" हाम्रो यात्रा "

" Hamro Yatra "
नदीको पानी झैँ हाम्रो जीवनको यात्रा पनि निरन्तर बगिरहेको छ ।


     पुन कोभिड -१९ का कारण जुन रूपले समाजमा संंक्रमितहरूको संंख्या बढी रहेको छ ,जसका कारण संंक्रमित हुने हरुको उपचारमा सरकारले गर्न नसकेको यथार्थ हाम्रो सामु देखिन थालि सक्यो। सरकार फेरी पनि लकडाउन र निषेधाज्ञा जारि गर्ने बाहेक केहि गर्न नसक्ने अवस्थामा उभिएको छ। 

      यहाँ त् सामान्य पहुँच नहुनेहरु अस्पतालको ढोकामा पुगेर पनि भर्ना नहुने र बाहिर छट्पटाइ रहेको दृश्य देख्दा जो कोहीलाई आफ्नो जिन्दगी देखि दिक्दार लाग्न सक्छ। तर पनि भनसुन गर्न उनका आफन्तहरु पहुँच हुनेहरुलाई सम्पर्क गर्ने कोशिशमा लागि रहेका देखिन्छन। तर पल पल जिन्दगी हारी रहेको महसुस संक्रमितका आफन्तलाई भैरहेको हुनु पर्दछ। आखिर शहर पहुँच हुने हरुको मात्र हो त् ? 


जिन्दगी यहाँ पहुँच हुनेहरूको मात्र रहने भो,
जिन्दगी यहाँ बाच्नका लागि सिफारिस गर्नु पर्ने भो ।।
सबै थोक हुनेको,सबै थोक क्षणभरमा हुने भो,
सबै थोक नहुनेको क्षणभरमा जिन्दगी जाने भो ।
    जिन्दगी जिन्दगीसंग डराई रहने भो ।।
जिन्दगी जिन्दगीका लागि कराई रहने भो ।।
साच्चै नै अब पहुँच हुनेको जिन्दगी रहने भो,
साच्चै नै अब पहुँच नहुनेको जिन्दगी सकिने भो ।
   पहुँच हुने र नहुनेको लडाइँ देखिने भो,

   आखिर यो शहरमा के पहुँच हुने मात्र रहने भो ???

Post a Comment

أحدث أقدم