र उम्मेदवार बनेका छन् र उनलाई अन्य युवाहरुले सहयोग गरि रहेका छन्। आफुसंग कुनै पनि संगठन नहुदा पनि युवा जोश र जुझारुपनका साथ परिवर्तन चाहने युवाहरु हिजो देखि परिवर्तन गर्छु भन्दै पटक पटक नेपाली जनतालाई झुक्काउने दल र ति दलका नेताका विरोद्ध उम्मेदवार भएका छन्।
दुई परिवर्तन चाहने तर आफु अघि सर्ने हिम्मत गर्न नसक्ने युवाहरु पार्टीका कट्टर सिपाही बनेर आफ्नो दलका बुढा उम्मेदवार नेताहरुलाई सघाऊ गरिरहेका छन्। ति युवाहरु अहिले पनि आफ्नो दल र आफ्ना नेताहरुले परिवर्तन गर्छन भन्ने आशमा उनका पछि रातदिन नभनी लागेका छन्।
मङ्सिर ४ गते सम्पन्न हुने निर्वाचनमा यी दुई खेमाको पहिलो चरणको लडाईको अन्त्य हुनेछ। आखिर जित जहाँ जसको भए पनि नेपाली जनताले सुखसंग बाच्ने वातावरण बनोस भन्ने कामना सबैको छ। तर त्यस्तो देखिदैन,अहिले देशले अदृश्य रुपले भोगी रहेको आर्थिक मन्दी अझ बढेर जाने निश्चित देखिन्छ। जसको कारण धेरै उधोगी व्यवसायी धरासायी हुदै गएका छन्। उधोग धन्दा क्रमश बन्द हुदै गएको छ। जसको कारण युवाहरु नै रोजगार विहिन भएका छन्।
त्यसैले नेपाली युवाहरु अब नेपाललाई द्रुतगतिले विकास भएको हेर्न चाहन्छन भने एक भएर देश लुट्ने कपुतहरु विरुद्ध लड्न जरुरि छ। होइन भने युवाहरु सधै आफनै देशमा शिर उठाएर बाच्न सक्दैनन्। त्यसैले मङ्सिर ४ गते हुने निर्वाचनमा आफ्नो मत युवाहरुले बढो विवेक प्रयोग गरेर दिनु पर्दछ।
कति चलाक छन् दल र दलका नेताहरु ! अहिले निर्वाचनमा हिजो अन्य देशसंग गरेका असमान सन्धि सम्झौताको विरुद्द चुईक्क बोल्दैनन। अहिले विकास विकास मात्र भन्दै सुँगा रटाई कहानी मतदातालाई सुनाई रहेका छन्। आखिर विकास के हो त ? पुल र सडक मात्र विकास हो त ? अवश्य होइन। बाटो नभएकोमा पुल बनाउने र पुल नभएकोमा बाटो बनाउने बाहेक को के विकास गरेका छन् ?
वनजंगल र पहाड फाडेर नाश गर्ने,अनि सिमेन्टको बाघ,भालु र टावर बनाएर जनताले तिरेको करको दुरुप्रयोग गर्ने नेता र दललाई फेरी पनि नेपाली युवाले मत दिने हो भने युवाको भविष्य उज्जल देखिदैन। उत्पादन हुनसक्ने बिजुली उत्पादन नगरी पट्रोलियम पद्धार्थ आयात गर्ने नीति लिने अनि सधै आयल निगम घाटामा देखाउने दल र ति दलका नेतालाई फेरी पनि मत दिने युवाको जीवन अन्धकार बाहेक केहि देखिदैन।
नेपालमा ४० वर्ष सम्मका युवा मतदाताहरु अन्य भन्दा बढी छन्। त्यसैले पनि देशलाई सुन्दर,शान्त र विकासतिर उन्मुख गराउन निर्वाचनमा युवा मतदाताहरुको अहम भूमिका रहन्छ। अब पनि युवाहरु दुई लिटर पेट्रोल,एकछाक भात,मासु र नेताको भ्रमपूर्ण आश्वाशनमा आफ्नो भविष्य बनाउने मत दिने कार्य गरे विरोजगार जिन्दगि बाच्न तैयार भए हुन्छ। अब युवाहरुको मत परिवर्तनका लागि हुनु पर्छ। ४० वर्ष भन्दा कम उमेरका प्रदेश र संघीय सांसद निर्वाचित गराउने अभिभारा युवाहरुको हातमा रहेको छ।
जनता जागौ होइन अब नेपाली युवा जागौ। देशलाई सधै चुसी रहने दल र ति दलका नेताहरुलाई हराउन लागौ। नेपाली युवा मात्र निर्वाचनको समयमा जाग्ने हो भने देशले दुर्गति कहिलै भोग्नु पर्दैन। यस पटक जागौ है युवा जागौ। अरुको लागी नभए पनि आफ्नो लागि जागौ।
.jpg)
.jpg)
إرسال تعليق